जीवन ज्योति माध्यमिक विद्यालयद्वारा बाढीपीडितका लागि दुई लाख सहयोग

बाँके ,१६ भदौ ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाँकेको कोहलपुर–१० रामनगरस्थित जीवन ज्योति माध्यमिक विद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ।
विद्यालयले बाढीबाट सिर्जित कठिन परिस्थितिप्रति मानवीय संवेदना व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ जम्मा गरेको हो। विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ।
विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले जीवन ज्योति माध्यमिक विद्यालय शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्नेसँगै सामाजिक सेवामा पनि निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो। उहाँका अनुसार विद्यालयले विपद्का बेला मात्र नभई समाजका हरेक दुःख–सुखमा सहकार्य र सहयोग गर्दै आएको छ।
“शिक्षा भनेको किताब र कक्षाकोठामा मात्र सीमित हुँदैन, समाजप्रतिको जिम्मेवारी र मानवीय संवेदना पनि शिक्षाकै महत्वपूर्ण हिस्सा हो,” प्रिन्सिपल फादर जेम्सले भन्नुभयो, “हरेक विपद् र अप्ठ्यारो परिस्थितिमा पीडितसँगै उभिनु हाम्रो सामाजिक दायित्व हो।”
विद्यालयले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा जीवन ज्योतिको सहयोगले विपद्मा मानवीय एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको सन्देश दिएको विद्यालयले जनाएको छ।

जीवन ज्योति माध्यमिक विद्यालयद्वारा बाढीपीडितका लागि दुई लाख सहयोग

नारायणी नदीमा भेटिएका १७० शवमध्ये ४ जनाको

जीवन ज्योति माध्यमिक विद्यालयद्वारा बाढीपीडितका लागि दुई लाख सहयोग

रसुवा बाढीमा बेपत्ता कोहलपुरका सशस्त्र प्रहरीका वरिष्ठ

Leave a comment

Your email address will not be published. Required fields are marked *