नेपालको ऊर्जा जडित क्षमता पुग्यो ४२ सय ९६ मेगावाट

काठमाडौं, २६ वैशाख ।

नेपालको कूल ऊर्जा जडित क्षमता ४ हजार २ सय ९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्‌का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ ।

परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक ४ हजार २ सय ९६ मेगावाट क्षमता निर्धारण भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्म कूल जडित क्षमता चार हजार ५ सय मेगावाटभन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ ।

हाल निर्माणको क्रममा तीन हजार मेगावाट क्षमताका आयोजना छन्, भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ६६ केभीभन्दा माथिका करिब ७ हजार ३ सय ६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

त्यस्तै, १४ हजार ३ सय २३ एमभिए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने ३३ केभी क्षमताका करिब ८ हजार २ सय २५ सर्किट किलोमिटर प्रसारण लाइन तथा ३ हजार ३ सय ८ एमभीए क्षमताको सबस्टेसन निर्माण भएका छन् ।

सरकारको पहल र सक्रियता, नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानका कारण देशभरको विद्युत् चुहावट १२.५ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको छ । त्यस्तै प्राविधिक चुहावटलाई क्रमशः घटाउँदै लैजाने लक्ष्य राखिएको छ । सवस्टेसनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट क्रमशः घटाइने मन्त्रालयले स्पष्ट पारेको छ ।

त्यसैगरी प्रतिव्यक्ति विद्युत् खपत ४ सय ५० किलोवाट घण्टा बराबर पुगेको छ । हालसम्म राष्ट्रिय विद्युत् प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत्मा पहुँचमा पहुँच प्राप्त जनसङ्ख्या ९९ प्रतिशत बराबर पुगेको छ ।

हालसम्म विद्युत् निर्यात २ हजार ९ सय १८ गिगावाट प्रतिघण्टा छ भने विद्युत् आयात करिब ५ सय ९० गिगावाट घण्टा भएको छ । हालसम्म सौर्य विद्युत् उत्पादन क्षमता ६२.७ मेगावाट बराबर पुगेको छ । लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५.३ मेगावाट बराबर विद्युत् उत्पादन भएको छ ।

नेपालको ऊर्जा जडित क्षमता पुग्यो ४२ सय ९६ मेगावाट

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालको ऊर्जा जडित क्षमता पुग्यो ४२ सय ९६ मेगावाट

जानकीको कन्या विद्यालयले बदल्दै समाजको सोच

Leave a comment

Your email address will not be published. Required fields are marked *