सम्पादकीय: विपद् न्युनिकरणमा जिम्मेवार बन 

१७ कार्तिक २०८० को विनाशकारी भूकम्पको धक्का व्यहोरेको जाजरकोटले फेरि प्राकृतिक विपद्को चोट खेपेको छ । एक सय ५४ जनाको ज्यान जाने गरी आएको भूकम्पको पीडा बिर्सन नपाउँदै पहिरोले जाजरकोटीलाई अर्को नबिर्सने चोट दिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा सरकारी ढिलासुस्तीका कारण अस्थायी टहरामा बस्न बाध्य नागरिकलाई केही दिनअघि परेको अविरल वर्षापछिको पहिरोले थप पीडा दिएको […]

कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

नेपालगन्ज, ३ भदौ ।  प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए । उनका अनुसार रुकुमपूर्वका कर्णबहादुर […]

मृतक बालकका परिवार र प्राधिकरणबीच सहमति

मुगु, ३ भदौ । रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको छ । गत साउत ३० गते विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका ११ वर्षीय गौरव भामको मृत्यु भएको थियो । ठेकेदारले खनेको खाल्डोमा वर्षाको पानी […]

सुरक्षित मातृत्वमा फड्को मार्दै नरैनापुर

बाँके, ३ भदौ ।  बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको क्षेत्रमा सकारात्मक परिवर्तन गरेको छ । नरैनापुरमा अहिले घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ । वडास्तरमा गाउँमै प्रसूति सेवा केन्द्र सञ्चालनमा आएपछि घरमै सुत्केरी गराउने पुरानो परम्परामा परिवर्तन आएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले बताए । “विगतमा घरमै सुत्केरी […]

‘प्रदेशको समृद्धिलाई सबैले साझा विषय बनाएर काम गर्नुपर्छ’

कैलाली, ३ भदौ ।  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ले प्रदेशको समृद्धिलाई सबैले साझा विषय बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिममा मनाइने सामाजिक तथा धार्मिक पर्व ओल्के, नागपञ्चमी र गुरहीका अवसरमा आज कैलालीको धनगढीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै नागरिकको प्रतिष्ठा प्रदेशको समृद्धिसँग जोडिएकाले मिलेर काम गर्नुपर्ने बताए । मन्त्री मल्लले समाजका […]

विचारः पेसा फेरियो, दलन फेरिएन

राजेश विद्रोही नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले पुस्तौँदेखि आफ्नो श्रम, सीप र उत्पादनबाट समाजको दैनिक जीवन सञ्चालनमा सहज गरे । आज उनीहरू नै समाजमा सामाजिक सम्मान, सामूहिक अवसर र समानताबाट सबैभन्दा बढी बन्चित छन् । यतिसम्म कि उनीहरूको परम्परागत पेसा, श्रम र सीप आधुनिक बजारमा मूल्यवान् […]

यातायात ऐनका प्रावधान सच्याउन मजदुर संगठनको माग

दाङ ,२ भदौ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ का प्रावधान यातायात श्रमिक, स्वरोजगार, व्यवसायी तथा आम उपभोक्ताको हितमा हुने गरी संशोधन गर्न सरकारसँग माग गरेको छ । संगठनले तीन महले संशोधन प्रस्तावसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्रस्तावित ऐनका केही व्यवस्था […]

घुयँत्राे:काँग्रेसले घण्टी बजाइदियो, रास्वपाले दुईतिहाइमा ताण्डव देखाइदियो!

हैन ! नेपालाँ नयाँ कुराकाे बहसकाे थालनि हुन लायाेनि काँग्रेसका नेताहरु । जनता ,रास्वपाका दैनिक रुपमा हुने याैटा न याैटा ताण्डबले वाक्क दिक्क बन्दै गै राछन । दिन त रास्वपालाई दुई तिहाइ मत दिए । तर ,यस्ताे किसिमकाे सरकार र यस्ता खालका माननीय र प्रधानमन्त्री बन्न घण्टीमा मत द्या हैनम् भन्न पाे थाल्या छन त […]

सम्पादकीय  : स्थापित विधि नतोड !

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पदाधिकारी छनौंट तथा सिफारिस सम्बन्धी कार्यविधि जारी गरेको दुई दिनमै रजिस्ट्रार पदको शैक्षिक योग्यता परिवर्तन गरेको छ । यो स्थापित विधि र अभ्यासमा गम्भीर प्रश्न उठाउने विषय हो । २७ साउनमा जारी कार्यविधिमा रजिस्ट्रारका लागि चिकित्साशास्त्र, जनस्वास्थ्य, जनप्रशासन, व्यवस्थापन वा स्वास्थ्य विज्ञानमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने व्यवस्था थियो […]

विपद् न्युनिकरणमा कर्णालीको कमजोर स्थिति  पाँच वर्षमा ३९१ जनाले ज्यान गुमाए  ९० हजार नागरिक भए विस्थापित

ओम शाही सुर्खेत, १ भदौ ।  १७ कार्तिक २०८० को विनासकारी भूकम्पको धक्का व्यहोरेको जाजरकोटले पुनः प्राकृतिक विपद् व्यहोरेको छ । एक सय ५४ जनाको ज्यान जाने गरी आएको भूकम्पले दिएको आहात बिर्सन नपाउँदै पहिरोले जाजरकोटीहरुलाई अर्को नर्बिसने चोट दिएर गएको छ । भूकम्पपछिको पुनर्निर्माणमा सरकारी उपेक्षाले अस्थायी आवासमा बस्न बाध्य नागरिकलाई केही दिनअघि परेको […]

कर्णाली सरकारले जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने

सुर्खेत, १ भदौ ।  कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । प्रदेश सरकारले पहिरोबाट भएको जनधनको क्षतिको यथार्थ विवरण सङ्कलन गरी त्यसैका आधारमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका योजना र कार्यक्रम अघि बढाउने निर्णय गरेको प्रदेश सरकारका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए । उनका अनुसार पहिरामा परी […]

मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको स्थलगत निरीक्षण

कैलाली, १ भदौ ।  सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् । मुख्यमन्त्री भट्टले प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, डायलायसिस सेवा, सघन उपचार कक्ष (आइसीयू) लगायत विभिन्न वार्डको स्थलगत निरीक्षण गरेका हुन । निरीक्षणका क्रममा उनले अस्पतालको समग्र सुधारका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए । प्रदेशको स्वास्थ्य सेवा […]

‘सरकार र निजी क्षेत्रले उद्यममैत्री वातावरण बनाउनुपर्छ’ 

काठमाडौँ, १ भदौ ।  प्रतिनिधिसभा सदस्य विदुषी राणाले नेपालमा अटोमोबाइल, सूचना प्रविधि र पर्यटनजस्ता क्षेत्रमा अथाह सम्भावना रहेको बताएका छन् । नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आइतबार यहाँ आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउनेः प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा उनले नेपालका हरेक क्षेत्रमा सम्भावना भए […]