सम्पादकीय : फोहर व्यवस्थापनमा ध्यान देऊ

कर्णाली प्रदेश अस्पतालले स्वास्थ्यजन्य फोहर व्यवस्थपनमा शून्य फोहर सिद्धान्त अवलम्वन गरेको छ । सुरक्षित स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रणाली अन्तर्गत अस्पतालले स्वास्थ्यजन्य फोहरको छुट्टाछुट्टै बर्गिकण गरेर जोखिमयूक्त फोहरलाई विशेष सवारी साधनमा संकलन गरी फोहर व्यवस्थापन केन्द्रसम्म पुर्‍याउने छ । जहाँ फोहर मैला नजलाउने प्रविधिबाट संक्रमणमुक्त गरी पुनःचक्रका लागि पठाइन्छ । जसले दिगो, सुरक्षित र शून्य फोहरमा आधारित स्वास्थ्य फोहर व्यवस्थापन प्रणालीलाई प्रवद्र्धन गर्छ । यसरी गरिने फोहर व्यवस्थापनबाट रोजगारी र आम्दानीसमेत सिर्जना गर्न सकिने जनाइएको छ । अस्पतालजन्य फोहरको असुरक्षित विसर्जनले जनस्वास्थ्य र वातावरणमा गम्भीर जोखिम बढिरहेका बेला प्रदेश अस्पतालले यो प्रविधि अपनाउन लागेको हो । तथ्याङ्क अनुसार प्रदेश अस्पतालमा अहिले दैनिक एक सय  ९५ किलोग्रमाम कम जोखिमजन्य र एक सय १३ किलोग्राम उच्च जोखिमजन्य फोहर उत्पादन हुने गरेको छ । हाल नगरपालिकाले फोहर व्यवस्थापन गर्दै आए पनि विसर्जन गर्ने स्थान व्यवस्थित नहुँदा वर्षाको समयमा पानीले बगाएर लैजाने र वातावरणीय प्रदूषण निम्त्याउने खतरा छ । अत्याधुनिक प्रविधियूक्त उपरकणसहित विशिष्टिकृत सेवा प्रदान गर्न थालेसँगै प्रदेश अस्पतालमा सेवा लिनेहरुको संख्या दैनिक बढ्दोक्रममा छ ।

बिरामीको चाप बढ्दा अस्पतालबाट सेवा दिनेक्रममा उत्पादन हुने फोहरका कारण बिरामी, स्वास्थ्यकर्मी र समुदायमा जोखिम बढ्दो छ । विज्ञहरुका अनुसार अस्पतालजन्य फोहरलाई जलाउने वा गाड्ने परम्परागत शैलीलाई त्यागेर वैज्ञानिक व्यवस्थापन नअपनाए वातावरण र मानवस्वास्थ्यमा गम्भीर असरको खतरा दिनानुदिन बढ्दो छ । अहिले फोहर व्यवस्थापनमा भइरहेको जलाउँने अभ्यासबाट निस्कने धुवाँले क्यान्सर र श्वासप्रश्वास जस्ता जटिल रोग निम्त्याउने खतरा छ । बाल्टिनमा फोहर राखेर मात्र व्यवस्थापन हुँदैन, यसको संकलनदेखि अन्तिम विसर्जनसम्म निश्चित चक्र अपनाउनुपर्ने विज्ञहरुको जोड छ । नेपालका स्वास्थ्य संस्थाहरुमा फोहर बाल्ने तथा नगरपालिकाको फोहर संकलन प्रणालीमा मिसाउने हानिकारक अभ्यास छ । जसले वातावरण र मानवस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । फोहर बाल्नाले त्यसबाट दीर्घकालिन जैविक तत्वहरु जस्तै, डाइअक्सिन, फुरान्स आदि विषालु ग्याँसहरु उत्पादन भई जनसमुदायको स्वास्थ्यमा प्रतिकुल असर परेको हुन्छ । स्वास्थ्यजन्य फोहरलाई नगरपालिकाको फोहर संकलन प्रणालीमा मिसाउँदा त्यसबाट जनसमुदायमा नयाँ रोगको संक्रमण फैलिने जोखिम उच्च रहने भएकाले यस्ता फोहरको उचित व्यवस्थापन हुनु अति आवश्यक छ ।

फोहर व्यवस्थापमा महत्वपूर्ण चरण फोहरलाई स्रोतमै छुट्ट्याउनु हो । स्वास्थ्यजन्य फोहरलाई जलाउनुको साटो घटाउने, पुनः प्रयोग गर्ने, नयाँ उद्देश्यका लागि प्रयोग गर्ने, मर्मत गर्ने, पुनर्चक्रण गर्ने वा कुहाउने प्रविधिहरु अपनाउनु पर्दछ । प्रदेश अस्पतालमा स्वास्थ्यजन्य फोहरको उचित व्यवस्थापन गर्ने गरिएको भएपनि वीरेन्द्रनगरका अन्य सरकारी तथा निजी अस्पतालहरुले प्रशोधन नगरीकनै सोझै नगरपालिकाको फोहर ढुवानी गर्ने सवारीमा राख्ने गरेको पाइन्छ । यो निकै घातक अभ्यास हो । यसमा नियमनकारी निकायहरु मौन छन् । यसर्थ, स्वास्थ्यजन्य फोहरको उचित व्यवस्थापनमा सम्बद्ध निकायहरु जिम्मेवार बन्न आवश्यक छ । वीरेन्द्रनगर नगरपालिकाले अस्पतालजन्य फोहर मात्रै होइन अन्य फोहरलाई पनि सुरक्षित बिसर्जन गर्न सकेको छैन । आफ्‌ना वार्षिक नीति, कार्यक्रम तथा बजेटहरु अन्य क्षेत्रको तुलनामा फोहर व्यवस्थापनका एकदमै न्यून हुनु दुखद विषय हो । यो मानवस्वास्थ्य र वातावरणमाथिको गम्भीर खेलबाड हो ।

सम्पादकीय : फोहर व्यवस्थापनमा ध्यान देऊ

उठिबास रोक्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

सम्पादकीय : फोहर व्यवस्थापनमा ध्यान देऊ

कर्णाली सरकारले सार्वजनिक गर्‍यो स्थानीय तहलाई दिने

Leave a comment

Your email address will not be published. Required fields are marked *