सीमान्तकृत र विपन्न वर्गका चेलीहरूलाई विद्यालयमा टिकाइराख्न डुङ्गेश्वरले बनायो गुरुयोजना
भक्तबहादुर शाही दैलेख, २६ भदौ । कर्णालीका जिल्लाका ग्रामिण भेगमा अझै पनि उमेर नपुग्दै विहेवारी गरिदिने चलन कायमै छ । विहेपछि कापी–कलम समात्ने हातहरूमा चुलोचौको र मेलापातले बीचैमा विद्यालय छाड्नुपर्ने तितो यथार्थ हो । तर दैलेखको दक्षिणमा पर्ने डुङ्गेश्वर गाउँपालिकाले भने अब हाम्रा पालिकाका पिडा बदल्ने अठोट लिएको छ । किशोरीहरूको शिक्षालाई निरन्तरता दिन र […]



