मेयरकै मिलाेमताेमा केबलकार डिपिआरकाे नाममा ५० लाख झ्वाम

काली बहादुर परियार

जुम्ला ,२७ बैशाख । 

चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले केबलकारकाे डिपिआरका नाममा ५० लाख रकम हिनामिना गरेकाे पाइएको छ । चुनावकाे समयमा नागरिक लाई केबलकार बनाउछु भनी भाेट मागेका मेयर कठायतले केबलकार नबनाएरै डिपिआर तयार पारी ५० लाख रकम हिनामिना गरेकाे पाइएकाे हाे ।

जुम्लाका सामाजिक अभियान्ता उपेन्द्र बुढ्थापाले केहि समय अगाडि पत्रकार सम्मेलन गरि सम्मेलन मार्फत यस्ताे प्रमाण सार्वजनिक गरेका थिए । केबलकारकाे नाममा डिपिआर तयार पारी ५० लाख रकम खर्च भएको भनी पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।

२०७९ काे स्थानीय तहकाे निर्वाचनमा पार्टीले टिकट नदिए पछि कठायतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावमा हाेमीएका थिए । उनले म निर्वाचित भएपछि नगरपालिकामा केबलकार संचालनमा ल्याउछु भनी भाेट मागी चुनाव समेत जिते र पाँच वर्षका लागि भन्दननाथ नगरपालिकाकाे नगरप्रमुख बने । सरकार आफ्नाे हातमा आएपछि मेयर कठायतले केबलकारका नाममा डिपिआरका लागि भनी ५० लाख बजेट विनियोजन गरे ।

नाम नभन्ने स्वार्थमा नगरपालिकाकै एक वडाध्यक्षले भने, मेयरले काठमाडौ बाट आफ्नै भतिजी लाई बाेलाएर डिपिआरकाे सेटिङ् मिलाई २० लाख भतिजी र ३० लाख आफ्नाे खल्तीमा हाली डिपिआर पास गरेका बताए ।

उनले भने, अहिले कार्यकाल सकिन लाग्दा समेत नगरपालिकामा केबलकार बन्ने कुनै छाडकाड देखिएकाे छैन । भतिजी र आफू मिलि ५० लाख रकम झ्वाम पारे पछि अहिले नगरप्रमुख कठायत ५० लाख पचाउन आराम गरिरहेका छन् ।

नगरपालिकाले केबलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पार्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको भए पनि त्यसको उपलब्धि र पारदर्शिता माथि अहिले बहस सुरु भएको छ ।

स्थानीय स्रोतहरूका अनुसार डीपीआर निर्माणका नाममा ठूलो रकम खर्च गरिएको भए पनि योजना कहाँ पुग्यो भन्ने बारे नगरपालिकाले स्पष्ट जानकारी सार्वजनिक गरेको छैन ।

डीपीआर तयार भयो भनिन्छ, तर त्यो कहाँ छ ? के अध्ययन भयो ? के सम्भाव्यता हेरियो ? किन निर्माण प्रक्रिया अघि बढेन ? भन्ने प्रश्न अहिले नगरवासी बीच चर्को रूपमा उठिरहेको छ ।

नगरपालिका भित्रै केही व्यक्तिहरूले डीपीआर प्रक्रियामा नातावाद र पहुँचको राजनीति भएको आरोप लगाइरहेका छन् । यद्यपि यी आरोपहरू बारे आधिकारिक छानबिन वा प्रमाण सार्वजनिक भइसकेको छैन ।

तर सार्वजनिक रकम खर्च भएको विषयमा पारदर्शिता आवश्यक रहेको भन्दै स्थानीयहरूले नगरपालिका सँग जवाफ मागिरहेका छन् । स्थानीय युवाहरू भन्छन्, चुनावमा ठूला सपना देखाइयो । तर काम भने शुन्य परिणाममा रहेकाे रहेकाे छ ।

मेयरकै मिलाेमताेमा केबलकार डिपिआरकाे नाममा ५० लाख झ्वाम

नगर विकासको ३६ बिघा जमिन खाली गराइँदै,पहिलो

Leave a comment

Your email address will not be published. Required fields are marked *