अवैध नदीजन्य पदार्थ उत्खनन्‌मा  संलग्न १७ सवारी प्रहरीको नियन्त्रणमा

सुर्खेत, २४ बैशाख ।
भेरी नदीबाट जथाभावी ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने क्रम नरोकिएपछि सुर्खेत प्रहरी एक्सनमा उत्रिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भेरीगंगा र लेकवेशी नगरपालिकाका विभिन्न क्षेत्रबाट मापदण्ड विपरीत उत्खननमा संलग्न १७ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–१३, को सालटाकुरा र लेकवेशी नगरपालिका–७ को पटारे क्षेत्रमा भेरी नदीको बहाव नै प्रभावित हुने गरी अवैध उत्खनन भइरहेको थियो । विशेष सूचना र पालिकाको आग्रहमा खटिएको प्रहरी टोलीले उत्खनन स्थलमै पुगेर सवारीहरू नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीका अनुसार १२ टिप्पर, २ ट्याक्टर, २ जेसीभी र १ स्काभेटरलाई नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थ उत्खनन गर्दा सम्बन्धित पालिकाले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको पूर्ण पालना गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, ठेकेदार र व्यवसायीहरूले मेसिन प्रयोग गर्न नपाइने ठाउँमा समेत भारी उपकरण लगाएर नदीको स्वरूप बिगारिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख शाहीका अनुसार उत्खनन नै गर्न नपाइने भन्ने होइन, तर तोकिएको विधि र प्रक्रिया मिचिएकाले कारबाही गरिएको हो । ‘पालिकाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भए विपरीत नदीमै भारी सवारी प्रयोग गरेर उत्खनन गरिरहेको भेटियो,’ प्रमुख शाहीले भने, ‘हामीले नियन्त्रणमा लिएका यी सवारीहरूलाई थप कारबाहीका लागि सम्बन्धित पालिकामा पठाउँदैछौँ ।’
प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन अब सम्बन्धित नगरपालिकाको जिम्मा लगाइनेछ । प्राकृतिक स्रोतको अवैध दोहनमा संलग्नहरूलाई स्थानीय सरकारले कस्तो जरिवाना र कारबाही गर्छ भन्नेमा अहिले खुलाईएको छैन् ।
अवैध नदीजन्य पदार्थ उत्खनन्‌मा  संलग्न १७ सवारी प्रहरीको नियन्त्रणमा

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक आगामी आवको

अवैध नदीजन्य पदार्थ उत्खनन्‌मा  संलग्न १७ सवारी प्रहरीको नियन्त्रणमा

नेपाल–भारत सीमा रुपैडिहा आईसीपीमा उच्चस्तरीय बैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *