भ्रामक सूचना र दुष्प्रचारविरुद्ध  युवाको भूमिका विषय कार्यशाला

सुर्खेत, २८ साउन । 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हरिडिलभूमि माध्यमिक विद्यालयमा जानकारीमूलक कक्षा सञ्चालन भएको छ । राष्ट्रिय कृषक समूह नेपाल र ख्क्इ को सहयोगमा  ‘भिन्न परिवेश, साझा आकाङ्क्‌षा’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा क्रियटिभ क्लव सुर्खेतले ‘भिन्न परिवेश, साझा आकांक्षा : भ्रामक सूचना र दुष्प्रचारविरुद्ध युवाको भूमिका’ विषयमा विद्यालयका कक्षा–११ का विद्यार्थीलाई जानकारीमूलक कार्यशाला कक्षा सञ्चालन गरेको हो । 

पछिल्लो समयमा सामाजिक सञ्जालबाट प्रचार प्रसार भइरहेको भ्रामक र दुष्प्रचार सूचनाले कसरी मानिसलाई नकरात्मक प्रभाव पारिरहेको छ भन्ने सन्दर्भमा कार्यक्रम सान्दर्भिक प्रभावकारी भएको बताइएको छ । कार्यक्रमको सहजीकरण मध्पश्चिम विश्वविद्यालयका पत्रकारिता र आमसञ्चार विषयका उपप्राध्यापक त्रिभुवन विसी र पत्रकार हिक्मत नेपालीले सहजिकरण गरेका थिए । युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ प्रत्येक वर्ष दिवस मनाउने गरिएको छ । 

सन् २००० देखि संयुक्त राष्ट्र संघको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या एक करोड २४ लाख १२ हजार १७३ जना अर्थात् कूल जनसंख्याको ४२ दशमलव ५६ प्रतिशत रहेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण हमाल र शिक्षकहरु र राष्ट्रिय कृषक समूह नेपालका प्रतिनिधिहरु धना जिसी र हरिकला चौलागाइको समेत उपस्थित थियो । टीका हमालले सञ्चालन गरेको कार्यक्रममा ५० जना विद्यार्थीहरुको सहभागिता थियो ।

भ्रामक सूचना र दुष्प्रचारविरुद्ध   युवाको भूमिका विषय कार्यशाला

मल मागको उच्च, आपूर्ति कम

भ्रामक सूचना र दुष्प्रचारविरुद्ध   युवाको भूमिका विषय कार्यशाला

हात्तीको आतंक र लालपुर्जा विहीनताको दोहोरो मारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *