बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक
बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित दोस्रो चरणको यति परियोजनाअन्तर्गत बर्दियाका मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा परियोजना प्रारम्भ बैठक सम्पन्न भएका छन् । परियोजनाको समग्र लक्ष्य, उद्देश्य, कार्यान्वयन रणनीति, प्रस्तावित गतिविधि तथा अपेक्षित उपलब्धिबारे स्थानीय सरकारका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउँदै परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि समन्वय, सहकार्य […]



