उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके, ११ भदौ ।  भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै बजार लिन सफल भएको छ । भारतीय स्याउको तुलनामा कर्णाली प्रदेशको जुम्ला, कालीकोट, हुम्ला र मुगुमा फलेका स्वादिष्ट स्याउ उपभोक्ताको रोजाइमा परेको नेपालगञ्जका थोक फलफूल व्यवसायी प्रेमलाल साहुले बताए ।  “बाँकेको नेपालगञ्ज,कोहलपुर, दाङको तुलसीपुर, घोराही, लमहीमा मुख्य फलफूल बजारदेखि गल्ली–गल्लीका […]

अकाल्पनिक भोटेकोशीको  बाढीले अतुलनिय जनधनको क्षति

सुर्खेत, ११ भदौं । रसुवावासीले बुधबार बिहान भोटेकोशीमा यति ठूलो बाढी आउला भन्ने कल्पना पनि गरेका थिएनन् । मंगलबार दिउँसो र राति सदरमुकाम धुन्चे वा भोटेकोशीको सिरान क्षेत्रमा उल्लेख्य वर्षा भएको थिएन । त्यसैले स्थानीय प्रशासनले पनि सम्भावित बाढीबारे कुनै सूचना वा सतर्कता जारी गरेको थिएन ।  बुधबार बिहान उज्यालो भइसकेपछि पनि भोटेकोशी सामान्य अवस्थामै […]

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

काठमाडौं ,१०भदौ। रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन् । नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् । प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ […]

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

दाङ ,१० भदौ। लुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्ज र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबीच सम्झौता गरी दुर्घटना बीमा गरिएको […]

घुयँत्राे:एक महिना पुग्न लाग्दा पनि कर्णाली सरकार अधुरै, मन्त्री खोज्दै मुख्यमन्त्रीको दौडधुप !

हैन ! के भा हुन कर्नालिका मुख्यमन्त्री ? बल्लबल्ल एमालेहरलाई सरकाराँ मिसाएछि अब प्रदेश सरकार राम्ररी चल्छ कि भन्या त फेरि माओवादि अर्थात आफ्नै दलबाट मन्त्री बनाएर सपथग्रहणका लागि समय ताेकेर निम्ता समेत पठाई सक्दानि सपथग्रहण गराउन नसकेर कार्यक्रम नै ढिसमिस बनाए त हँ मुख्यमन्त्रीले त ! हैन यिनी ( मुख्यमन्त्री मंगल शाहि) त माओवादि […]

कर्णालीमा भारी वर्षाकाे सम्भावना : कर्मचारीलाई विदामा नबस्नदेखि तिर्थयात्रीलाई सतर्क रहन सरकारकाे आग्रह

सुर्खेत, १० भदौ । कर्णाली प्रदेश सरकारले देशका विभिन्न क्षेत्रमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै प्रदेशभर उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको विपद् व्यवस्थापन समन्वयात्मक बैठकले विपद्को जोखिम कायम रहेकाले कार्यालय प्रमुख तथा जिम्मेवार कर्मचारीलाई अत्यावश्यक कामबाहेक विदामा नबस्न निर्देशन दिएको छ । अत्यावश्यक […]

बाढीपीडितको उद्धार र राहतमा सहयोग गर्न मुख्यमन्त्री आचार्यको अपिल

दाङ ,१० भदौ । रसुवा, नुवाकोट र धादिङमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित सबै निकायलाई आग्रह गर्नुभएको छ । बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले बुधबार जारी गर्नुभएको वक्तव्यमा बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । […]

वायु प्रदूषण नियन्त्रणमा कडाइ गर्छौँ: मुख्यमन्त्री आचार्य

दाङ ,१० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वायु प्रदूषण नियन्त्रणका लागि उद्योग, सवारीसाधन तथा विकास निर्माणका क्षेत्रमा तोकिएका मापदण्डको कडाइका साथ कार्यान्वयन गरिने बताउनुभएको छ । वातावरण विभागको आयोजना तथा एफएचआई ३६० को सहकार्यमा बुधबार लमहीमा आयोजित ‘वायु गुणस्तर तथा प्रदूषण नियन्त्रण प्रदेशस्तरीय परामर्श कार्यशाला, २०८३’ मा बोल्दै मुख्यमन्त्री आचार्यले वायु प्रदूषण नियन्त्रण […]

रसुवाको बाढीपछि नारायणी नदि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यकाे अपिल

दाङ ,१० भदौ। रसुवामा आएको अचानकको बाढीका कारण त्यसको प्रभाव लुम्बिनी प्रदेशको नारायणी नदीमा समेत पर्न सक्ने भएकाले नवलपरासी पश्चिमको सुस्तासहित नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री चेतनारायण आचार्यले अपिल गर्नुभएको छ । रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने र त्यसबाट नवलपरासी पश्चिमको सुस्ता क्षेत्रसमेत प्रभावित हुन सक्ने जोखिमलाई […]

६९ हजार ९९९ रुपैयाँमा मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा

काठमाडौं ,१० भदौ । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । मोटोरोला र चौधरी ग्रुपको सहकार्यमा ललितपुरस्थित लबिम मलको क्यूएफएक्स सिनेमाजमा विशेष कार्यक्रम आयोजना गरी नयाँ स्मार्टफोन सार्वजनिक गरिएको हो । मोटोरोला कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एस.सी. साबुले संयुक्त रूपमा स्मार्टफोन सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा […]

बाढीमा परेका १ सय १४ जनाको उद्धार

काठमाडौं ,१० भदौ। रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीमा परेका ११४ जनाको उद्वार गरिएको छ । नेपाली सेना र निजीक्षेत्रका हेलिकप्टरले ११४ जनाको हवाई उद्धार गरेका हुन् । नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजीक्षेत्रका विभिन्न हेलिकोप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् । नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, […]

रसुवा बाढी : मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं,१० भदौ रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ। हालसम्म २२ जनाको शव फेला परेको हो । मृत्यु हुनेमा ११ जना पुरुष र ९ जना महिला छन्।

नेपालगन्जमा स्पा सञ्चालक पक्राउ

बाँके, १० भदौ । प्रहरीले नेपालगन्जमा सञ्चालित दुई स्पाका तीन सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा एक भारतीय नागरिकसहित तीन नेपाली छन् । नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु र नेपालगन्ज उपमहानगरपालिका–२ का रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन् । जिल्ला […]