बालश्रममुक्त स्थानीय तहका लागि तोकिएको जिम्मेवारी पूरा गर्न जोड

कैलाली, ५ भदौ ।  सुदूरपश्चिम प्रदेशमा बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना तथा बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) नेपालको सहकार्यमा युवा, श्रम तथा रोजगार मन्त्रालयले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रियामा राष्ट्रिय गुरुयोजना र कार्यक्रम कार्यान्वयनका लागि तीनै तहका सरकारले तोकिएको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिइएको हो । […]

मोबाइलबाटै ओपिडी टिकट, लाइन बस्नुपर्ने बाध्यताको अन्त्य

दाङ, ५ भदौ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब मोबाइलबाटै ‘ओपिडी’ टिकट लिन सक्ने भएका छन् । सूचना प्रविधिको प्रयोग गर्दै प्रतिष्ठानले अनलाइन ओपिडी टिकट सेवा सुरु गरेको हो । प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार बिरामीले ‘राप्ती एकेडेमी हेल्थ’ वा ‘मेरो डाक्टर’ एप डाउनलोड गरी मोबाइल नम्बर र पासवर्डमार्फत […]

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके, ५ भदौ ।  बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिए । उनका अनुसार अहिले बाँकेमा छ हजार ३५२ हेक्टर […]

दश शैयाको अस्पतालमा सेवा गर्ने चिकित्सक भेटिएन

बाजुरा, ५ भदौ ।  यहाँको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । गौमुल –२ मालिवनमा निर्माण गरिएको नवनिर्मित अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले शुभारम्भ गरे । विसं २०७७ चैतमा रु १३ करोड ८४ लाख ९१ हजारमा ठेक्का सम्झौता गरी  भवन निर्माण सुरुआत गरिएको थियो । निर्माण कम्पनीले २०८१ माघमा गाउँपालिकालाई भवन […]

पहाडी क्षेत्रमा जलसञ्चयः स्थानीय विकासको आधार

डा .चेतनाथ कणेल नेपाल जलस्रोतमा धनी देश हो भन्ने कुरा हामीले पुस्तौँदेखि सुन्दै आएका छौँ तर पानीको स्रोत हुनु र आवश्यक परेका समयमा आवश्यक ठाउँमा पानी उपलब्ध हुनु एउटै कुरा होइन । पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण हाम्रो जलचक्रमा तीव्र परिवर्तन भइरहेको छ । बढ्दो तापक्रम, अनियमित वर्षा, लामो खडेरी, पानीका मुहान सुक्नेक्रम र हिमाली […]

सम्पादकीय : भेरी पम्पिङमा उल्झन आउन नदेऊ ! 

संघीयता कार्यान्वयनपछि तीनै तहका सरकारको लागत साझेदारीमा अघि बढिरहेको भेरी लिफ्ट खानेपानी आयोजना महत्वपूर्ण चरणमा पुगेका बेला यसको दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द हुनु चिन्ताको विषय हो । विश्व बैंकले विद्युतीय खरिद प्रणाली (ई–जीपी) को विश्वसनीयतामाथि प्रश्न उठाउँदै पुनः बोलपत्र आह्वान गर्न सिफारिस गरेको घटनाले एउटा खानेपानी आयोजनाको ठेक्का प्रक्रियामा मात्र होइन, सार्वजनिक खरिद प्रणालीको […]

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

दाङ ,४ भदौ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बिहिबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको अस्थायी संगठन संरचना आर्थिक वर्ष २०८३/०८४ को प्रथम चौमासिकका लागि स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा स्वास्थ्य […]

कोहलपुरमा अटो तथा ई–रिक्सा सूचीकरण अनिवार्य, नत्र सञ्चालनमा रोक

बाँके ,४ भदौ। कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका अटो तथा विद्युतीय रिक्सा (ई–रिक्सा) अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। नगरपालिकामा सूचीकरण नभएका अटो तथा ई–रिक्सालाई नगर क्षेत्रमा सञ्चालन गर्न नदिने भएको हो। नगरपालिकाले सातदिने सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र आवश्यक कागजातसहित सूचीकरण नगर्ने सवारीसाधनलाई सञ्चालनमा रोक लगाउने जनाएको छ। नगरपालिकाले अटो तथा […]

घुयँत्राे:जेनजीले भनेको कुरा गलत हो कि क्या हो, कर्णालीले त २१ दिनमै प्रमाणपत्र बुझायो !

कैले काईँ त लाग्छ जेनजी भन्या जेनजी नै हुन के ! तिनरले भन्ने गर्या ” पुराना दल र त्यसका नेताकाे कामछैन ” काे संज्ञा साच्चिकै हाे कि जस्ताेनि लाग्छ । हुन पनि कर्नालियाँ मुख्यमन्त्री नियुक्त भा आज तीनसाता नाघि सक्याे तर मुख्यमन्त्रीले मन्त्रीमण्डललाई पूर्णता दिनै सक्या छैनन् । आफू नियुक्त भाकाे २१ वाँ दिनाँ बल्लबल्ल […]

किन रद्द भयो भेरी पम्पिङ्ग  खानेपानीको दोस्रो प्याकेजको ठेक्का

ओम शाही सुर्खेत, ४ साउन । संघीयता कार्यान्वयनमा तीनै तहका सरकारको लागत साझेदारीमा निर्माणाधिन भेरी पम्पिङ उप–आयोजनाको प्याकेज–२ को जारी खरिद प्रक्रिया रद्द भएको छ । विश्व बैंकले खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनामार्फत कार्यान्वयन भइरहेको भेरी पम्पिङ खानेपानी उप–आयोजना अन्तर्गत प्याकेज–२ को विद्युतिय खरिद प्रणाली ई–गभर्मेन्ट प्रोक्युरमेन्ट (इ–जीपी) रद्द गरी पुनः बोलपत्र आह्वान […]

सम्पादकीय : जनअपेक्षा पुरा हुनेगरी काम गर !

सातापछि मन्त्रिपरिषद् विस्तार भएको छ  । मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिनुअघि एमाले र नेकपाबीच भागवण्डा टुङ्गो लागेपछि मन्त्रिपरिषद् विस्तार भएको हो । नेकपा एमालेको समर्थनमा १२ साउनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले २३ औँ दिनमा विश्वासको मत पाए । ४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २१ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री शाहीको पक्षमा […]

तीन सातापछि मिल्यो भागवण्डा मुख्यमन्त्री शाहीले  पाए विश्वासको मत 

सुर्खेत, ३ भदौ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री नेपाली कम्युनिष्ट (नेकपा) का मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियूक्त भएका शाहीले बुधबार दिउँसो ३ बजेका लागि आह्वान भएको बैठकबाट विश्वासको मत पाएका हुन् । बैठकमा ४० मध्ये सभामुख बाहेक ३६ सांसदले मतदात गरेका थिए ।  जसमा शाहीको […]

पर्यटन प्रवद्र्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

बाँके, ३ भदौ ।  जिल्लामा पर्यटन प्रवर्‌द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकासहित आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी निकुन्जको प्रचार प्रसार गरिने बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।  उनका अनुसार मङ्गलवार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले डुडुवा नाका, राँझा […]