जुम्लामा महिन्द्रा कम्पनीका ग्राहक सँग अनुभव आदान–प्रदान

काली बहादुर परियार
जुम्ला ,२४ बैशाख ।
कर्णालीका दुर्गम सडकमा वर्षौ देखि भरपर्दो यात्राको साथी बनेको महिन्द्रा गाडी प्रति ग्राहकको विश्वास अझ बलियो बन्दै गएको छ । यही विश्वासलाई थप मजबुत बनाउन अग्नी ग्रुपद्वारा बिहीबार जुम्लामा महिन्द्रा कम्पनीका ग्राहक बीच अनुभव आदान–प्रदान कार्यक्रम गरिएको छ ।
जुम्लामा महिन्द्रा कम्पनीका विभिन्न सवारी साधन खरिद गरेका ग्राहक, व्यवसायी तथा सरोकारवालाको उपस्थितिमा आयोजित कार्यक्रममा ग्राहकहरूले आफ्ना अनुभव खुलेर सुनाएका थिए ।
कार्यक्रममा सहभागीहरूले महिन्द्रा गाडीले जुम्लाको कठिन भौगोलिक अवस्था र जोखिमपूर्ण सडकमा समेत राम्रो प्रदर्शन गरेको बताएका थिए ।
अग्नी ग्रुपका सेल्स जनरल म्यानेजर रामेश्वर महर्जनले अग्नी ग्रुपको ३५ वर्ष लामो यात्राको अनुभव सुनाउँदै सुरुवाती दिन सम्झिए । उनले भने, आज भन्दा ३५ वर्ष अघि हामी सँग ट्र्याक्टर र केही गाडी मात्र थिए ।
अहिले समय सँगै हामीले विभिन्न प्रकारका सवारीसाधन बजारमा ल्याएका छौ । ग्राहकको विश्वासले नै अग्नी ग्रुपलाई यहाँसम्म ल्याएको उनकाे भनाइ छ ।
उनका अनुसार पछिल्लो समय महिन्द्रा कम्पनीले प्रविधि, सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै नेपालका दुर्गम जिल्लासम्म आफ्नो पहुँच विस्तार गरेको छ । उनले जुम्लामा ग्राहक सँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव लिन पाउँदा खुसी लागेको बताए ।
कार्यक्रममा निर्माण व्यवसायी संघ जुम्लाका अध्यक्ष गगन बुढ्थापाले जुम्लामा महिन्द्रा गाडीको सेवा विस्तार हुनु ठूलो उपलब्धि भएको बताए ।
उनका अनुसार, पहिला महिन्द्रा गाडी सर्भिस गर्न नेपालगन्ज वा सुर्खेत जानुपर्ने बाध्यता थियो । अहिले जुम्लामै स्वरूम र सेवा केन्द्र खुलेपछि ग्राहकलाई धेरै सहज भएको बताए ।
उनले कम्पनीलाई सुझाव दिँदै सबैभन्दा पहिले महिन्द्रा गाडी खरिद गरेका पुराना ग्राहकलाई सम्मान र कार्यक्रममा प्राथमिकता दिनुपर्ने बताए ।
जुम्लामा महिन्द्रा कम्पनीका गाडी चलाउन जोखिम मोलेका पुराना ग्राहककै कारण आज कम्पनी यहाँसम्म पुगेको उनकाे भनाइ छ ।
यस्तै सुर्खेत शाखा प्रमुख जयसिंह साउदले ट्र्याक्टरको प्रयोग अब कृषि क्षेत्रमा मात्र सीमित नरहेको बताए । उनका अनुसार अहिले निर्माण तथा विकास निर्माणका काममा समेत ट्र्याक्टर व्यापक रूपमा प्रयोग हुन थालेकाे बताए । कन्ट्रक्सन क्षेत्रमा ट्र्याक्टरको प्रयोग बढेकै कारण सरकारले यसमा कर लगाएको उनले ग्राहकलाई स्पष्ट पारे ।
कार्यक्रममा ए टु जेट सर्भिस सेन्टरका प्रोपाइटर तथा महिन्द्रा स्वरूमका सञ्चालक पदम भण्डारीले जुम्लामा व्यवसाय सुरु गर्दाको संघर्ष सुनाउँदा सहभागी भावुक बनेका थिए ।
उनले ३५ हजार रुपैयाँ बाट सानो ग्यारेज सुरु गरेको स्मरण गर्दै भने, सुरुमा थोरै सामान राखेर काम थालेको थिए । पछि सबै सामान सकियो, अनि महिन्द्रा कम्पनी सँग सहकार्य गरे । अहिले व्यवसाय राम्रै चलिरहेको अनुभव सुनाए ।
भण्डारीका अनुसार जुम्लामा अहिले महिन्द्रा कम्पनीका गाडीको काम अत्यधिक बढेको छ । उनले दाबी गर्दै भने, जुम्लामा अहिले महिन्द्रा बाहेक अन्य गाडीको खासै काम नरहेकाे बताए ।
महिन्द्राले यहाँको सडक र भूगोल सुहाउँदो सेवा दिएकाले पछिल्लो समयमा जुम्लाका ग्राहकहरूले पनि महिन्द्रा गाडी राेजाइमा राखेकाे बताए ।
कार्यक्रममा सहभागी ग्राहकहरूले महिन्द्रा गाडीको मजबुती, पार्टस उपलब्धता र स्थानीय स्तरमै मर्मत सेवा पाइने सुविधाले आफूहरू सन्तुष्ट रहेको बताएका थिए ।
दुर्गम कर्णालीमा सडक पहुँचसँगै सवारीसाधनको आवश्यकता बढिरहेका बेला महिन्द्राले ग्राहकको मन जित्दै गएको सहभागीहरूको भनाइ थियो ।






