बादी बस्तीमा निशुल्क स्वास्थ्य शिविर

सुर्खेत ,३० साउन । वीरेन्द्रनगर नगरपालिका–११, शान्तिपुर झुप्राखोलामा योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आयोजना तथा नेपाल औषधि व्यवस्था व्यवसायी संघ, कर्णाली प्रदेशको सहकार्यमा आयोजित एकदिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा करिब ११५ जना स्थानीयले विशेषज्ञ स्वास्थ्य सेवा तथा स्वास्थ्यसम्बन्धी परामर्श लिएका छन्। स्त्रीरोग विशेषज्ञ डा. ललितजंग शाही र छालारोग विशेषज्ञ डा. जीविता […]

घुयँत्राे:देउबाको अबिरयात्रा : फर्किए उपचारबाट, भेटिए आफ्नै पार्टीमा ‘उपचार’ खोज्दै!

हिजाे देउबाकाे अबिरयात्रा भाे । आैषधि उपचार गर्न गा का देउबा ५ मैनापछि फर्केर घर आए । जेनजी आन्दोलनाँ जेनजीहरले बेसरी थतमर्याएछि आैषधि उपचारका लागि सिंगापुर पुग्या देउबा बिचरालाई बिदेश गएछि आउनै नदेर हैरान गराका जेनजीले धन्न नेपाल आएछि पक्रेर भित्र हुलेनन । हुन पनि ३५ बर्ष शासन चलाउँदानि सामान्य नागरिकका लागि नभएनि भिआईपिहरुकाे उपचार […]

घुयँत्राे:दशौँ राष्ट्रिय खेलकुद : पाँचौँ पटकको घोषणा, अब खेल हुन्छ कि फेरि ‘घोषणा’मै सकिन्छ?

हैन याे दशाैँ राष्ट्रिय खेलकुद भन्ने चिज नि कति चाम्राे रैछ के ? गाेडा चारेक संघिय सरकार र त्यत्तिनै प्रदेश सरकार मिलेर आलाेपालाे चबाँउँदानि निल्न नसकेछि अब फेरि पाँचौ पटक निल्ने जमर्काेमा जेनजी सरकार लाग्या सुनियाे हेरम के गर्छन । यश अघिका सरकार कुनै पनि हालताँ कर्नालियाँ राष्ट्रिय खेलकुद् हुन नदिने र घाेषणा गर्दै छाेडदै […]

खनिज क्षेत्रको राजस्व सङ्कलन खस्कियो

काठमाडौँ, ३० साउन ।  खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत सङ्कलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब रु ७० करोडले कमी आएको जनाएको छ । विभागले आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ५९ करोड राजस्व सङ्कलन गरेकामा आर्थिक वर्ष २०८२/८३ मा रु ८९ करोड ४८ लाख मात्र सङ्कलन गरेको हो […]

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ, ३१ साउन ।  इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्‍याएर ठगी गर्ने नुवाकोटकै १९ वर्षीय विवेक सुनारलाई पनि असार २४ गते पक्राउ गरियो । त्यसैगरी इसेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका २२ […]

पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल

काठमाडौँ, ३१ साउन ।  सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रको विकासका निम्ति सम्बद्ध सबै पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिए । सभामुखले पर्यटन क्षेत्रका नीतिगत र संरचनागत समस्या […]

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

कैलाली, ३० साउन ।  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । श्री भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री भएका छन् । सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले […]

जलवायु पारदर्शितामा समान धारणा बनाउन युवा सम्मेलन

काठमाडौँ, ३० साउन ।  जलवायु पारदर्शिता विषयमा समान धारणा बनाउन आयोजित तीन दिने युवा सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । जलवायु परिवर्तनसम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले आयोजित ‘लोकल कन्फरेन्स अफ युथ नेपाल २०२६’मा सातवटै प्रदेशका एक सय ८० भन्दा बढी युवाको सहभागिता छ । नेपाली युवा फर क्लाइमेट एक्सन […]

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

टिकाराम सुनार/रासस बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ । तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग । पाइलटले हावाको दिशा नियाल्दै प्याराग्लाइडरको ‘क्यानोपी’ फुकाउँछ । केही सेकेन्डमै ऊ जमिनबाट छुट्टिएर आकाशतिर उक्लिन्छ । तलका गाउँहरू साना बिन्दुमा बदलिन्छन् । कर्णाली नदी चाँदीको धर्सो झैँ देखिन्छ । […]

जाजरकोटमा बाढीले घर र पुल बगायो

काठमाडौँ, ३० साउन ।  अविरल वर्षाका कारण गएराति जाजरकोटको नलगाड नगरपालिका–१० मा तासुघाट आएको बाढीलेले एउटा खाजा पसलसहित चार वटा घर र झोलुङ्गे पुल बगाएको छ । बाढी पहिरोबाट भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको तथा घटनामा मानवीय क्षति नभएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । जाजरकोटको […]

अटो चालकलाई सेफ्टी ज्याकेट

सुर्खेत, ३० साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको आयोजना तथा ट्रस्ट एजुकेशनल सेन्टरले अटो चालकलाई सेफ्टी ज्याकेट वितरण गरेको छ । शुक्रबार जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा वीरेन्द्रनगरमा अटो चलाउँदै आएका करिब एक सय ३० जनालाई सेफ्टी ज्याकेट वितरण गरिएको हो । साथै उनीहरुलाई सडक सुरक्षासम्बन्धी सचेतना प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला […]

झुप्रा खोलामा शनिबार निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकबाट सेवा दिइने

सुर्खेत ,३० साउन । आर्थिक तथा सामाजिक रूपमा कमजोर नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वीरेन्द्रनगर नगरपालिका–१० स्थित झुप्रा खोलाको बस्तीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। योगी नरहरीनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, सुर्खेतको प्रमुख आयोजना तथा सुर्खेत औषधि व्यवसायी महासङ्घको सहआयोजनामा २०८३ श्रावण ३० गते शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको […]

रातमा ई–रिक्सा देखिने बनाउन ट्राफिक प्रहरीको रिफ्लेक्टिभ स्टिकर अभियान

बाँके ,२९ साउन । रातको समयमा ई–रिक्सा सहजै देखिने बनाउँदै सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले नेपालगन्जमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान थालेको छ। पछाडिको ‘ब्याक लाइट’ नभएका ई–रिक्सामा स्टिकर टाँस्न थालेसँगै ट्राफिक प्रहरीले चालकलाई सडक सुरक्षासम्बन्धी सचेतना पनि दिन थालेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज ई–रिक्सा व्यवस्थापन प्रालिको संयुक्त […]