भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

काठमाडौँ, ३१ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको राससलाई जानकारी दिए । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिङ्ग नखुलेका […]

‘प्रतियोगितामा सहभागि सबै खेलाडीलाई नगदै दिन्छौँ’

सुर्खेत, ३१ भदौ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगित आयोजना हुन गइरहेको छ । कर्णाली प्रदेशको ईतिहासमै पहिलोपटक आयोजना हुने यस पतियोगिताले कर्णालीको अर्थतन्त्रलाई चलायमान त बनाउने नै छ, कर्णालीले खेलकुद प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने चुनौतीकोपनि सामना गर्नुपर्नेछ । बारम्बार स्थगित हुँदै आएको यो प्रतियोगिता […]

संविधान दिवसमा राष्ट्रिय झण्डा फहराईने

सुर्खेत, ३१ भदौ ।  संविधान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले असोज तीन गते औपचारिक समारोहको आयोजना गर्ने भएको छ । असोज तीन गते शनिबार विहान मंगलगढी चोकबाट र्‍याली निकालेर जिल्ला समन्वय समितिको हलमा संविधान दिवस मनाईने भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीको अध्यक्षतामा मूल समारोह समितिको बसेको वैठकमा असोज दुई गते हरेक […]

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

काठमाडौँ, ३१ भदौ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौ वटा बैंकमा रु १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ ।  त्यस्तै, कोषका अन्य […]

कर्णाली पर्यटन दशक घोषणाको तयारीमा प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  कर्णाली प्रदेश सरकारले पर्यटनलाई प्रदेशको आर्थिक रूपान्तरणको आधार बनाउने लक्ष्यसहित चालु आर्थिक वर्षमा ७५ करोड २१ लाख रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ । प्रमुख पाँच पर्यटकीय गन्तव्यको गुरुयोजना कार्यान्वयनदेखि पर्यटनसँग जोडिएका पूर्वाधार, पहुँच, सेवा र प्रवद्र्धनसम्म सरकारले लगानी गर्न लागेको हो ।  मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान […]

सम्पादकीय : भूकम्पपीडितलाई कहिलेसम्म अस्थायी बास ?

१७ कार्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर गएको ६।४ रेक्टर स्केलको भूकम्पले हजारौँ नागरिकको घरबार उजाड्यो । एक सय ५४ जनाको ज्यान गएको उक्त विपद्ले जाजरकोटका भेरी र नलगाड नगरपालिकामा ठूलो क्षति पु‍र्‍यायो । तर, भूकम्पको घाउमा मलम लगाउने पुनर्निर्माणको कामले अपेक्षित गति लिन नसक्दा पीडितहरू अझै अस्थायी टहरामै जीवन बिताउन बाध्य छन् […]

खजुराबाट ४३ हजार ट्रामाडोल क्याप्सुलसहित मोटरसाइकल बरामद

बाँके ,३० भदौ । बाँकेको खजुरा क्षेत्रबाट सशस्त्र प्रहरीले ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित एउटा मोटरसाइकल बरामद गरेको छ। सीमावर्ती क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा ट्रामाडोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरी टोलीलाई देखेपछि ट्रामाडोल ओसारपसारमा संलग्न व्यक्ति मोटरसाइकल छाडेर फरार भएका थिए। सशस्त्र प्रहरीले बरामद गरेको ट्रामाडोल क्याप्सुल र मोटरसाइकल आवश्यक […]

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा (बाँके),३० भदौ । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा छ सय सात हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको छ । अतिक्रमित वनक्षेत्रमा करिब तीन हजार ९९० घरटहरा निर्माण भएका छन् । हालसम्म बाँके जिल्लामा ६०७ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमण भएको पाइएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार, अतिक्रमणको ठूलो हिस्सा […]

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ, ३० भदौ ।  रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ । बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ । उपलब्ध […]

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ, ३० भदौ ।  भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेलापरेको छ । बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला तथा ५१४ वटा शव आंशिक अङ्गसहितका छन् । भेटिएका शवमध्ये हालसम्म १०३ शव […]

मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण

काठमाडौँ, ३० भदौ ।  त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चारसम्बन्धी साताव्यापी प्रशिक्षण तथा अध्ययन भ्रमण पूरा गरेका छन् । युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)सँगको शैक्षिक सहकार्यअन्तर्गत भएको कार्यक्रममा सहभागीले समाचारकक्षमा एआईको प्रयोग, मानव–मेसिन सहकार्य, डिजिटल सामग्री उत्पादन, दृश्य कथा वाचन तथा मिथ्या र […]

सुदूरपश्चिमका आठ जिल्लामा छवटा शीतभण्डार निर्माण

कञ्चनपुर, ३० भदौ ।  सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा कृषि उपज भण्डारणका लागि छवटा शीतभण्डार (कोल्ड स्टोर) निर्माण सम्पन्न भएको छ । यस्तै, सातवटा निर्माणाधीन छन् ।  कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सुदूरपश्चिमका अछाम र बाजुरामा २० मेट्रिक टन क्षमता कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ ।  त्यस्तै, दार्चुला, बैतडी र डडेल्धुरामा कोल्ड स्टोर निर्माणकार्य जारी […]

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ, ३० भदौ ।  यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ । सम्मेलनमा उपस्थितिका लागि ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो ।  आइतबारसम्म ४२० वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । सम्मेलनमा ३६ वटा जिल्ला समन्वय […]