विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी  

राजु सिलवाल नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले ‘टि ट्वाण्टी’ विश्वकपमा सहभागी भए लगत्तै अर्को विश्वकपमा छनोटका लागि दाबेदारी प्रस्तुत गर्ने क्रम जारी राखेको छ ।  सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे तथा नामेबियाको संयुक्त आयोजनामा आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको १४औँ संस्करण आयोजना हुँदैछ । सोही प्रतियोगितामा प्रवेशका लागि काठमाडौँमा भएको छनोट प्रतिस्पर्धामा नेपालले खेलका […]

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ, २४ वैशाख ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीका नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ । समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा […]

घरमै पुग्यो राहदानी, हट्याे जुम्लीकाे सदरमुकाम धाउने बाध्यता

गाेल्डेन बुढा जुम्ला,२४ बैशाख। जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचा गाउँका नेत्रबहादुर खत्री बिहीबार बिहान घरआँगनमै सरकारी कर्मचारी आइपुग्दा अचम्मित भए। सामान्यतया सरकारी कागजात लिन नागरिक आफैं कार्यालय धाउनुपर्ने जिल्लामा यसपटक भने कर्मचारी नै राहदानी बोकेर उनको घर पुगेका थिए।काठमाडौंबाट इन्जिनियरिङ अध्ययन गरिरहेकी उनकी छोरी करुणा खत्रीले पाँच वर्षअघि जिल्ला प्रशासन कार्यालय जुम्लाबाट राहदानी बनाएकी थिइन्। गतवर्ष […]

जुम्लामा महिन्द्रा कम्पनीका ग्राहक सँग अनुभव आदान–प्रदान

काली बहादुर परियार जुम्ला ,२४ बैशाख । कर्णालीका दुर्गम सडकमा वर्षौ देखि भरपर्दो यात्राको साथी बनेको महिन्द्रा गाडी प्रति ग्राहकको विश्वास अझ बलियो बन्दै गएको छ । यही विश्वासलाई थप मजबुत बनाउन अग्नी ग्रुपद्वारा बिहीबार जुम्लामा महिन्द्रा कम्पनीका ग्राहक बीच अनुभव आदान–प्रदान कार्यक्रम गरिएको छ । जुम्लामा महिन्द्रा कम्पनीका विभिन्न सवारी साधन खरिद गरेका ग्राहक, […]

लुटेराविरुद्ध साहसिक प्रतिकार गर्ने सञ्जिता शाक्यलाई आइजिपि कार्कीको सम्मान

काठमाडौं ,२४ बैशाख । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लुटपाटको प्रयासलाई साहसपूर्वक विफल पार्ने सञ्जिता शाक्यलाई सम्मान गरेका छन्। काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दुई जना व्यक्तिले पेस्तोल देखाई लुटपाट गर्ने उद्देश्यले आतंक सिर्जना गरेका थिए। उक्त विषम परिस्थितिमा काठमाडौं महानगरपालिका–२२ वटु निवासी सञ्जिता शाक्यले आफ्नो ज्यानको पर्वाह नगरी […]

भेरीगंगा नगरपालिकाले कृषि तथा पोषण मेला गर्दै

सुर्खेत ,२४ बैशाख । सुर्खेतको भेरीगंगा नगरपालिकाले प्रांगारिक कृषि तथा पोषण मेलाको आयोजना गर्न लागेको छ । जेठ १ गते नगरपालिकाले भेरीगंगा–१२ छिन्चुस्थित एक विद्यालयको प्रांगणमा प्रांगारिक कृषि तथा पोषण मेला आयोजना गर्न लागेको हो । कर्णाली प्रदेशलाई प्रांगारिक प्रदेश बनाउने प्रदेश सरकारको संकल्पलाई मूर्तरुप दिन र स्थानीय स्तरमा उत्पादित पौस्टिक खाद्यवस्तुको बजारीकरणका लागि यो […]

किताबकाे सट्टा यार्सा खाेज्दै : जुम्ला पातारसीका विद्यार्थी

गाेल्डेन बुढा जुम्ला ,२४ बैशाख। जुम्लाको पातारासी गाउँपालिका–३, चौरगाउँका डिल्ली रावत यतिबेला किताबभन्दा पाटनको तयारीमा व्यस्त छन् । उनका धेरै साथी पहिल्यै हिमाल चढिसके । उनी भने ढिलो भएको भन्दै हतारिँदै थिए ।यो यात्रा उनका लागि नयाँ होइन । लगातार तीन वर्षदेखि उनी यार्सा टिप्न पाटन पुगिरहेका छन् । उनी विद्यालय छाडेर हिमालतिर लागेको कथा […]

घुयँत्राे:“काँग्रेसमा गुटको घण्टी बज्यो, सुर्खेतमा रास्वपाको घण्टी झन् ठूलो बज्यो !”

सुर्खेतका २ नं क्षेत्रका धेरै जसाे युवा तथा व्यापारीहरु यसैसाता वर्तमान सत्तारुढ दल रास्वपामा प्रवेश गरेछि १/२ दिन सामाजिक सन्जाल, चिया चाैतारी र भट्टि पसलमा कुरा गर्ने बहानानै यै पाटि प्रवेश बन्याछ । विगत करिब ३० बर्षदेखि सुर्खेत काँग्रेस गुठगत राजनीतिले लखतरान भएर गल्याछ । चुनाबमा कस्ले जित्छ हैन कि कस्ले जित्दैन र कस्लाई जित्न […]

वर्क परमिट विवादपछि कोहलपुर गोल्डकपबाट बाहिरियो नाइजेरियाली टोली

बाँके ,२४ बैशाख । कोहलपुरमा जारी कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा सहभागी नाइजेरियाली टोली जस्ट जोन एफसी वर्क परमिट विवादका कारण प्रतियोगिताबाट बाहिरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले वर्क परमिट नलिएका विदेशी खेलाडीलाई सहभागी नगराउन निर्देशन दिएपछि आयोजकले दोस्रो सेमिफाइनलको खेल तालिका परिवर्तन गरेको हो। आयोजक रेसिङ साहारा क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशासनको निर्देशनअनुसार नयाँ […]

जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ, पाँच दिन हिरासतमा राखेर अनुसन्धान

गोल्डेन बुढा  जुम्ला ,२४ बैशाख ।  जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बुधबार उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार एक महिलाले वडाध्यक्ष बुढाविरुद्ध पटक–पटक धम्क्याउँदै जबरजस्ती […]

प्रदेश मन्त्रिपरिषद्का निर्णय : सचिवको जिम्मेवारीदेखि कार्यविधि स्वीकृतसम्म

दाङ ,२४ बैशाख ।  लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने सम्मका निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार सम्पन्न बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने […]

बैजनाथका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम

बाँके ,२४ बैशाख । नेपालगञ्ज जलबायु परिवर्तनका लागि बिद्यालय स्तरमा सचेतना कार्यक्रमको आज  सरोकारवालाहरु सँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बास नेपालको आयोजना तथा बैजनाथ गाउँपालिकाको सहयोगमा बैजनाथ गाउँपालिकाका ५ वटा बिद्यालयमा सञ्चालन हुने उक्त सचेतना कार्यक्रमको  आज एक अनौपचारीक कार्यक्रमको आयोजना गरी बिद्यालयका प्रधानाध्यापक र वडा अध्यक्षहरुसँग छलफल गरिएको हो । बढि भन्दा […]

नेपालगञ्जमा भारतीय दूतावासको सहयोगमा कत्थक नृत्य कार्यक्रम सम्पन्न

बाँके ,२४ बैशाख । भारत–नेपाल सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले नेपालगञ्जमा बुधबार एक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा शास्त्रीय भारतीय नृत्य ‘कत्थक’ को मनमोहक प्रस्तुति गरिएको थियो। भारतीय दूतावासको सौजन्य तथा भारतीय सांस्कृतिक सम्बन्ध परिषद (ICCR), भारत सरकारको समन्वयमा काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र को प्रस्तुति रहेको कार्यक्रमलाई स्थानीय आयोजक नेपाल […]