घुयँत्राे:काण्डैकाण्डको कमिनिष्ट यात्रा : देश खोक्रो, नेता मालामाल!

याे देशका खास भष्टाचारी भनेकै कमिनिष्ट नेता हुन । जब जब कमिनिष्ट नेताहरु सत्तामा आए तब तब कर्मचारी संगठन भित्र याैटा जागिरे दलाल ग्रुप खडा गरेर खुलेआम भष्टाचारकाे जगबसाले र त्यसमा आँफुपनि डुबे अनि कर्मचारी लाई पनि डुबाए । खासगरि माधब नेपाल र वलि त भष्टाचारमा यसरी लिप्त भएकि जसका काण्ड जग्गा दलालिदेखि आैषधि दलालि […]

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

काठमाडौँ,७ भदौ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो । सहमतिअनुसार जघन्य […]

कैलालीमा चिप्लिएर झरनामा खसेका डडेल्धुराका युवक बेपत्ता

धनगढी ,७ भदौ । कैलालीको चुरे गाउँपालिका–५ स्थित सुरुगडा चिफ्ले झरनामा चिप्लिएर डडेल्धुराका एक युवक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार दिउँसो करिब ४ बजेतिर डडेल्धुराका २१ वर्षीय खगीराज पन्त झरनाबाट चिप्लिएर खसेपछि बेपत्ता भएका हुन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

साउनमा एक खर्ब ८७ अर्बको आयात, ३८ अर्बको निर्यात

काठमाडौँ, ७ भदौ ।  चालु आर्थिक वर्षको साउनमा रु एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको  हो । गत आवको साउनमा रु एक खर्ब […]

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

बैतडी, ७ भदौ ।  बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । “गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पुर्‍यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ,” मीनाले भने […]

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ, ७ भदौ ।  बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यृु भएको छ । गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका छन् । ती घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका […]

जलवायु तथा विपद् व्यवस्थापन न्यूनीकरणसम्बन्धी तालिम 

भेरीगंगा, ६ भदौं । सहकर्मी समाजको आयोजना तथा भेरीगंगा नगरपालिकाको समन्वय र सहकार्यमा जलवायु तथा विपद् व्यवस्थापन न्यूनीकरणसम्बन्धी तीन दिने आधारभूत तालिम सम्पन्न भएको छ। तालिम भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको हो । भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा सञ्चालन भएको तालिममा नगरपालिका अन्तर्गतका १३ वटै वडाबाट छनोट भएका २६ जना युवा […]

‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको 

काठमाडाँै, ७ भदौ ।  विश्वव्यापी जलवायु परिवर्तनशीलताको प्रमुख चालकका रूपमा रहेको ‘सुपर एल निनो’का नेपालमा सम्भावित जोखिमबाट ऊर्जा सङ्कट देखिन सक्ने जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।  ‘सुपर एल निनो’का कारण तापक्रम बढ्ने, खडेरीको सम्भावना रहने र यसले पानीको स्रोतमा समेत कमी ल्याउँदा ऊर्जा क्षेत्र सहित समग्र सामाजिक–आर्थिक प्रणालीमा उल्लेख्य प्रभाव पार्न सक्ने जनाइएको […]

जनहितकारी साकोसको एकदिवसीय सहकारी शिक्षा शिविर सम्पन्न

सुर्खेत, ७ भदौ। जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुर्खेतको शिक्षा उपसमितिको आयोजनामा नयाँ तथा पुराना शेयर सदस्यहरूलाई लक्षित गरी एकदिवसीय सहकारी शिक्षा शिविर सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नवराज कंडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रमको ब्यानर वाचन गरी गरिएको थियो। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण रावल, नायव प्रमुख कार्यकारी अधिकृत […]

सुन्दर नेपाल संस्थाको ३०औँ साधारणसभा सम्पन्न, तीन दशकमा चार प्रदेशका २८ जिल्लामा कार्यविस्तार

सुर्खेत,७ भदौ । सुन्दर नेपाल संस्थाको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। ‘सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना, समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना’ भन्ने नाराका साथ साधारणसभा सम्पन्न भएको हो। तीन दशकदेखि सामाजिक विकासका विभिन्न क्षेत्रमा क्रियाशील संस्थाले कृषि, स्वास्थ्य, शिक्षा, वन तथा वातावरण, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, संस्थागत सुशासन, जलवायु अनुकूलन […]

मलामी खोज्नुपर्ने अवस्थामा पुगे गाउँ 

कुुलेन्द्र शाही सुर्खेत, ७ भदौ । केही समयअघि जाजरकोटको शिवालय गाउँपालिका–३ की ओढ कामीको मृत्यु भयो । परिवार शोकमा थियो । तर, मृत्युपछिको शोकसँगै परिवारले अर्को कठिनाइ बेहोर्नुपर्‍यो—अन्तिम संस्कारका लागि शव मसानघाटसम्म लैजान मलामी जुटाउनै मुस्किल भयो । गाउँमा काम गर्ने उमेरका पुरुषको संख्या घट्दै गएपछि परिवार र छिमेकीले निकै सास्ती खेप्नुपर्‍यो । अन्ततः गाउँमा […]

सम्पादकीय : विपद् पीडितलाई आहात नदेऊ !

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङकी सपना वलीको परिवार अहिले त्रिपालमुनि रात कटाइरहेको छ । १० जनाको परिवार बस्दै आएको घर र जग्गा साउन ३० गतेको अविरल वर्षापछि आएको पहिरोले बगाएपछि उनीहरूको ओत लाग्ने ठाउँसमेत खोसिएको छ । दुई वर्षअघि गएको भूकम्पले घर चर्किएपछि अस्थायी बसोबासमा पुगेको परिवारलाई पहिरोले फेरि शून्यमा पुर्‍याएको छ । सपना वलीको पीडा […]

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

बाँके ,६ भदौ । बैजनाथ गाउँपालिकाले किशोरीमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालयस्तरमा स्वास्थ्यकर्मीको टोली खटाएर छात्राको रगतमा हेमोग्लोबिनको मात्रा परीक्षण गर्ने र आवश्यक परामर्श तथा उपचार दिने नमुना अभियान थालेको हो । गाउँपालिका उपाध्यक्ष निर्मला रोकायका अनुसार मातृ मृत्युदर घटाउने […]