चरन क्षेत्र जोगाउन कर्णाली प्रदेशले  बनायो खर्क व्यवस्थापन रणनीति 

ओम शाही सुर्खेत, २४ बैशाख ।  कर्णाली प्रदेश सरकारले उच्च हिमाली लेक–पाटन (खर्क) क्षेत्रको संरक्षण, पुनर्स्थापना र दिगो उपयोग सुनिश्चित गर्न ‘कर्णाली प्रदेश खर्क व्यवस्थापन रणनीति तथा कार्ययोजना (२०२६–२०३६)’ सार्वजनिक गरेको छ । समुदायमा आधारित वन व्यवस्थापनको मर्मलाई आत्मसात् गर्दै तयार पारिएको यो १० वर्षे योजना प्रदेशको वन तथा वातावरण संरक्षण नीतिसँग प्रत्यक्ष रूपमा जोडिएको […]

सम्पादकीय : जनशक्ति व्यवस्थापनमा जिम्मेवार वन ?

संघीयता कार्यान्वयन पश्चात प्रदेशले आफ्‌नै स्रोतबाट सञ्चालन गरिरहेको अस्पताल हो, कर्णाली प्रदेश अस्पताल । भौतिक पूर्वाधार, अत्याधुनिक उपकरण र सेवा विस्तारका हिसाबले हेर्दा अस्पतालले उल्लेखनीय प्रगति गरेको छ । आकस्मिक सेवा, आइसियू/एनआइसियू, शल्यक्रिया, सुरक्षित मातृत्व, डायलाइसिस, क्यान्सर पहिचानदेखि तीन टेस्ला एमआरआई, क्याथ ल्याब र सिटी स्क्यानसम्मका सेवाले कर्णालीका नागरिकलाई आफ्नै प्रदेशमै गुणस्तरिय उपचारको आशा दिलाएको […]

औद्योगिक सुरक्षामाका लागि द्रुत प्रतिकार्य संयन्त्र गठन

काठमाडौँ, २४ वैशाख । औद्योगिक तथा व्यावसायिक क्षेत्रमा सुरक्षा सुदृढ गर्ने उद्देश्यले सरकारले देशभरका सबै जिल्लामा द्रुत प्रतिकार्य संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।   गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सात सदस्यीय उक्त संयन्त्र गठन गर्न निर्देशन दिएको हो । उद्योग व्यवसायमा आइपर्नसक्ने तत्कालीन सुरक्षा चुनौतीलाई छिटो […]

अवैध नदीजन्य पदार्थ उत्खनन्‌मा  संलग्न १७ सवारी प्रहरीको नियन्त्रणमा

सुर्खेत, २४ बैशाख । भेरी नदीबाट जथाभावी ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने क्रम नरोकिएपछि सुर्खेत प्रहरी एक्सनमा उत्रिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भेरीगंगा र लेकवेशी नगरपालिकाका विभिन्न क्षेत्रबाट मापदण्ड विपरीत उत्खननमा संलग्न १७ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–१३, को सालटाकुरा र लेकवेशी नगरपालिका–७ को पटारे क्षेत्रमा […]

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक आगामी आवको नीति तथा कार्यक्रम छलफल 

सुर्खेत, २३ वैशाख ।  कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज सुर्खेत वीरेन्द्रनगरमा सुरु  बैठकमा दशौँ बैठकका निर्णयहरूको पुनरावलोकन, स्थानीय तहका कर्मचारीहरूको विवरण तथा कामकाज, प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना तथा साझा अधिकारका विषयमा समन्वय र अन्तरसम्बन्ध कायम, स्थानीय तहले प्रदेशलाई पठाउने राजस्व […]

वीरेन्द्रनगरमा अतिक्रमित सरकारी जग्गा छोड्न ७ दिने अल्टिमेटम

सुर्खेत, २३ बैशाख ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउन ७ दिने अल्टिमेटम दिएको छ । नगर पालिकाले सूचना प्रकाशित गर्दै तोकिएको अवधिभित्र अतिक्रमित संरचना स्वयं हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो । नगरपालिकाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र बमोजिम सरकारी तथा सार्वजनिक जग्गा संरक्षण […]

श्रम पोख्न इमान्दार, निडर, सुशासनका प्रतिक हुन् चक्रु सिंह

पृथ्वी बहादुर सिंह/सुर्खेत बुवा खड्क सिंह आमा जयपुरा सिंह जेठी पट्टीका तीन भाई एक बहिनी मध्येका कान्छाछोरा पहिले थालारैकर गाउँ पञ्चायत वडा नं. ४ हाल शिवालय गाउँपालिका, वडा  नं. ५ थाला जाजरकोट तत्कालिन कार्कीगाउँ पञ्चायत जाजरकोटबाट माइतीका छोरा नभएपछि अपुतालीको सम्पत्ति खाना बस्ती गएका बाबु आमाबाट वि.सं. १९९२ साल जेष्ठ ७ गते आइतबार जन्मेका हुन् […]

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

धनगढी, २३ वैशाख ।  भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरूमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ । पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकामा पछिल्लो समय नेपाल सरकारले रु एक सयभन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा […]

वन्यजन्तुप्रतिको बद्लिँदो दृष्टिकोण

राधेश्याम विश्वकर्मा/रासस वन क्षेत्र विस्तार र वन्यजन्तुको सङ्ख्या वृद्धि भएसँगै बर्दिया जिल्लाको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व तीव्र बन्दै गएको छ ।  विशेषगरी बाघ र हात्तीको गतिविधि बढेपछि स्थानीय बासिन्दा जोखिमपूर्ण अवस्थाबाट गुज्रन बाध्य भएका छन् । वन्यजन्तुको आक्रमणमा पर्ने मुख्य कारणमा दैनिक जीविकोपार्जनसँग सम्बन्धित गतिविधिहरु देखिएका छन् । गाईबस्तु चराउन जाँदा, घाँस काट्न जाँदा र […]

हुम्लाका १० गम्भीर कुपोषित बालबालिका जुम्ला रिफर

गाेल्डेन बुढा जुम्ला,२३ बैशाख । आफ्नो जिल्लामा विशेष पोषण सेवा नहुँदा हुम्लाका १० जना गम्भीर कुपोषित बालबालिकालाई उपचारका लागि जुम्ला ल्याइएको छ ।हुम्लाको ताजाकाेट गाउँपालिकाको स्वास्थ्य शाखाले जारी राष्ट्रिय पोषण मूल्याङ्कन अभियानका क्रममा गम्भीर कुपोषित बालबालिकालाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रिफर गरेको छ ।अप्रिल २९ मा सबै ७ सय ५३ स्थानीय एकाइमा […]

काेहलपुर गाेल्डकप : आयाेजक रेसिङ साहारा फाईनलमा प्रवेश

बाँके ,२३ बैशाख । बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा आयोजक रेसिङ साहारा क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। लालीगुराँस एसोसिएसन क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै रेसिङ साहाराले उपाधि नजिकको यात्रा तय गरेको हो। रेसिङ साहाराका लागि खेलको १७औँ मिनेटमा जर्सी नम्बर १४ का निराजन खत्रीले पहिलो गोल […]

सातौँ संस्करणको जुम्ला–रारा म्याराथन तयारी पूरा, ट्रफी र मेडल सार्वजनिक

गाेल्डेन बुढा जुम्ला ,२३ बैशाख । साेलुखुम्बुको साेलुदूधकुण्ड नगरपालिका–२ फेरा गाउँकी २० वर्षीया आङफुर्वा सेर्मा सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथनमा सहभागिता जनाउन जुम्ला आइपुगेकी छन्। दोस्रो पटक प्रतियोगितामा सहभागी हुन आएकी उनले यसअघि २०८१ सालमा भएको प्रतियोगितामा आठौँ स्थान हासिल गरेकी थिइन्।जुम्लाको प्राकृतिक सौन्दर्य र खेलकुदमार्फत स्थापित पहिचानले आफूलाई पुनः यहाँसम्म तानेको उनको अनुभव छ। […]

हुरीले दुई बिघाको केराखेतीमा क्षति

दाङ,२३ बैशाख । यही वैशाख २० गते गएको ठूलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केराखेतीमा ठूलो क्षति गरेको छ । घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको दुई  बिघाको केरा पूर्ण रूपमा हावाहुरीले नष्ट गरेको छ । बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीका कारण नष्ट भएको उहाँले बताउनुभयो । माध्यामिक विद्यालय हापुर रतनपुरको १० […]