पहिरोपीडित नौ परिवारलाई राहत

गाेल्डेन बुढा जुम्ला,३१ साउन । गत साउन ९ गते मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा बिहान ४ बजे ढुंगासहितको पहिरो खस्दा एउटा परिवारको आशा र भविष्य उजाडियो। होटलमा सुतिरहेका ३ वर्षीय बालक रमेश बडुवालले पहिरोमा ज्यान गुमाए। उनका बाबुआमा घाइते भए।स्थानीय पेमा छेन्जाेक ताेर्चे तामाङको घरमा भाडामा होटल व्यवसाय सञ्चालन गर्दै आएका छायाँनाथ रारा […]

जनहितकारी साकोसको आ.व. २०८२/०८३ को वार्षिक समीक्षा बैठक सम्पन्न

सुर्खेत, ३१ साउन । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुर्खेतको वार्षिक समीक्षा बैठक वीरेन्द्रनगर–४, कालागाउँस्थित संस्थाको सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। संस्थाका सचिव यामराज गिरीले सञ्चालन गर्नुभएको कार्यक्रम राष्ट्रिय गान तथा दीप प्रज्वलनबाट उद्घाटन गरिएको […]

खानेपानी पूर्वाधारको संरक्षणमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह

अर्घाखाँची ,३१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खानेपानीका पूर्वाधारको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका-८ मा निर्माण गरिएको लाहापे डिप बोरिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खानेपानी आयोजना निर्माणसँगै त्यसको संरक्षण र दिगोपनामा ध्यान दिनुपर्ने बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले खानेपानी क्षेत्रमा लगानी […]

लागु औषध विरुद्ध सचेतना अभियान

बर्दिया ,३१ साउन । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा “फरक सन्दर्भ, साझा आकांक्षा” भन्ने मूल भावका साथ बर्दियाको मधुवन नगरपालिकामा युवाकेन्द्रित सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । मधुवन नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लब तथा जिल्ला प्रहरी कार्यालय, बर्दियाको समन्वयमा सञ्चालन गरिएको हो । लागु औषध दुर्ब्यशानी विरुद्ध बिधार्थी हरुलाई सचेतना […]

शिखर इन्स्योरेन्सका एकराज शर्मा ‘प्रोमिसिङ इम्प्लोयी अवार्ड–२०२६’ बाट सम्मानित

सुर्खेत  ,३१ साउन । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सुर्खेतका कर्मचारी एकराज शर्मा ‘प्रोमिसिङ इम्प्लोयी अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। कम्पनीमा करिब पाँच वर्षदेखि आबद्ध रहेर उत्कृष्ट कार्यसम्पादन तथा योगदान पुर्‍याएको भन्दै शर्मालाई उक्त सम्मान प्रदान गरिएको हो। शिखर इन्स्योरेन्सले सञ्चालन गरेको ‘एनुअल स्ट्राटेजी प्रोग्राम–२०२६’ अन्तर्गत शर्मालाई कम्पनीले ‘प्रोमिसिङ इम्प्लोयी’का रूपमा सम्मान गरेको हो। कम्पनी व्यवस्थापन […]

४३९ मेगावाटको बेतन कर्णाली  निर्माणको पूर्वतयारीले लियो गति

ओम शाही सुर्खेत, ३१ साउन । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको मुख्य लगानीमा निर्माण हुन लागेको ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाको निर्माणपूर्वका कामले गति लिएका छन् । आयोजना क्षेत्रमा रुख छपान, जग्गा प्राप्ति तथा मुआब्जा वितरण, पहुँचमार्ग निर्माण र वित्तीय व्यवस्थापनलगायतका काम अघि बढाइएको हो ।  सुर्खेत र अछामको सीमामा पर्ने कर्णाली नदीमा निर्माण हुने […]

सम्पादकीय : मन्त्रालय भागवण्डामा सौदाबाजी नगर

कर्णाली प्रदेश सरकार गठन भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीका लागि मन्त्रालय भागवण्डा नै सबैभन्दा ठूलो चुनौती बनेको छ । केन्द्रमा एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भइसके पनि […]

बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

बैतडी, ३० साउन ।  घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भिरमा पनि घारहरू राखिएका छन् । बैतडीको सुर्नया गाउँपालिका–७ मालम बगरका प्रेमबहादुर विष्टका  ५० घार मौरी छन् ।  पच्चीस वर्षदेखि मौरीपालन व्यवसायमा आबद्ध विष्टले वर्षमा दुई क्विन्टल मह उत्पादन गर्दै आउनुभएको छ । स्थानीय […]

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउन ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै गएको देखिएको छ ।  जिल्लामा पनि साइबर अपराधसम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर उपराधसम्बन्धी उजुरी घटदै र साइबर उपराधसम्बन्धी मुद्दा बढदै जान थालेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।  आर्थिक वर्षको २०८१/०८२ मा ३०९ साइबर अपराधसम्बन्धी उजुरी […]

अटोमोवाईल्स एशोसिएसन कर्णालीको अध्यक्षमा खड्का

सुर्खेत, ३० साउन ।  कर्णाली अटोमोवाईल्स एशोसिएशन नेपालको चौंथो वार्षिक साधारणसभा तथा अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साधारणसभाबाट इन्द्रबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको छ । नवनिर्वाचित अध्यक्ष खड्कालाई निमित्त अध्यक्ष भद्र भण्डारीले पद हस्तान्तरण गरेका छन् । पद हस्तान्तरण गर्दै भण्डारीले कर्णालीमा अटोमोवाईल्स एशोसिएशन स्थापना गर्दाका सुरुवाती दिनहरू स्मरण गर्दै संस्थालाई […]

१० करोड खर्चेर बनाइएको कान्तिताल, दुर्व्यसनीको अखडा बन्दै

बाँके, ३० साउन ।  नेपालगञ्जको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको ऐतिहाँसिक कान्तिताल संरक्षणको अभावमा कुरुप र जीर्ण बन्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित यो ताल अहिले झाडी र बुट्यानले भरिएर लागुऔषध दुर्व्यसनीहरूको सुरक्षित अखडामा परिणत भएको हो । उपमहानगरपालिकाले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित पर्यटकीयस्थलका रूपमा विकास गर्न करिब […]

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप

 दाङ, ३० साउन ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा प्रभावकारी, चुस्त–दुरुस्त तथा व्यवस्थित बनाउका लागि बहिरङ्ग (ओपिडी) टिकट काउन्टर थप गरेको छ । प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बिमाका सेवाग्राहीको सङ्ख्या बढ्दै गएपछि टिकट वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले एउटा टिकट काउन्टर थप गरी सञ्चालनमा ल्याइएको हो । यसअघि प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवाका […]

अर्जुनी सर्पदंश उपचार केन्द्रबाट स्थानीय लाभान्वित 

महेन्द्रनगर, ३० साउन ।  नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रबाट एक हजार ९९६ जना लाभान्वित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंहदल गण, मझगाउँ ब्यारेकअन्तर्गत अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमो एक हजार ३५१ जना महिला र ६४५ पुरुषले सेवा लिएका हुन् ।   सेना र स्थानीय समुदायको संयुक्त व्यवस्थापनमा […]