घुयँत्राे:हिजो पत्रकारको कलममा भरोसा, आज पत्रकारकै हातमा हतकडी !

साँच्चै पत्रकार किशोर श्रेष्ठ पक्राउ परेभन्ने हल्लिखल्लिछ । यसैबीच महासंघकि अध्यक्ष निर्मला शर्मानै सामाजिक सन्जालाँ उपस्थित भएर किशाेरकाे पक्राउ , उनकाे घर खानतलासि अनि उनी माथि पुलिसले गरेका व्यवहार समेत सिलसिलेबार रुपमा आईरहेकाले पनि सरकार अब पत्रकारमाथि खनिन शुरु गर्या हाे कि जस्ताे नि देखिन्छ । खासगरि याे सरकारलाई नेपालका पत्रकार र पत्रकारसित विश्वाश छैन […]

रोल्पा पहिरोमा सम्पर्कविहीनको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको अपिल

दाङ ,२८ साउन । रोल्पाको थबाङ गाउँपालिका-५, बोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको तथा १० जना सम्पर्कविहीन रहेको घटनाप्रति मुख्यमन्त्री आचार्यले दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई […]

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

कैलाली, २८ साउन ।  बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय कार्यान्वयनको घोषणा गरिएको छ । धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश मन्त्रीपरिषद्को यही साउन १९ गतेकोे बैठकको निर्णयअनुसार वन संरक्षण क्षेत्र घोषणा गरिएको बताए ।  “दुई जिल्लाका महत्त्वपूर्ण वन तथा प्राकृतिक क्षेत्रलाई एउटै संरक्षण क्षेत्रका रूपमा विकास […]

भ्रामक सूचना र दुष्प्रचारविरुद्ध  युवाको भूमिका विषय कार्यशाला

सुर्खेत, २८ साउन ।  अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हरिडिलभूमि माध्यमिक विद्यालयमा जानकारीमूलक कक्षा सञ्चालन भएको छ । राष्ट्रिय कृषक समूह नेपाल र ख्क्इ को सहयोगमा  ‘भिन्न परिवेश, साझा आकाङ्क्‌षा’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा क्रियटिभ क्लव सुर्खेतले ‘भिन्न परिवेश, साझा आकांक्षा : भ्रामक सूचना र दुष्प्रचारविरुद्ध युवाको भूमिका’ विषयमा विद्यालयका कक्षा–११ […]

मल मागको उच्च, आपूर्ति कम

कैलाली, २८ साउन ।  धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया र २९५.७ मेट्रिक टन डिएपी बिक्री गरेको छ । यस अवधिमा पोटास ३३.२५ मेट्रिक टन बिक्री भएको छ । प्रादेशिक कार्यालयका प्रबन्धक नवलसिंह बोगटीले धानखेतीका लागि आवश्यक पर्ने मल किसानसम्म पुर्याउने क्रममा कम्पनीले उक्त […]

भेरी नदीमा जीप खस्दा दुई जना वेपत्ता

सुर्खेत, २८ साउन । सल्यानमा भेरी नदीमा जिप खस्दा बेपत्ता भएका दुई जनाको अवस्था अज्ञात छ । उनीहरुको खोजी कार्य भइरहेको छ । बुधबार दिउँसो करिब २ बजेको समयमा छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप भेरी नदीमा खसेको थियो । उक्त जिपमा सवार चार मध्ये दुई जना […]

‘नागरिकलाई न्यायको अनुभुति दिलाउन राज्यका सबै तह गम्भिर बन्नुु पर्छ’

सुर्खेत, २८ साउन ।  कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मानव अधिकारको संरक्षण, संवद्र्धन र नागरिकलाई न्यायको अनुभूति दिलाउन राज्यका सबै तह गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कर्णाली प्रदेशस्तरीय मानव अधिकार सम्मेलनको उद्घाटन गर्दै उनले मानव अधिकारको प्रत्याभूति व्यवहारमै सुनिश्चित गर्न सरकार, नागरिक समाज, मानव अधिकारकर्मी र सरोकारवाला निकायबीच […]

जाजरकोट भूकम्पपछिको पुनर्निर्माण जहाँको त्यही सरकारी अनुदानले बनेनन् नागरिकका एउटा पनि घर

कुलेन्द्र शाही सुर्खेत, २८ साउन । जाजरकोट केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको झन्डै तीन वर्ष पुग्न लाग्दा पनि भूकम्पपीडितका स्थायी घर पुनर्निर्माणले गति लिन सकेको छैन । सरकारले पीडितका लागि घर पुनर्निर्माणमा अनुदान उपलब्ध गराउने घोषणा गरे पनि सरकारी रकमबाट एउटा पनि घर पूर्ण रूपमा निर्माण सम्पन्न हुन सकेको छैन ।  भूकम्पले घरबारविहीन बनाएका परिवारमध्ये […]

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ, २८ साउन ।  वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई प्राथमिकता दिँदै आउनुभएका प्रधानमन्त्री वालेन्द्र शाहले अन्ततः नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग बेग्लाबेग्लै भेटवार्ता गरिएको छ ।  सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग सिंहदरबारमा भएका छुट्टाछुट्टै भेटवार्ताले प्रधानमन्त्री शाहको परिपक्व कूटनीति सञ्चालन र  व्यावहारिक संवादमा जोड […]

विचार :  सीप, रोजगारी, उद्यम र सम्मान चाहन्छ युवा

– राज कार्की नेपाल आज एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ । देशको ठूलो जनशक्ति युवा छ । युवासँग ऊर्जा छ, सिर्जनशीलता छ, नयाँ कुरा सिक्ने क्षमता छ र परिवर्तन गर्ने साहस पनि छ तर यही युवा जनशक्ति आज रोजगारी, उद्यम, सीप र भविष्यको सुनिश्चितताको खोजीमा छ । कोही विदेश जाने तयारीमा छ, कोही वैदेशिक रोजगारीबाट […]

सम्पादकीय : केन्द्रको भागबन्डामा प्रदेशको सत्ता

नेकपा (एमाले) र नेपाली कम्यूनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका विषयमा भएको सहमति सतहमा हेर्दा सत्ता साझेदारीलाई व्यवस्थित गर्ने प्रयासजस्तो देखिन्छ । प्रदेशसभामा दलहरूको सिट संख्या, मन्त्रालयको संख्या र सरकारको नेतृत्वलाई आधार बनाएर शक्ति सन्तुलन कायम गर्ने भनिएको छ । मन्त्रालय छनोटमा समेत पालैपालो प्राथमिकता दिने व्यवस्था गरिएको छ । दुई दलको मात्र […]

घुयँत्राे:नमूना देशका नमूना नेता : सरकार बनाउनेदेखि सरकारलाई पूर्णता नदिने खेलसम्म !

हामी नेपाली भन्या हरकुराँ नमूना छम् के ! हाम्ले गर्ने काम मात्र नमूना हैन के ! हामी मान्छ्यै नमूना छम । कुराकाे सिलसिला भख्खरकै घटनाट गर्म है । हामी कर्नालिका माओवादि माननीय सकिनसकि भएभरकाे जाेड लाएर एमाले शीत टाँस्सियर मन्त्रीकाे जागिर खाका मन्त्रीहरकाे जागिर खान काँग्रेसीहरुसितै मिलेर मन्त्रीहरलाई संयुक्त राजीनामा दिन बाध्य बनाईम अनि त्यति […]

युवा, प्रविधि र पुस्तकालयलाई जोड्दै कोहलपुरमा प्रेरणात्मक युवा संवाद

बाँके ,२७ साउन ।  “फरक परिवेश, साझा आकांक्षा” भन्ने मूल नारासहित २७औँ अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा कोहलपुरमा “युवा, प्रविधि र पुस्तकालय” विषयक प्रेरणात्मक युवा संवाद कार्यक्रम सम्पन्न भएको छ। ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर–११, बाँकेको आयोजनामा पुस्तकालयको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालय, क्याम्पस, ध्यान तथा आध्यात्मिक संस्था, पाठक तथा सामाजिक क्षेत्रसँग आबद्ध […]