आलेख :  जहाँ पाक्छ निःशुल्कमा खाना   

सजना तिमल्सिना/रासस ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु । गोदावरी खोलाबाट देब्रे लागेपछि झण्डै पाँच सय मिटर हिँडेपछि पुगिने एउटा वस्तीमा अलि फरक दृश्य देखिन्छ । वरिपरि नयाँ घर बनिरहेका छन् । वस्ती बाक्लो बन्दै गएपनि एउटा जग्गा खाली छ । त्यो खाली जमिनमा असरल्ल ठूला–साना ढुङ्गा छन् । तिनै ढुङ्गामाथि दुई […]

जेन–जी आन्दोलनका एक वर्ष अझै पुरा भएका छैनन् नागरिकका अपेक्षा

ओम शाही सुर्खेत, २३ भदौ । नेपालमा सामाजिक सञ्जालमाथी प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सुरु भएको जेन–जी आन्दोलनले एक वर्ष पूरा गरेको छ ।  गत वर्ष २३ भदांैमा सामाजिक सञ्जालमा सुरु भएको अभियान सडकमा पुग्यो र २७ घण्टामै देशको राजनीतिक परिस्थितिलाई नै बदल्ने अवस्थामा पुर्‍यायो । आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडले ठूलो जनधनको क्षति […]

सम्पादकीय : किन बनेन फायर वाचिङ टावर ?

वीरेन्द्रनगर उपत्यकाबाट उत्तरतर्फको डाँडामा उभिएको एउटा अधुरो कंक्रिट संरचनाले सरकारी विकास योजनाको अर्को दुःखद कथा बोलिरहेको छ । पाँच तलाको देउती फायर वाचिङ टावर बनाउने योजनासहित २०७५ सालमा जग हालिएको थियो । तर, सात वर्ष बितिसक्दा पनि टावर तीन तलामै अड्किएको छ । निर्माणमै २४ लाख ७९ हजार रुपैयाँ खर्च भइसकेको छ, तर संरचना प्रयोगमा […]

भोटेकोशी बाढीपीडितका लागि बौद्ध ग्रामीण सहकारीद्वारा ३ लाख २२ हजार सहयोग

सुर्खेत ,२२ भदौ । रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ३ लाख २२ हजार ७५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै सहकारीले पीडितप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो। […]

कर्णालीको स्याउलगायत अर्ग्यानिक उत्पादन प्रदर्शनी

काठमाडौँ ,२२ भदौ। कर्णालीको स्याउलगायत अर्ग्यानिक उत्पादनको यहाँ प्रदर्शनी गरिएको छ । कर्णाली प्रदेशको जुम्लाको स्याउ काठमाडौँमा बिक्री वितरणका लागि सङ्घीय र कर्णाली प्रदेशका कृषि मन्त्रालयको सहजीकरणमा भद्रकाली प्लाजास्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) परिसरमा प्रदर्शनी एवं बिक्री सप्ताह सुरु भएको छ । जुम्लाको स्याउ सुर्खेत र काठमाडौँमा प्रवद्र्धनका लागि चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले काम […]

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक सम्पन्न

बाँके ,२२ भदौ। बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत विद्यालयस्तरमा बाल संरक्षणसम्बन्धी अवस्थाको समीक्षा तथा प्रतिबिम्ब बैठक बर्दियाको मधुवनमा सम्पन्न भएको छ । विद्यालयस्तरमा बाल संरक्षणका सवाल तथा स्व–संरक्षण सत्रको कार्यान्वयन अवस्थाबारे समीक्षा, अनुभव आदानप्रदान, राम्रा अभ्यासको सिकाइ तथा आगामी दिनमा सुरक्षित, समावेशी, संरक्षणयुक्त र बालमैत्री सिकाइ वातावरण निर्माण […]

‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’

धनगढी, २२ भदौ ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्नका लागि प्रदेश सरकारबाट गर्न सकिने आवश्यक पहल तथा सहयोगमा कमी हुन नदिने बताएका छन् । भट्टार क्षेत्रमा गएको पहिराका कारण विस्थापित परिवारको राहत तथा पुनर्स्थापनाका साथै पहिरो जाने क्रम नरोकिएकाले जोखिम न्यूनीकरण र आवश्यक सहयोगको माग […]

बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन

बाँके, २२ भदौ ।  रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ जना आफन्तको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ । रसुवा, भोटेकोशी तथा त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका र फेला परेका कतिपय शवहरू क्षतविक्षत भई पहिचान गर्न कठिन भएकाले बाँकेबाट १६ जना […]

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके, २२ भदौ ।  भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको अवस्थाबारे पहिचान सुनिश्चित गर्न डिएनए नमूना सङ्कलन आजदेखि सुरु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरिएको जानकारी दिए । सो सूचनाअनुसार सम्पर्कविहीन व्यक्तिका फस्ट डिग्री रिलेसन बुबा, […]

कृष्णभीरमा  खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन, २२ भदौ ।   पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ । पहिरोले सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँड्ने काम गरी ट्र्याक खोलिएको हो । नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट […]

गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादनको तयारी 

जुम्ला ,२२ भदौ । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडीखोलामा ५० मेगावाटको जलविद्युत् उत्पादन हुने भएको छ ।  उक्त निर्माण हुन लागेको जलविद्युत्‌को लागत करिब रु सात अर्ब ५० करोडभन्दा बढी लाग्ने आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिए । तातोपानी गाउँपालिका–४ को आयोजना र आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेड काठमाडौँको सहजीकरणमा आयोजित […]

युवा वर्ष मोती पुरस्कार युवा सर्जक चौधरीलाई प्रदान गरिने

काठमाडौँ, २२ भदौ ।  यस वर्षको युवा वर्ष मोती पुरस्कार युवा सर्जक इन्द्रबहादुर चौधरीलाई प्रदान गरिने भएको छ । राष्ट्रिय युवा कोषको बसेको बैठकले कञ्चनपुरका सर्जक चौधरीलाई रु ४० हजार नगदसहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनोट समितिका सदस्य डा बमबहादुर थापा ‘जीताली’ले जानकारी दिए ।  कोषले पुरस्कार छनोटका लागि प्राध्यापक रामकुमार पाण्डेको संयोजकत्वमा […]

बहुअपाङ्गता भएका बालबालिकालाई ‘घरमै विद्यालय’ सुरु हुँदै

सुर्खेत, २२ भदौ । कर्णाली प्रदेशका पाँच ओटा जिल्लाका पन्ध्र वटा पालिकामा बहुअपाङ्गता भएका बालबालिकाकालाई ‘घरमै विद्यालय’ सुरु हुने भएको छ । हुम्लाको सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका र चंखेली गाउँपालिका, मुगुको खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिका, जाजरकोटको कुसे र जुनिचाँदे गाउँपालिकामा यो कार्यक्रम लागु हुने भएको हो । यस्तै, रुकुम पश्चिमको वाँफीकोट, सानीभेरी गाउँपालिका […]