बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा, १२ भदौ ।  धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा आज मुख्य पूजा तथा मेला सुरु भएको छ । यहाँ हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने परम्परा छ । बडीमालिकामा मुख्य मेला शुक्रबार भएपनि दर्शनार्थीहरुको चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि पूजा प्रारम्भ गरिएको बडीमालिका मन्दिरका पुजारी […]

सम्पादकीय : रसुवाको बाढीले दिएको चेतावनी

रसुवामा बुधबार बिहान भोटेकोशीमा आएको भीषण बाढीले विपद् व्यवस्थापनमा हाम्रो तयारी र पूर्वसूचना प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । मंगलबार रातीसम्म सदरमुकाम धुन्चे र भोटेकोसीको सिरान क्षेत्रमा उल्लेख्य बर्षा नभएकाले स्थानीयले ठूलो बाढीको कल्पना गरेका थिएनन् । बिहान करिब पौने ९ बजे एक्कासी कालो मुस्लोसहित ढुंगा, माटो र रुखका ठुटा बगाउँदै आएको बाढीले केही क्षणमै […]

रसुवा विपद्: लुम्बिनीका ९७ जना अझै सम्पर्कविहीन

दाङ ,११ भदौ । रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन रहेका छन् । सुरुमा सम्पर्कबाहिर रहेका १०१ जनामध्ये चार जना परिवारको सम्पर्कमा आएका छन् । लुम्बिनी प्रदेश सरकारका अनुसार रसुवा विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको […]

पदभार ग्रहणलगत्तै मन्त्री खड्काको पहिलो हस्ताक्षर, घर–गोठका लागि काठ ओसारपसारमा सहजता

प्रभुराम पाण्डे सुर्खेत ,११ भदौ। कर्णाली प्रदेशकी नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले पदभार ग्रहणलगत्तै आफ्नो पहिलो निर्णयका रूपमा घर तथा गोठ निर्माणका लागि आवश्यक काठको ओसारपसारसम्बन्धी मापदण्ड निर्माण प्रक्रिया अघि बढाउनुभएको छ। मन्त्री खड्काले निर्णयपत्रमा हस्ताक्षर गर्दै यससम्बन्धी आवश्यक मापदण्ड तयार पार्न समिति गठन गर्ने निर्णय गर्नुभएको हो। प्रदेश सरकारमा नयाँ […]

सहिदको आशीर्वाद लिएर काममा जुटे कर्णालीका नवनियुक्त मन्त्री

सुर्खेत ,११ भदौ। कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहणलगत्तै सहिद पार्क पुगेर राष्ट्र र जनताको हितका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय कल्याणी खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय जुम्कित लामाले सहिद पार्कमा रहेको सहिद स्मारकमा माल्यार्पण गर्दै […]

रसुवा विपद्: लुम्बिनीका ९७ जना अझै सम्पर्कविहीन

दाङ ,११ भदौ । रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन रहेका छन् । सुरुमा सम्पर्कबाहिर रहेका १०१ जनामध्ये चार जना परिवारको सम्पर्कमा आएका छन् । लुम्बिनी प्रदेश सरकारका अनुसार रसुवा विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको […]

घुयँत्राे:हिजो मन्त्रालय थपेर पालिएका कर्मचारी, आज मन्त्रालय घटेपछि ‘घर जाने कि दुर्गम?’

ऐले कर्मचारी प्रशासनमा भागाभाग मच्चिएकाेछ । हिजाेदेखिनै ठगेर खाने बानि परेका कर्मचारी ऐले बालेन सरकार आएछि अफिस टाईममा खटेर काम गर्नु पर्ने र काममा छलछाम गर्ने बित्तिकै कि घरतिर कि दुर्गमतिर जानु पर्ने भएछि विशेषगरि उपत्यका भित्रका कर्मचारीकाे भागदाैड मच्चिएकाे हाे । हिजाेका दिनमा काँग्रेस हुन वा कमिनिष्ट कार्यकर्ताका लागि भागबण्डाकाे राजनीति गर्न २८ बटासम्म […]

भोटेकोशी बाढीपीडितका लागि महावै गाउँपालिकाले २ लाख सहयोग गर्ने

हस्त चाैलागाईं कालिकाेट ,११ भदौ । रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति महावै गाउँपालिकाले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। महावै गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिमा बाढी तथा पहिरोका कारण ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त […]

नगरेको गल्तीको सजाय भोग्दै मुस्ताङवासी

– मोहनसिंह लालचन मुस्ताङ नेपालको उच्च हिमाली तथा ट्रान्स–हिमालय क्षेत्रमा पर्ने भएकाले जलवायु परिवर्तनका प्रभावप्रति अत्यन्त संवेदनशील अवस्थाबाट गुज्रिदैछ । यहाँ तापक्रम वृद्धि, वर्षा र हिमपातको स्वरूपमा परिवर्तन, हिमनदी तथा हिउँ पग्लिने क्रम, पानीका स्रोतमा परिवर्तन र चरम मौसमी घटनाले कृषि, पशुपालन, जैविक विविधता र स्थानीय जनजीवनमा प्रभाव पारिरहेका छन् । मुस्ताङमा जलवायु परिवर्तन केवल […]

जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र 

म्याग्दी, ११ भदौ ।  यहाँको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र गरिने  भएको छ । रघुगङ्गा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूको सहयोगमा कालीगण्डकी करिडोरको घुमाउने तालदेखि पिप्ले हुँदै पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र गर्न लागिएको हो ।  दुई दशकअघि मार्ग खुलेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्र योजना सुरु भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले […]

नेपाल टेलिकमद्वारा बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा

काठमाडौँ, ११ भदौ ।  नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।   सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट प्रभावित क्षेत्रका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दाका लागि […]

कोप–३१ : कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

काठमाडौँ, ११ भदौ ।  संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म हुँदैछ । सम्मेलनको मुख्य आयोजक राष्ट्र टर्किए रहेको छ । शिखर सम्मेलनलगायत अधिकांश महत्वपूर्ण कार्यक्रम पनि टर्किएको अन्ताल्यास्थित अन्ताल्या एक्स्पो सेन्टरमा हुनेछन् । त्यस्तै कोप–३१ को अध्यक्षता टर्किएका पर्यावरण, शहरीकरण तथा जलवायु परिवर्तन […]

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर, ११ भदौ ।  कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला केही वर्षयता यो नाका भएर नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ ।  उनका अनुसार गत आर्थिक वर्षमा एक हजार ७५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन । यस्तै, रु एक […]