सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै 

कैलाली, २९ भदौ ।  “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो”, नेपाल सरकार व्यापार तथा निकासी प्रवर्‌द्धन केन्द्रको प्रतिवेदन २०८१ मा भनिएको छ, “यसरी एक वर्षमा निर्यात भएको जडीबुटीको […]

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

बाँके, २९ भदौ ।  जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट दुई हजार ८०० बढी नयाँ रोजगारी सिर्जना भएका छन् ।  जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य प्रशासनअन्तर्गत दर्ता भएका ६२७ उद्योग र ६२६ वाणिज्य फर्मबाट दुई हजार ८६१ जनाले नयाँ रोजगारी पाएका […]

रसुवा बाढीको वैज्ञानिक कारण हिम–चट्टान पहिरोपछि बनेको ताल फुट्दा  आएको थियो भोटेकोशीमा विनाशकारी बाढी

ओम शाही सुर्खेत, २९ भदौ । गत १० भदौ २०८३ मा रसुवाबाट त्रिशूली र नारायणी नदी हुँदै आएको विनाशकारी बाढी भीषण मनसुनी वर्षाका कारण नभएको अध्ययनले देखाएको छ । चीनको तिब्बत क्षेत्रमा ठूलो हिम–चट्टान पहिरो खसेपछि बनेको अस्थायी हिमताल फुट्दा त्यसबाट आएको आकस्मिक बहावले भोटेकोशी हुँदै भोटेकोसी नदीमा विनाशकारी बाढी आएको अध्ययनले देखाएको हो । […]

सम्पादकीय : अब नसरोस दशौँ खेलकुद

पटक–पटक मिति तोकिँदै र स्थगित हुँदै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति फेरि तय भएको छ । युवा तथा खेलकुद मन्त्रालयले आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । पाँचौँपटक मिति तोकिएपछि कर्णालीमा खेलकुदको महाकुम्भ हुने आशा फेरि पलाएको छ । तर, विगतको अनुभवले यसपटक पनि तोकिएको […]

मुख्यमन्त्री आचार्यद्वारा तीजलाई नारी सम्मान र सामाजिक रुपान्तरणको अवसर बनाउन आग्रह

 दाङ ,२९ भदौ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका तीजलाई नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको सन्देश फैलाउने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ । हरितालिका तीजको अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनुभएको छ । उहाँले […]

घुँयत्राे:एमाले फुट्ला कि बा छुट्लान् ? बादल–भट्टतिर ढल्किँदै बा, पोखरेलहरूमा चल्यो खैलाबैला !

हैन ! याे काँग्रेस भन्नेपाटि त फुट्याथ्याे फुट्याथ्याे अब त एमाले नि फुटलाजस्ताे गर्याे त हँ ! एमाले पाटियाँ बादलले र शंकर पाेखरेलले छुट्टाछुट्टै दस्तावेज पेश गरे भनेर चिच्याकल्लाे भै राकाे सुनिन्छ त ! दस्ताबेज पेश गर्ने मान्छ्या नाम सुन्दा त याैटा एमाले अनि अर्का माओवादि एमाले पाे हुन जस्ता छन त! यसाे छाँटकाँटले त […]

लैङ्गिकमैत्री र समावेशी विद्यालय वातावरण प्रवर्द्धनका लागि तालिम सम्पन्न

बर्दिया,२८ भदौ । विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैङ्गिकमैत्री सिकाइ वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले बाँके युनेस्को क्लब (BUC) द्वारा विद्यालय व्यवस्थापन समिति (SMC), अभिभावक–शिक्षक संघ (PTA), प्रधानाध्यापक तथा फोकल शिक्षकहरूका लागि लैङ्गिक रूपान्तरण तथा समावेशी कक्षा व्यवस्थापनसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ। प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालित उक्त तालिमको मुख्य उद्देश्य विद्यालयका सरोकारवालाहरूको लैङ्गिक समानता, […]

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

बाँके ,२८ भदौ । बाढी, पहिरो, भूकम्पलगायत विपद्का बेला एकैपटक ठूलो संख्यामा शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै भेरी अस्पताल नेपालगञ्जमा कम्तीमा ५० वटा शव अट्ने क्षमताको शवगृह निर्माण तथा विस्तार गरिने भएको छ। पश्चिम नेपालकै प्रमुख रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा हाल एकैपटक ६ वटा शव मात्र राख्न सकिने क्षमता छ। विपद्का बेला […]

जुम्लाका गोविन्द : विभेददेखि रंगमञ्चसम्म

गाेल्डेन बुढा जुम्ला,२८ भदौ। घरको आँगनमा दाजुभाइ भकुन्डो खेल्थे। खेल्दाखेल्दै भकुन्डो छिमेकीको आँगनमा पुग्थ्यो। अरूका लागि भकुन्डो लिन जानु खेलकै सामान्य हिस्सा थियो। गोविन्द सुनारका लागि भने त्यो सामान्य थिएन। भकुन्डो लिन जाँदा गाली खानुपर्थ्यो, कहिलेकाहीँ कुटाइ पनि खान्थेँ।बालक गोविन्दलाई त्यतिबेला जातीय विभेदको अर्थ थाहा थिएन। तर एउटै घटना पटक–पटक दोहोरिएपछि उनले कारण बुझ्न थाले।आफू […]

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

बाँके ,२८ भदौ । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ जन्मजयन्तीको अवसरमा नेपालगन्जमा पत्रकारका लागि निःशुल्क मिर्गौला परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको समन्वय तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको प्राविधिक सहयोगमा शनिबार पत्रकारका लागि निःशुल्क मिर्गौला परीक्षण शिविर आयोजना गरिएको हो […]

होला त कर्णाालीमा १० औँ राष्ट्रिय खेलकुद ?

कुलेन्द्र शाही  सुर्खेत, २८ भदौ । पटक–पटक स्थगित हुँदै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति फेरि तोकिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । मन्त्रालयले शुक्रबार जारी गरेको सूचनाअनुसार प्रतियोगिता सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा सञ्चालन हुनेछ । प्रतियोगिताको मिति पाँचौँपटक […]

सम्पादकीय : कहिले सुध्रिन्छ कर्णाली राजमार्गको अवस्था ?

जुम्लामा स्याउ उत्पादन बढ्दै गएको छ । किसानले खेती विस्तार गरिरहेका छन् । बारीमै पुगेर व्यापारीले स्याउ खरिद गर्न थालेका छन् । यसले जुम्लाको स्याउ उत्पादन व्यावसायिक बन्दै गएको संकेत गर्छ । तर, उत्पादन बढ्नु मात्रै पर्याप्त हुँदैन । उत्पादित वस्तु सुरक्षित र सहज रूपमा बजारसम्म पुग्ने पूर्वाधार पनि त्यत्तिकै आवश्यक हुन्छ । जुम्लाको स्याउका […]

बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक एकता बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

दाङ ,२८ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्का अट्वारी पर्वले थारू समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौंदेखिको परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । बर्का अट्वारी पर्वको अवसरमा आतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको मौलिक संस्कृति, परम्परा, आस्था र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको बर्का अट्वारी महत्वपूर्ण सांस्कृतिक […]