घुँयत्राे: मुख्यमन्त्रीको डेढ महिना : सरकार चल्यो कि घडी मात्रै चल्यो ?

बिचरा कर्नालिका मुख्यमन्त्री , माओवादिका नेता ! उनी मुख्यमन्त्रीयाँ नियुक्त भा नि डेढ मैनाजति त काटि सक्याे कि क्या ? तर मुख्यमन्त्री भएछि अब म याे याे गर्नेछु भनेर जनताका अगाडि प्रण गर्ने कुरा त परै जाओस दैनिक रुपाँ मुख्यमन्त्रीले गर्ने काम गर्या जस्ताे संकेत र चर्चा नि कतै सुनिन्न त हँ ! बिचरालाई जबरजस्ती मुख्यमन्त्रीकाे भारी किन बाेका हुन के माओवादिले कुरै बुझिएन यार ! चुनाब जित्याजति सबैमन्त्री भएर सक्कियर यिन्लाई मनत्रै मन्त्री बन्नाट किन बन्चित गर्नेतनि भनेर त हाेला याे भूतले खाजा खाने बेलाँ मङ्गल शाहिलाई मुख्यमन्त्री बना ! खास भन्ने हाे भने माओवादियाँ मुख्यमन्त्री बनाउने मान्छ्यै नभात हैनन हाेला नि ! तर तिनरलाई नगराएर संसदिय दलकाे नेताभाकै कारण माओवादिले जसरि मंगल शाहिलाई मुख्यमन्त्री बनायाे र ऐले उनी मुख्यमन्त्री भएछि उनकाे जुन शून्य गतिविधि देखियाे त्यल्ले माओवादि पाटिलाई मात्रै पतुर बना हैन कि प्रदेशकै विकास निर्माण र जनताकाे लथालिङ्ग हुने भाे हैन र ? भन्न त नहुने हाे भने पिर मान्छन तर पुराना दल सबैकाे एकपछि अर्काे गरेर जुन मति भ्रष्टभाछ त्यल्ले यिनरलाई डाँडै कटाएर फाल्ने जस्ताे पाे देखिन्छ त ! त्यसै त कर्नालिकाे सरकार एक आर्थिक वर्षाँ४० प्रतिसत मुस्किलले बजेट खर्च गर्छ त्यसाँ नि अँझ भएन भनेर याे बर्ष त झन दुई मैना विति सक्दानि विकास निर्माणका कुरा कतै सुनिन्नन । हाम्रा मुख्खैमा चाडबाड आउने बेला भैसके करिब तीन मैना त यीनै चाडका नाममा केई पनि कनम हुन्न त्यसपछि बाँकि रहन्छ अरु४ मैना अनि टेण्डर कैले, काम कैले ? त्यसैत बजेटकम पाउने प्रदेश अँझ भएन भन्याे दुर्गम , अनि बजेटमानि ४० प्रतिसत नि खर्च गर्न नसक्ने जनशक्ति यस्ताे अबस्थाँ कर्नालिकाे विकासकाे कल्पना गर्नु आँफुले आँफैलाई धाेका दिनु हाे । अँझ याे बर्ष त स्थानीय चुनाबनि हुने हाेलन । चैत बैशाखतिर चुनाब गर्ने भए भने अबकाे बढिमा ४ मैना कामगर्न पाउँछन् क्यारे अनि त्याे ४ मैनाँ कस्तो विकास गर्लान र जनतालाई खुशि पारेर चुनाबाँ भाेट ल्याउलान ! हुनत मुख्यमन्त्री भा दुईमैनासम्म आफ्ना पिए वा सल्लाहकार सचिवालय समेत गठन गर्न नसक्ने मुख्यमन्त्रीबाट जनता र विकासका लागि केही हाेला भन्ने अपेक्षा नगराैँ । प्रदेश सभानै चल्न नदेर प्रदेशकाे विजाेग भै रा बेलाँ सभा सन्चालन गराउने भूमिका खेल्न नसक्ने र आफ्नै पाटिका लाईनि तह लाउन नसक्ने मुख्यमन्त्री के गर्न सक्लान ,के गर्न सक्दैनन भन्ने कुरा त माओवादिका सबै कार्यकर्ताले था पाकै हाेलान त्यसैले याे बिषयमा धेरै खाेजिनिति गरिरहनु पर्ने नि खासै देखिन्न । खास गरि कमरेड प्रचण्डले आफ्नाे हनुमानलाई मुख्यमन्त्री बनाउने अबसर प्राप्त भा बेला बनाई दि हालम् भनेर बनाईद्या हुन । नत्र उनिबाट केही काम हाेला भन्ने कल्पनासम्म नि नगरेनि हुन्छ । त्यसैले मनओवादि सनथिहरु सरकार आफ्नैछ कतै बाटाे त कतै स्कुल अनि कतै अस्पताल बनाम्ला भनेर साेच्नु भाछ भने याे पटकका लागि नसाेचम् ।त्यसै त गत बर्ष अर्कै पाटिकाे अर्थ मन्त्री हुँदा त तत्कालीन मुख्यमन्त्रीले आँफ्फैले बजेट फाईनल गरेर बजेट भाषण गर्न लगाथे भने याे पटकत झन एमनलेकै अर्थ मन्त्री भएछि बजेटमा कसैले केई आफ्ना लागि नि भईजान्छ कि जनताले वा छिमेकिले भन्या काम गर्न बजेट हाल्न पाभा भन्ने कल्पना गर्नुभाछ भने त्याे नगरेनि हुन्छ । तपाईँका गठबन्धनकारी एमालेहरु माओवादिहरकाे चाहना सेक्न तम्तयार भएर बस्याछन । प्रदेश,प्रदेश सरकार, स्थानीय सरकार भनेर माओवादिका फड्फडाउने दिन गए । अब त प्रदेश र स्थानीय सरकार चाहिन्न भन्नेहरका दिन आए । यी ऐल्या शासकले भन्याझैँ प्रदेश र स्थानीय सरकार नरहनेनै भएछ या भएर नि उनरकै कब्जाँ रयाे भने गाेडा पन्द्रेक बर्ष अरुले हात खडा गरेर बसेनि हुन्छ । त्यसैले मुख्यमन्त्री ज्यु यत्ति हाे चान्स जतिदिन पदाँ बस्नु हुन्छ माओवादि र ठकुरी रबाबमै बस्नाेस । यसपछि तपाईंले चाहेर नि न माओवादिकाे सरकार आउँछ न ठकुरी रबाफनै देखाउन पाईन्छ । मुख्यमन्त्रीयाट फुत्केछि मान्छे चराउन पक्कै पाईने छैन ,जिल्ला फर्किने भेडा चराउने बस्ने हैन त !?

Leave a comment

Your email address will not be published. Required fields are marked *