वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ: मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम ,१६ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा पहिरोका कारण वेपत्ता भएका नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्ने बताएका छन् । रोजगारीका लागि बाहिर गएका नागरिक विपत्तिमा परेपछि परिवार नै अलपत्र पर्ने अवस्था रहेकाले संघ, प्रदेश र स्थानीय सरकारले उनीहरूलाई आवश्यक साथ र सहयोग गर्नेगरी भूमिका निर्वाह गर्ने बताएका हुन । […]

रसुवा बाढीमा बेपत्ता कोहलपुरका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार मोहननाथ योगीको खोजी गर्न परिवारको आग्रह

सरला सुवेदी  बाँके ,१६ भदौ । रसुवामा आएको भीषण बाढीका क्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार मोहननाथ योगी बेपत्ता भएपछि परिवारले उहाँको खोजी गरिदिन आग्रह गरेको छ। कोहलपुर नगरपालिका–१२, चप्परगौडीस्थित ज्ञानज्योति टोल निवासी योगी रसुवाको टिमुरे बीओपीअन्तर्गत चीनतर्फको भन्सार नाका जोड्ने मितेरी पुलमा कार्यरत हुनुहुन्थ्यो। उहाँ करिब एक महिनाअघि मात्रै रसुवा पुग्नुभएको थियो। ६;महिनाका लागि […]

जीवन ज्योति माध्यमिक विद्यालयद्वारा बाढीपीडितका लागि दुई लाख सहयोग

बाँके ,१६ भदौ । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाँकेको कोहलपुर–१० रामनगरस्थित जीवन ज्योति माध्यमिक विद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ। विद्यालयले बाढीबाट सिर्जित कठिन परिस्थितिप्रति मानवीय संवेदना व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ जम्मा गरेको हो। विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग […]

नारायणी नदीमा भेटिएका १७० शवमध्ये ४ जनाको सनाखत, ६८ शवको व्यवस्थापन

नवलपरासी पश्चिम,१६ भदौ  । नारायणी नदीमा हालसम्म १७० वटा शव फेला परेका छन् । तीमध्ये ६८ शवको व्यवस्थापन भइसकेको छ भने चार शवको सनाखत भएको छ । ९८ शव अझै बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । डिएनए संकलनगरी ६८ वटा शवको सुरक्षित रुपमा जमिनमुनी व्यवस्थापन गरिएको जानकारी गराईएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री […]

शव पहिचान र व्यवस्थापनको अवस्था बुझ्न मुख्यमन्त्री आचार्यद्वारा स्थलगत अनुगमन

बुटवल ,१६ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रसुवामा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाएकाहरूको शव व्यवस्थापनको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन् । मुख्यमन्त्री आचार्यले मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुगेर शव व्यवस्थापन तथा पहिचानको अवस्थाबारे जानकारी लिएका हुन् । अस्पताल प्रशासनका अनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट दुई चरणमा गरी ३९ वटा शव […]

रसुवा बाढीका विभत्स तस्वीर र भिडियो सामाजिक सञ्जालमा नराख्न लुम्बिनी प्रदेश सरकारको आग्रह

दाङ ,१६ भदौ। लुम्बिनी प्रदेश सरकारले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको संवेदनशीलतालाई ध्यानमा राख्दै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विभत्स तथा हृदयविदारक प्रकृतिका तस्वीर, भिडियो लगायतका सामग्री नराख्न नागरिकलाई आग्रह गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को १६ औँ बैठकले यस्तो निर्णय गरेको हो । बैठकले […]

विद्यार्थीको ज्यान जोखिममा नेताका आश्वासन फेरिए तर स्थायी पुल बनेन

प्रभुराम पाण्डे  सुर्खेत, १६ भदौं ।  वीरेन्द्रनगर नगरपालिका–९ स्थित पर्सेनी र अलायचौर जोड्ने स्थायी पुल निर्माणको माग उठेको करिब दुई दशक पुग्न लाग्दा पनि स्थानीयको समस्या समाधान हुन सकेको छैन । पटक–पटक जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वसमक्ष पुल निर्माणको माग राख्दै आए पनि आश्वासनमा सीमित हुँदा स्थानीयवासी अहिले पनि जीर्ण बाँस तथा काठको अस्थायी पुलबाट जोखिम […]

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

बाँके, १६ भदौ ।  रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान  आएको अकल्पनीय विनाशकारी बाढीमा परेर दुई युवाको निधन भएपछि बाँकेको कोहलपुर–११ स्थित लोकनगरवस्ती शोकमा डुबेको छ । रोजगारीको सिलसिलामा रसुवाको जलविद्युत् परियोजनामा कार्यरत २८ वर्षीय महेश थारू र २३ बर्षीय कबीरलाल थारू अब कहिल्यै नफर्किने गरी अस्ताएका छन् ।  दशैँमा घर फर्किएर परिवारसँग खुसी […]

बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत

बाँके, १६ भदौ । रसुवा बाढीमा परी ज्यान गुमाएका कोहलपुर नगरपालिकाका नागरिकका परिवारलाई स्थानीय सरकारले तत्काल आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । कोहलपुर नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चबापत जनही ५० हजार राहत दिने निर्णय गरेको हो ।  नगर कार्यपालिकाको शनिबारको बैठकले बाढीबाट कारण मृत्यु भएका नगरवासीका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख […]

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ, १६ भदौ ।  खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा फैलिएको खप्तडमा घुम्न आउने पर्यटक, गोठाला र तीर्थयात्रीका लागि सामान्य स्वास्थ्य समस्या पनि कहिलेकाहीँ ठूलो चुनौती बन्छ । यसै भूगोलमा नेपाली सेनाले सञ्चालन गरेको मेडिकल भने खप्तड पुग्ने सबैका लागि भरोसाको केन्द्र बन्दै गएको छ । […]

जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात

जुम्ला, १६ भदौ ।  जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ । चालु आर्थिक वर्षका लागि सरकारले पाँच हजार क्विन्टल खाद्यान्नको कोटा जिल्लाका लागि निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख मनोज जोशीले जानकारी दिए । अहिले नियमित रूपमा नेपालगन्जबाट ढुवानीकार्यलाई तीव्रता दिएपछि […]

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

दाङ, १६ भदौ ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेको छ । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ । उनले अहिले ८० वर्ष पुग्नुभयो । तर, अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन । विसं २०५८ पुरसदेखि सम्पर्कविहीन भएका […]

सान्नीत्रिवेणीद्धारा दैवी प्रकोप उद्धार कोषमा २ लाख सहयोग

जुम्ला, १६ भदौ ।  कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख दाखिला गरेको छ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍यउने उद्देश्यले उक्त रकम दाखिला गरिएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिए । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा प्रभाव परेको छ ।