भूकम्प प्रभावित १५  छात्रालाई छात्रवृत्ति

सुर्खेत, २२ बैशाख । श्रीज्योति फाउन्डोसनले भूकम्प प्रभावित जिल्लाका १५ जना छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा रुकुम पश्चिम र जाजरकोटका छात्रालााई तेस्रो पटक छात्रवृत्ति वितरण गरेको हो । भूकम्पलगत्तै सुर्खेतमा सांगीतिक कार्यक्रम गरेर जम्मा भएको रकमबाट फाउन्डेसनले छात्रवृत्ति वितरण सुरु गरेको थियो । १५ जना छात्राबाट छात्रवृत्ति वितरण […]

कर्णाली सरकारले सार्वजनिक गर्‍यो स्थानीय तहलाई दिने अनुदानको सिलिङ:  गरिबीको खाडल पुर्ने  अनुदान धनि पालिकामा केन्द्रित 

ओम शाही सुर्खेत, २२ बैशाख । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेशका ७९ वटै स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदानको बजेट सिलिङ निर्धारण गरेको छ । प्रदेश सरकारले जनसंख्या, भूगोल र विकासको अवस्थालाई आधार मानी स्थानीय तहहरूलाई अनुदानको बाँडफाँड गरेको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी वर्षको बजेट […]

सम्पादकीय : फोहर व्यवस्थापनमा ध्यान देऊ

कर्णाली प्रदेश अस्पतालले स्वास्थ्यजन्य फोहर व्यवस्थपनमा शून्य फोहर सिद्धान्त अवलम्वन गरेको छ । सुरक्षित स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रणाली अन्तर्गत अस्पतालले स्वास्थ्यजन्य फोहरको छुट्टाछुट्टै बर्गिकण गरेर जोखिमयूक्त फोहरलाई विशेष सवारी साधनमा संकलन गरी फोहर व्यवस्थापन केन्द्रसम्म पुर्‍याउने छ । जहाँ फोहर मैला नजलाउने प्रविधिबाट संक्रमणमुक्त गरी पुनःचक्रका लागि पठाइन्छ । जसले दिगो, सुरक्षित र शून्य फोहरमा […]

उठिबास रोक्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

दाङ  ,२१ बैशाख । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष ज्ञापनपत्र बुझाएका छन् ।संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आवास, जीविकोपार्जन र खाद्य सुरक्षालाई नागरिकको मौलिक हक भएको उल्लेख गर्दै विकल्प नदिई गरिब नागरिकलाई उठिबास गर्नु मानवअधिकारविपरीत हुने जनाएको छ । ज्ञापनपत्रमा सरकारले देशका विभिन्न स्थानमा, विशेषगरी […]

जुम्लामै न्युरो सर्जरी: संयोगले बचे गाेरबहादुर बाेहाेरा 

गाेल्डेन बुढा जुम्ला ,२१ बैशाख। योग शिविरमा जुम्ला पुगेका वीर अस्पताल काठमाडौंका न्युरो सर्जन प्राडा. निलम खड्काले अस्पतालले रेफर गरिसकेका बिरामीको शल्यक्रिया गरेर ज्यान बचाएका छन्। जुम्लाको दुर्गम पातारासी गाउँपालिका–३ छुमगाउँका गोरबहादुर बोहोराको सफल शल्यक्रिया गरेका हुन्।वैशाख १८ गते घरको छतबाट लडेर सख्त घाइते भएका बोहोराको टाउकोमा गम्भीर चोट थियो। बेहोस अवस्थामा प्रतिष्ठान ल्याइएर भेन्टिलेटरमा […]

जुम्लामा महिला उद्यम: सातु, अचार र पाउरोटीबाट आत्मनिर्भर

गाेल्डेन बुढा  जुम्ला ,२१ बैशाख  जुम्लामा पछिल्लो समय महिला उद्यमशीलताको सशक्त उदाहरणहरू देखिन थालेका छन्। सीमित स्रोतसाधन, भौगोलिक कठिनाइ र अवसरको अभावका बीच पनि यहाँका महिलाहरूले स्थानीय उत्पादन र सीपलाई व्यवसायमा रूपान्तरण गर्दै आत्मनिर्भरताको बाटो समातेका छन्।जुम्लाकाे तातोपानी गाउँपालिका–२, डागीबाड गाउँकी ६७ वर्षीया अमृता रावल यतिबेला अर्गानिक जुम्ली जौँको सातु उत्पादनमा व्यस्त छिन्। उमेरले ढल्किँदै […]

सुदूरपश्चिमम सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै

कञ्चनपुर,२१ बैशाख । सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई ५० प्रतिशतले घटाउने सरकारको लक्ष्यअनुरूप उपचार केन्द्र विस्तार गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्पदंशको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । सोही […]

चट्याङ लागेर एक जनाको मृत्यु

बाजुरा,२१ बैशाख । बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर एक जना वृद्धको आइतबार मृत्यु भएको  छ । मृत्युहुनेमा बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढा रहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिनुभएको छ । उहाँका अनुसार पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा […]

कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित 

बाँके ,२१ बैशाख । बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको चौँथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया) विजयी भएको छ । वैशाख १९ गतेबाट सुरु भएको प्रतियोगिताको दोस्रो दिन भएको खेलमा रोयल फुटबल क्लब (कर्णाली) लाई ४–२ गोल अन्तरले हराउँदै  जस्ट जोन एफसी (नाइजेरिया) विजयी भएको हो । वैशाख २० गते कोहलपुर–२ स्थित […]

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

दाङ ,२१ बैशाख ।  लुम्बिनी प्रदेश सरकारले आफ्नै नव निर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्नुभएको हो । उहाँले संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो ।`सात प्रदेशमध्ये लुम्बिनी […]

खानेपानी आयोजनाको अनुगमन

सुर्खेत, २१ बैशाख । फारुला जुगेना खानेपानी तथा सरसफाई आयोजना कालिमाटी गाउँपालिका वडा नं. ३ को अनुगमन गरिएको छ । गाउँपालिका, सहयोगी निकाय तथा सरोकारवाला प्रतिनिधिहरुको उपस्थितिमा अवलोकन, अनुगमन, निरिक्षण गरिएको हो । कालिमाटी गाउँपालिका र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भटास नेपालको आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्थाको सामाजिक तथा प्राविधिक सहजिकरणमा आयोजना निर्माण गरिएको […]

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु  

 काठमाडौँ, २१ वैशाख ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु गरेको छ ।  दाबी गरिएका सुकुमवासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए/नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको  मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए । विभिन्न नीतिनियम र विधिका साथै […]

शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम  

कञ्चनपुर, २१वैशाख । शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकऱण कार्यक्रम सञ्चालन गरिएको छ । किसान वर्गीकरण गरी परिचयपत्र तयार पार्ने, राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने र सोही आधारमा आवश्यक सुविधा दिने उद्देश्यसहित कार्यक्रम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । नगरको कृषि विकास शाखाका अधिकृत विनय जोशीले प्रारम्भिक चरणमा छ जना गणक नियुक्त गरी वडा नं ६ र १० […]