बाँकेमा ९ महिनामै ७२९ क्षयरोगी फेला  एआई एक्स–रे प्रविधिबाट सक्रिय खोज अभियान तीव्र

बाँके, २७ बैशाख ।

बाँकेमा चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७२९ जना क्षयरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहका अनुसार साउनदेखि चैत मसान्तसम्म उक्त सङ्ख्यामा बिरामी पहिचान भएका हुन् ।

जिल्लामा सबैभन्दा बढी बिरामी नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा फेला परेका छन् । नेपालगञ्जमा २०० जना तथा कोहलपुरमा १२९ जना क्षयरोगी पहिचान भएका छन् । त्यसैगरी बैजनाथ गाउँपालिकामा ९३, खजुरा गाउँपालिकामा ९२, डुडुवा गाउँपालिकामा ६२, जानकी गाउँपालिकामा ५८, राप्तीसोनारी गाउँपालिकामा ५० तथा नरैनापुर गाउँपालिकामा ४५ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा बाँकेमा कुल १ हजार १८२ जना क्षयरोगी फेला परेका थिए । पछिल्लो समय जिल्लामा एआई एक्स–रे प्रविधिमार्फत क्षयरोगको सक्रिय खोजपड्ताल अभियान सञ्चालन भइरहेको छ । समुदायस्तरमा नेपालगञ्ज र खजुरामा सञ्चालन गरिएको शिविरबाट मात्रै १४ जना नयाँ क्षयरोगी पहिचान गरिएको शाहले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग फोकल पर्सन विनोद विकका अनुसार नेपालगञ्जका वडा नं. १२, १४, २०, २१ र २२ मा गरिएको परीक्षणका क्रममा ८ जना क्षयरोगी फेला परेका छन् । तीमध्ये वडा नं. १४ का एक जना बिरामीको अवस्था गम्भीर रहेकाले भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

त्यस्तै खजुरा गाउँपालिकामा गरिएको परीक्षणका क्रममा ६ जना बिरामीमा क्षयरोग पुष्टि भएको छ । त्यसमध्ये वडा नं. ८ का एक जना बिरामीलाई पनि अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

जिल्ला कारागारमा पनि सुरु भयो एआई एक्स–रे परीक्षण

नेपालगञ्जस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरूको क्षयरोग पहिचान गर्न एआई एक्स–रे विधिबाट खोजपड्ताल शिविर सुरु गरिएको छ । क्षयरोग फोकल पर्सन शाहका अनुसार कृत्रिम बुद्धिमत्तामा आधारित यो प्रविधिबाट छातीको एक्स–रे तस्वीर कम्प्युटर प्रणालीमा विश्लेषण गरी फोक्सोमा देखिने असामान्य दाग, संक्रमण वा क्षयरोगसँग मिल्ने सङ्केत पहिचान गरिन्छ । 

यसले क्षयरोगको सम्भावना मूल्याङ्कन गरी छिटो रिपोर्ट उपलब्ध गराउने भएकाले रोग पहिचानमा सहजता आएको उनले बताए । शिविर उद्घाटन गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकले प्रदेश सरकारले क्षयरोग मुक्त अभियानअन्तर्गत रोगी पहिचान र उपचार पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले प्रदेश सरकार तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा समुदायस्तरमै पुगेर अभियान सञ्चालन गरिएको उल्लेख गर्दै एआई एक्स–रे प्रविधिले फोक्सोसँग सम्बन्धित क्षयरोग पहिचान गर्न प्रभावकारी भूमिका खेलेको बताए ।

त्यस्तै वि.एन.एम.टी.का कार्यक्रम संयोजकले नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य सफल बनाउन समुदायमा लुकेर रहेका बिरामीको पहिचान गरी उपचारको पहुँचमा ल्याउन आवश्यक रहेको बताए ।

बाँकेमा ९ महिनामै ७२९ क्षयरोगी फेला   एआई एक्स–रे प्रविधिबाट सक्रिय खोज अभियान तीव्र

सरकारी रकमबाट आएको बजेट दुरूपयोग होइन  संरक्षण

बाँकेमा ९ महिनामै ७२९ क्षयरोगी फेला   एआई एक्स–रे प्रविधिबाट सक्रिय खोज अभियान तीव्र

प्रभावकारी बन्दै आवास वीमा कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *