अधिकृतहरुको ३६ औं ब्याचद्वारा बाढीपीडितलाई सहयोग

सुर्खेत, १६ भदौ ।  नेपाल सरकारका अधिकृतहरुको ३६ औं ब्याचले रसुवा बाढीपीडितका लागि तीन लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुका लागि अधिकृतहरुको ३६ औं ब्याचले तीन लाख ३४ हजार आठ सय २३ रुपैयाँ सहयोग गरेको हो । संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा […]

सुरुङ उद्धारमा सरकारको चरम उपेक्षा आठ सय ९४ जनाको  अवस्था अझै अज्ञात

सुर्खेत ,१६ भदौ ।  रसुवास्थित भोटेकोसी नदीमा १० भदौमा अएको विनासकारी भिषण बाढीपछि जलविद्युत आयोजनामा फसेका व्यक्तिहरुको उद्धार कार्य जारी राखिएको छ । तर, बाढी आएको एक सातासम्म पनि हाइड्रोपावरका सुरुङमा फसेकाहरुको उद्धारमा प्रगति हुन सकेको छैन । ढिलो गरी सुरु भएको उद्धार कार्यमा नेपाली सेनासँगै भारतीय र चिनियाँ सुरुङ उद्धारकर्मी संलग्न छन् । छिमेकी […]

सम्पादकीय : वित्तीय अनुशासनको पालना गर

कर्णाली प्रदेश सरकारको वित्तीय व्यवस्थापनमाथि महालेखा परीक्षकका प्रतिवेदनले हरेक वर्ष प्रश्न उठाउँदै आएका छन् । समस्या नयाँ होइनन्, समाधान पनि अपरिचित छैन । तर, विडम्बना महालेखाले वर्षौँदेखि औँल्याउँदै आएका कैफियतहरू सुधार हुनुको साटो फेरि–फेरि दोहोरिइरहेका छन् । यसले प्रदेश सरकारको वित्तीय अनुशासन र प्रशासनिक जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ । परामर्श सेवा खरिद यसको […]

पहिरोले लुम्बिनी–रारा राजमार्ग अवरुद्ध, कुशे जाने–आउने यातायात ठप्प

जाजरकोट ,१६ भदौ । शनिबार रातिदेखि परेको अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा ठूलो पहिरो खस्दा लुम्बिनी–रारा राजमार्ग अवरुद्ध भएको छ। सडक माथिबाट खसेको ठूलो पहिरोले राजमार्ग पूर्ण रूपमा बन्द भएपछि यातायात सेवा प्रभावित भएको हो। राजमार्ग अवरुद्ध हुँदा रिसाङ हुँदै कुशे गाउँपालिकातर्फ जाने तथा आउने सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सडक बन्द भएपछि यात्रु […]

मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीदेखि कर्मचारीसम्मको तलब बाढीपीडितका लागि सहयोग

सुर्खेत  ,१५ भदौ । मध्यपश्चिम विश्वविद्यालयले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ। विश्वविद्यालयका कार्यकारी परिषद्को भदौ १५ गते बसेको बैठकको निर्णयअनुसार विश्वविद्यालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको मासिक तलब/पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार […]

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने

दाङ ,१५ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् । रसुवा लगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिपछि विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले मुख्यमन्त्री र मन्त्रीहरूले १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन् । मुख्यमन्त्री […]

‘विपद् अझैं टरेको छैन, उच्च सतर्कता अपनाऔं’:मुख्यमन्त्री आचार्य

दाङ ,१५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवामा आएको बाढीमा परेर लुम्बिनी प्रदेशका नागरिक धेरै पीडित भएको बताउँदै तीन तहका सरकार मिलेर पीडित परिवारमा मल्हम लगाउने काम गरिने बताउनुभएको छ । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयमा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को १६औँ बैठकले रसुवाको बाढीबाट प्रभावित लुम्बिनीका नागरिकले भोग्नुपरेको समस्यामा […]

भोटेकोशी बाढीपीडितलाई जनहितकारी सहकारीको एक लाख एक हजार सहयोग

सुर्खेत ,१५ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वीरेन्द्रनगरस्थित जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गर्ने भएको छ। संस्थाले सोमबार सार्वजनिक गरेको अपिल तथा सहयोग प्रतिबद्धतामार्फत बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खालगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख […]

रसुवा बाढीपीडितका लागि वीरेन्द्रनगर बचत तथा ऋण सहकारीको १ लाख १ हजार सहयोग

सुर्खेत ,१५ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। सहकारीले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो। सहकारीका […]

घुयँत्राे:‘सरकारको आलोचना गरे टिमुरे सरुवा’: निरौलाले पाए सामाजिक सञ्जाल पोस्टको ‘सरकारी उपहार’!

काेशी प्रदेशका सचिव काेषहरि निराैला ऐले खुब चर्चाँ छन । अँझ सामाजिक सन्जालकाे भाषाँ भन्ने हाे भने खुब भाईरल भा छन । उनले लास र बिगतकाे अनुभव सुनाएर सामाजिक सन्जालाँ याैटा अनुभव के पाेष्ट्याथे ! बस,सरकारका सल्लाहकारले सामान्य प्रशासन मन्त्री काँ जाहेरी गरि हालेछन । हुन त सल्लाहकारकाे कामै त्यै हाे । सरकारकाे बिराेध हुन […]

विपद्को शृङ्खला रोक्न पूर्वतयारीमा जोड : नेपालमा ‘क्यास्केडिङ डिजास्टर’को बढ्दो जोखिम

राष्काेट-८, कालिकाेट,१५ भदौ। नेपालमा विपद्लाई अब एउटा छुट्टाछुट्टै घटनाका रूपमा मात्र हेरेर पुग्दैन। एउटा प्राकृतिक विपद्ले अर्को विपद् निम्त्याउँदै जाने ‘शृङ्खलाबद्ध विपद्’ (Cascading Disaster) को जोखिमलाई समेत केन्द्रमा राखेर पूर्वतयारी र जोखिम न्यूनीकरणको रणनीति बनाउनुपर्ने आवश्यकता बढ्दै गएको छ। नेपाल भौगोलिक रूपमा अत्यन्त विविध र संवेदनशील मुलुक हो। हिमालदेखि तराईसम्म फैलिएको भू–बनोट, सक्रिय भूकम्पीय क्षेत्र, […]

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन 

काठमाडौँ, १५ भदौ ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा गएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको हो । बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर […]

तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउखेती

जुम्ला, १५ भदौ ।  जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा सामूहिक रूपमा स्याउखेती गरिएको छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले तातोपानीको बाँजारावलमा रहेको स्याउ बगैँचा जिल्लाकै नमूना बगैँचा भएको बताए ।  यहाँका करिब ५२ किसान मिलेर सामूहिक रूपमा स्याउखेती गरेका छन् । यो वर्षमात्र छ हजार ५०० बिरुवाले फल […]