गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन

काठमाडौँ, १८ भदौ ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुठी संस्थान, सञ्चालक समितिको अध्यक्ष पदमा संस्कृतिविद् डा गोविन्द टण्डनलाई नियुक्त गरेको छ ।  गुठी संस्थान ऐन, २०३३ को दफा ९ उपदफा १ को खण्ड (क) बमोजिम मन्त्री प्रतिभा रावलले आगामी तीन वर्षका लागि उनलाई अध्यक्ष पदमा नियुक्त गर्नुभएको मन्त्रालयका सचिव मदन […]

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ, १८ भदौ ।  रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले रू. दुई करोड ५० लाख आर्थिक सहयोग गरेको छ । कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । कोष सञ्चालक समितिका अध्यक्ष […]

कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङ र बाइपास सडकको अध्ययन गरिने

काठमाडौँ, १८ भदौ ।  कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ । यस्तै,  दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सडकको विकल्पमा अध्ययन हुनेछ ।  भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विविध उपायका बारेमा छलफल भएको जानकारी दिए । मन्त्रालयमा बसेको बैठकले […]

भोटेकाशी बाढी र जलवायु सङ्कटबारे विज्ञहरूसँग छलफल

काठमाडौँ, १८  भदौ ।  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको समुपस्थितिमा जलवायु विज्ञहरूसँग भोटेकोशी नदीमा आएको विनासकारी बाढी र जलवायु सङ्कटका विषयमा छलफल भएको छ ।  मन्त्रालयमा मंगलबार भएको छलफलले जलवायु परिवर्तनका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्दै अन्तरराष्ट्रिय मञ्चमा नेपालको बलियो उपस्थिति र दाबी प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ । सो अवसरमा मन्त्री चौधरीले जलवायु न्यायलाई […]

अमेरिकी सरकारद्वारा ४० टन आपत्कालिन राहत सामग्री सहयोग

काठमाडौँ, १८ भदौ ।  संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी विनाशकारी बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग पुर्‍याउन ४० टनभन्दा बढी आपत्‌कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ ।  उक्त सामग्रीमा बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थाहरूमार्फत दुई हजार ६०० परिवारलाई सहयोग पुर्‍याउन पर्याप्त पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्तीहरू समावेश रहेका […]

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

बाँके, १८ भदौ । बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । अभियानअन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले जानकारी दिए ।  उनका अनुसार खोप अभियानको सुरुआत जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ । विशेषगरी, कक्षा ६ […]

चीनबाट आयो राहत सामग्रीको दोस्रो खेप 

काठमाडौँ, १८ भदौ ।  चीनबाट सहयोगस्वरुप उपलब्ध गराइएको आपत्‌कालीन राहत सामग्रीको दोस्रो खेप आइपुगेको छ । चिनियाँ जनमुक्ति सेना (पिएलए)को वायुसेनाको विमानमार्फत उक्त राहत सामग्री काठमाडौँ आइपुगेको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । चिनियाँ सहयोगी विशेषज्ञका रूपमा पाँच जना ‘डिएनए’ पहिचान विशेषज्ञ पनि सोही उडानमार्फत नेपाल आएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विज्ञान, प्रविधि तथा […]

चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत 

हुम्ला, १८ भदौ ।  भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका लागि हुम्लाको चङ्खेली गाउँपालिकाका जनप्रतिनिधिले आफ्‌नो पारिश्रमिकबाट सहयोग गर्ने निर्णय गरेको छ । रसुवाको टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पु‍र्याएको घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्मा परेका नागरिकको सहयोगका लागि यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए […]

डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग

जुम्ला, १८ भदौ ।  रसुवा बाढी प्रभावितलाई डोल्पाका तीन स्थानीय तहले उद्धार, राहत तथा पुनःस्थापनाका लागि रुपाँच लाख ५० हजार आर्थिक सहयोग गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले रु दुई लाख, छार्का ताङसोङ गाउँपालिकाले रु दुई लाख र शे–फोक्सुण्डो गाउँपालिकाले रु एक लाख ५० हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख […]

विचार : विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य 

खुम सुवेदी प्राकृतिक विपत्तिका अगाडि मानिस निसहाय बन्छ, तर उसको अदम्य साहस, संयम र पुनरुत्थानको चेतना कहिल्यै पराजित हुँदैन । प्रकृतिको अनुपम वरदान, हिमशृङ्खलाहरूको काख र अद्वितीय संस्कृतिको धनी हाम्रो देश आज फेरि एकपटक प्रकृतिको कठोर परीक्षाबाट गुजरिरहेको छ । अविरल वर्षा, विनाशकारी बाढी र पहिरोका कारण रसुवागढी, नुवाकोट, धादिङ तथा मुग्लिन–काठमाडौँ जोड्ने मुख्य सडक […]

भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै 

बाँके १८ भदौ ।  भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले रु पाँच लाख ६० हजार सहयोग गर्ने निर्णय गरेको छ । सङ्घका नवनिर्वाचित अध्यक्ष चिरन्जीवी ओलीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि सङ्घका नवनिर्वाचित पदाधिकारी र कर्मचारीहरूबाट रु पाँच लाख ६० हजार सङ्कलन गरिएको जानकारी दिए ।  उनले बाढीपीडितलाई सहयोग […]

कर्णालीमा बजेट खर्चको असारे रोग :नौ महिनासम्म सुस्त, अन्तिम त्रैमासिकमा एकतिहाइ बढी बजेट कार्यान्वयन

ओम शाही  सुर्खेत, १८ भदौ । कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन पछिल्ला वर्षहरुमा अन्तिम त्रैमासिक अवधिमा खर्च हुने प्रवृत्ति बढ्दै गएको छ । यतिसम्म कि गत आर्थिक वर्ष २०८२/०८३ को साउनमा कुल पुँजीगत बजेट कार्यान्वयन ०.००२ प्रतिशत खर्च भएकोमा चैत मसान्तसम्म नौ महिनाको अवधिमा १७.१६ प्रतिशत खर्च हुँदा असार महिनामा मात्रै कुल पुँजीगत बजेटको २२.८० […]

सम्पादकीय : विषादी परिक्षणको दायरा बढाऊ

कर्णाली प्रदेश सरकारले छ वर्षअघि निर्माण गरेको विषादी परीक्षण प्रयोगशाला बल्ल सञ्चालनमा ल्याएको छ । सुर्खेतको हर्रेमा मंगलबार विषादी अन्वेषण द्रुत विश्लेषण एकाई स्थापना भएसँगै प्रदेशमा भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने बाटो खुलेको छ । यो निर्णय स्वागतयोग्य भए पनि करोडौं रुपैयाँ खर्चेर बनाइएका संरचना सञ्चालन गर्न सरकारलाई ६ वर्ष लाग्नु आफैंमा […]