जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला, १० भदौ ।  जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन हुने भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यान्वयन एकाइ सुर्खेतले चालु आर्थिक वर्षमा जुम्लासहित कर्णालीका नौ जिल्लामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । जुम्लाको हिमाली, सिञ्जा […]

दरबन्दी र बजेट अभावमा जिल्ला अस्पताल कालिकोटको सेवा प्रभावित

कालीकोट, १० भदौं । ​ जिल्ला अस्पताल कालीकोटले पहिलोपटक दरबन्दी अनुसार कार्यालय प्रमुख पाए पनि अस्पतालमा आवश्यक चिकित्सक, विशेषज्ञ तथा स्वास्थ्य जनशक्तिको अभावका कारण प्रभावकारी सेवा प्रवाहमा चुनौती कायमै रहेको छ । अस्पतालमा मेडिकल अधिकृतको दरबन्दी चार जना रहेकोमा एक जना मात्र कार्यारत छन । । बाँकी सीमित मेडिकल अधिकृतबाट मात्रै सेवा सञ्चालन गर्नुपर्ने भएकाले […]

राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल  सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

दाङ, १० भदौ ।  नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्र्रहरूले आर्थिक वर्ष २०८२/०८३ मा ३ लाख ३८ हजार ९२८ जनालाई आँखा उपचार सेवा प्रदान गरेका छन् । यस अवधिमा १४ हजार ४७७ जनाको मोतियाबिन्दुको शल्यक्रिया तथा तीन हजार ६५५ जनाको अन्य आँखासम्बन्धी शल्यक्रिया गरी कूल १८ […]

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता 

बैतडी, १० भदौ ।  बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत उनीहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिने भएको हो । उमेर पुगेका तर शारीरिक अशक्तता तथा अपाङ्गताका कारण नागरिकताबाट बञ्चित व्यक्तिलाई घरमै पुगेर नागरिकता दिने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताए […]

पूर्पक्षका लागि नायब सुब्बा थुनामा

सुर्खेत, १० भदौ ।  एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा मृत भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको मृत्यु प्रकरणमा जोडिएका नायब सुब्बा कविलाल बिसीलाई जिल्ला अदालत सुर्खेतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।  अदालतका न्यायाधीश नरेन्द्रबहादुर बुढाको एकल इजलासले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा बि.सी.लाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी […]

पाथिभरा माता भनेर चिनिने  युवक पुर्पक्षका लागि थुनामा 

सुर्खेत, १० भदौ ।  आफूलाई पाथिभरा माता भनेर चिनाउने सुर्खेतका समीर थापालाई जिल्ला अदालत सुर्खेतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई कारागार चलान गर्न र घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।  झारफुक तथा हेराई–मनाई […]

मेहनत र आम्दानी दुवै गाउँमै

बैतडी,१० भदौ ।  यहाँको पाटन नगरपालिका–१० हतासका मदनराज भट्टको मुख्य आम्दानीको स्रोत बनेको छ, फलफूल र तरकारी खेती । घरका लागि मात्रै तरकारी उत्पादन गर्दै आएका भट्ट एक दशकयता व्यावसायिक रुपमा सक्रिय छन् ।  उत्पादन राम्रो हुने र बजारको समस्या नभएकाले भट्ट परिवार नै पूर्ण रुपमा कृषि पेसामा आबद्ध छन् । “श्रीमती र दुई छोरासहित […]

भूकम्पको घाउ निको नहुँदै पहिरोको बितण्डा विस्थापनको संघारमा तीन सय बढी घरधुरी

ओम शाही सुर्खेत, १० भदौ । जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ गाउँकी ६२ वर्षीया धनसरी कामीका दैनिकी ३० साउनयता असामान्य छन् । उनी बिहानको झिसमिसे उज्यालोमै सरकारले राहतस्वरूप दिएको सेल्टरबाट निस्कन्छिन् । उनको यात्रा अन्यत्र होइन, नजिकै रहेको आफ्नै घरतर्फ हुन्छ । १७ कात्तिक २०८० को भूकम्पले बस्न नमिल्ने गरी घर चर्किएपछि उनको परिवार अस्थायी टहरामा […]

सम्पादकीय : प्रदेश संरचनालाई कमजोर हुन नदेऊ !

कर्णाली प्रदेश सरकार गठन भएको चार हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्नु सामान्य राजनीतिक ढिलाइ होइन, संघीयताको अभ्यासप्रतिको गम्भीर प्रश्न हो । सरकारको नेतृत्व गरिरहेको दलभित्रै मन्त्री छनोटमा सहमति जुट्न नसक्दा प्रदेश सरकार सञ्चालन प्रभावित भएको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीले १२ साउनमा पद सम्हालेको २८ दिन बितिसक्दा पनि आफ्नै दलबाट मन्त्री छनोट गर्न […]

मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बलियो बनाउने मुख्यमन्त्री आचार्यको विश्वास

दाङ ,१० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भाइचारा, शान्ति र मानवकल्याणको भावना अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । मोहम्मद जयन्तीको अवसरमा बुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले उक्त विश्वास व्यक्त गर्नुभएको हो । उहाँले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएको […]

प्रदेश–स्थानीय अन्तरसम्बन्ध सुदृढीकरण र स्थानीय शासन सबलीकरणमा जोड

सुर्खेत, ९ भदाै । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ, नेपालले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमक्ष प्रदेश तथा स्थानीय सरकारबीचको अन्तरसम्बन्ध सुदृढीकरण, स्थानीय शासन सबलीकरण तथा स्थानीय सरकारका समसामयिक समस्या समाधानका लागि विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ। मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तअनुसार प्रदेश र स्थानीय सरकारबीचको सम्बन्धलाई निर्देशनमुखी नभई साझेदारी […]

लुम्बिनीका करिब १२ सय पत्रकारको दुर्घटना बीमा हुँदै, पत्रकारिता छात्रवृत्तिको समेत तयारी

दाङ ,९ भदौ। लुम्बिनी प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेशका करिब १२ सय पत्रकारको दुर्घटना बीमा गर्ने तयारी गरेको छ। पत्रकारको पेशागत सुरक्षा र कल्याणलाई ध्यानमा राख्दै प्रदेशका १२ वटै जिल्लाका पत्रकारको दुर्घटना बीमा गर्ने विषयमा छलफल अघि बढाइएको हो। लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले मंगलबार नेपाल पत्रकार महासंघलगायत पत्रकारसँग सम्बन्धित […]

लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीले लिए शपथ

रुपन्देही ,९ भदौ । लुम्बिनी प्रदेश सरकारका तीन जना नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष बुटवलमा नवनियुक्त स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री […]