जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी , २७ भदौ । 

जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षरोपणबापत तिरेको राजस्वका कारण डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड १६ लाख ३५ हजार २८ राजस्व सङ्कलन गरेको कार्यालयले आव २०८२/८३ मा रु पाँच करोड ३६ लाख ५३ हजार १३६ राजस्व सङ्कलन गरेको हो ।

पैसट्ठी मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले सरकारी वन क्षेत्र उपयोग तथा वृक्षरोपणबापत रु पाँच करोड २९ लाख ४० हजार ३४१ राजस्व तिरेको डिभिजनल वन अधिकृत बसन्तकेशव अधिकारीले जानकारी दिए । डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाले रु एक लाख ९४ हजार ८८१ तथा राहुघाट जलविद्युत् आयोजनाले वन क्षेत्र उपयोगबापत रु पाँच लाख १७ हजार ९१३ राजस्व बुझाएको उनले बताए ।

सङ्कलित राजस्वमध्ये रु दुई करोड ३३ लाख ३३ हजार ३१० सङ्घीय सरकारको वन विकास कोषमा र रु ४५ लाख ४४ हजार ७५ मूल्य अभिवृद्धि कर (भ्याट)बापत जम्मा गरिएको छ । यस्तै, रु दुई करोड ९४ लाख २१ हजार ३२० प्रदेश सरकारको कोषमा दाखिला भएको छ ।

उक्त कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न प्रजातिका तीन हजार ६०० किलोग्राम जडीबुटी, निगालोका ३० हजार टुसा, खुरु पाँच हजार वटा, निजी आवादीको एक लाख ३५ हजार ५४० घनफिट काठ तथा १३ दशमलव ९३ चट्टा दाउरा बिक्री भएको छ ।

त्यसैगरी, भिरमह एक हजार १०० किलोग्राम, नागबेली पाउडर ५२० किलोग्राम, रातो च्याउ ८० किलोग्राम, लालीगुराँसको फूल ११ किलोग्राम र धुपीको पात आठ किलोग्राम निकासीको अनुमति दिइ राजस्व सङ्कलन भएको  जनाइएको छ ।

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *