विद्यालयमै खोजिँदै जुम्लाका खेल प्रतिभा

गाेल्डेन बुढा जुम्ला,२६ भदौ । जुम्लामा विद्यालयको मैदानबाटै खेल प्रतिभा खोज्ने अभियान सुरु हुने भएको छ। चन्दननाथ नगरपालिका–४, वडाले विद्यार्थीमा लुकेर रहेका खेल प्रतिभा पहिचान गरी उनीहरूलाई अवसर र प्रशिक्षणसँग जोड्ने उद्देश्यले अन्तरविद्यालय रनिङ शिल्ड प्रतियोगिता–२०८३ आयोजना गर्न लागेको हो।‘विद्यार्थीको क्षमता पहिचान, समृद्ध वडा निर्माणको सुनौलो अभियान’ नारासहित हुने प्रतियोगिता असोज १ देखि ५ गतेसम्म […]

बाँकेमा कुष्ठरोगको जोखिम घटेन, हरेक वर्ष बढ्दै नयाँ बिरामी

बाँके, २६ भदौ । बाँकेमा कुष्ठरोगको जोखिम घट्नुको सट्टा नयाँ बिरामी फेला पर्ने क्रम वर्षेनी बढ्दै गएको छ। जिल्लामा कुष्ठरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि नयाँ बिरामीको संख्या घट्न नसकेको हो। गत आर्थिक वर्ष २०८२/८३ मा जानकी गाउँपालिका–३ मानपुरस्थित साइनिङ अस्पतालमा १९३ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्। अस्पतालका प्रमुख मङ्गल थारुका अनुसार […]

लुम्बिनी प्रदेशका प्रमुख सचिव काप्रीको बिदाइ, प्रशासनिक सुधारमा खेलेको भूमिकाको प्रशंसा

दाङ ,२६ भदौ। लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीको निर्वाचन आयोगमा सरुवा भएपछि प्रदेश सरकारले उहाँको बिदाइ गरेको छ । गत मंसिर १ गते लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नुभएका काप्रीले ९ महिना २६ दिन प्रदेशको प्रशासनिक नेतृत्व गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले काप्रीलाई मायाको […]

बाढीमा सम्पर्कविहीन जोशी दम्पतीका सन्तानलाई भारतको समाजसेवी परिवारको सहयोग

बाँके, २६ भदौ । रसुवा–भोटेकोसी नदीमा आएको बाढीपहिरोमा परी सम्पर्कविहीन भएका बाँकेको कोहलपुरका एक दम्पतीका तीन सन्तानलाई भारतको उत्तर प्रदेशस्थित एक समाजसेवी परिवारले आर्थिक सहयोग गरेको छ। कोहलपुर नगरपालिका–१२ का वीरेन्द्र जोशी र उहाँकी श्रीमती सत्या जोशी गत भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुहुन्छ। रसुवागढी नाकामा पार्किङ व्यवस्थापनको काम गर्दै आउनुभएका जोशी दम्पती बाढीपहिरोमा परेपछि सम्पर्कविहीन […]

घुँयत्राे: मुख्यमन्त्रीको डेढ महिना : सरकार चल्यो कि घडी मात्रै चल्यो ?

बिचरा कर्नालिका मुख्यमन्त्री , माओवादिका नेता ! उनी मुख्यमन्त्रीयाँ नियुक्त भा नि डेढ मैनाजति त काटि सक्याे कि क्या ? तर मुख्यमन्त्री भएछि अब म याे याे गर्नेछु भनेर जनताका अगाडि प्रण गर्ने कुरा त परै जाओस दैनिक रुपाँ मुख्यमन्त्रीले गर्ने काम गर्या जस्ताे संकेत र चर्चा नि कतै सुनिन्न त हँ ! बिचरालाई जबरजस्ती […]

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकःअधुरा आयोजना अध्ययन गर्न समिति गठन, राजस्व समन्वय समिति पनि बनाइयो

दाङ ,२६ भदौ। लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपुरा आयोजनाको अध्ययन गरी विवरण संकलन गर्न समिति गठन गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालको संयोजकत्वमा अधुरा तथा अपुरा आयोजनाको अध्ययन तथा विवरण संकलन समिति गठन गर्ने निर्णय गरेको हो । भौतिक […]

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार  कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग 

काठमाडौँ, २६ भदौ ।  नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत  तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ ।  अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सङ्घका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरे ।  गैरनाफामुखी सो […]

बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु

बाजुरा, २६ भदौ ।  मातृत्व र सुरक्षित सुत्केरीका लागि अनेकन कार्यक्रम सञ्चालन गरिन्छ । जनचेतनाका लागि भन्दै राजधानी काठमाडौँ र देशका ठूला सहरमा गोष्ठी, सेमिनार पनि हुने गर्छन् । सचेतनाका अनेकन कार्यक्रम सञ्चालन गरिएका छन् । सरकारले सुरक्षित मातृत्वका लागि सुनौला हजार दिनको कार्यक्रम सञ्चालन गर्दै आएको छ तर त्यस्ता कार्यक्रमले बाजुरामा हालसम्म प्रभाव पार्न […]

सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन्‌; मानवअधिकार समन्वय समिति 

कैलाली, २६ भदौ ।  नेपाल सरकारले कार्यान्वयनमा ल्याएको मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न पटक–पटक ताकेता गरे पनि सुदूरपश्चिमका स्थानीय अधिकांश तहले चासो देखाएका छैनन् । प्रदेशका ८८ स्थानीय तहमध्ये नौ वटा पालिकाले मात्रै हालसम्म कार्ययोजनाअनुसारको समन्वय समिति गठनमा चासो नदेखाएको पाइएको हो ।  राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार प्रदेशका चार जिल्ला दार्चुला, […]

भोटेकोशी बाढीः ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख राहत पाउने

रूपन्देही, २६ भदौ ।  भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले रु २५ लाख १० हजार बराबरको राहत तथा सुविधा पाउने भएका छन् । नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट रु तीन लाख, किरिया खर्चबापत रु ४० हजार, राष्ट्रिय वाणिज्य बैङ्कबाट रु पाँच लाखको बीमा, राष्ट्रिय बीमा संस्थानबाट रु दुई लाख […]

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

काठमाडौँ, २६ भदौ ।  जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आठ मिलियन युरो सहायता गरेको छ । सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्रमार्फत उक्त सहयोग प्रदान गरिएको यहाँस्थित जर्मनी दूतावासले जनाएको छ ।   जर्मनीले यसअघि पाँच लाख युरो मूल्य बराबरको आपतकालीन सहायता प्रदान गर्ने घोषणा गरेको थियो । नेपाल सरकारको अनुरोधमा भान्साका […]

पति सम्पर्कविहीनपछि सीताका आँखा अझै ओभानो हुन सकेन

बर्दिया, २६ भदौ ।  सीताका आँखा अझै ओभानो हुन सकेको छैन । पति खक्काप्रसाद चौधरी भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएको आज १४ दिन बितिसक्दा उनका आँखा ओभानो हुन नसकेका हुन् ।   “यही भदौ १० गते भोटेकोशी बाढीका कारण मेरा श्रीमान् बेपत्ता हुनुभयो”, श्रीमती सीता थारुले गहभरि आँसु झार्दै भने । श्रीमान्‌को चिन्तामा पीडित सीता दिनरात […]

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके, २६ भदौ ।  जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ ।  सोे अवधीमा अझै १६९ जना बालबन्दी तथा कैदी बन्दी सम्पर्कमा आउन सकेका छैनन् । गत वर्ष भदौ २३ र २४ गते राति उनीहरू फरार भएका थिए ।  […]