२२.५० मेगावाटको जल्दीगाड आयोजनामा जुट्यो ४ अर्ब ६० करोड लगानी

काठमाडौँ, २ असोज ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ । सांग्रिला हाइड्रोपावर प्रा.लि.ले प्रवर्द्‌धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका […]

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौँ, २ असोज ।  सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ । सहकारी रजिष्ट्रारको कार्यालयले सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिको सिफारिसमा सन्दर्भ ब्याजदर पुनरावलोकन गर्दै आजैदेखि लागू हुने गरी ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत निर्धारण गरेको हो । यसअघि सहकारी संस्थाका लागि ऋणको अधिकतम ब्याजदर १६ […]

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके, २ असोज ।  भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर नष्ट भएका ३१ हजार बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ । वि.सं. २०८२ भदौ २४ गते नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्र जलेर नष्ट भएपछि असोज र कात्तिक दुई महिना सेवा सेवा बन्द भई मङ्सिर […]

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

सुर्खेत, २ असोज ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि आवश्यक सबै उपाय अवलम्बन गरिने  बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सुर्खेतमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेशको समग्र विकास र बजेट खर्च बढाउन कर्मचारी प्रशासनले द्रुतत्तर गतिमा काम गर्नुपर्नेमा […]

लागूऔषधसहित पक्राउ

बाँके, २ असोज ।  प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।  नेपालगन्ज उपमहानगरपालिका–२ स्थित मुन लाइट होटेलमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाका चार जनालाई पक्राउ गरिएको छ । उनीहरूका साथबाट १२ दशमलव ४६० ग्राम लागूऔषध बरामद भएको छ ।  नेपालगन्ज उपमहानगरपालिका–३ बाट तीन जनालाई पक्राउ गरिएको […]

भोटेकोशी बाढीः जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला, २ असोज ।  भोटेकोशीमा बाढीमा परेर यहाँका ६३ जना अझै सम्पर्कविहीन रहेका छन् । प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । वाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए । पातारासी गाउँपालिका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् । उनीहरू रसुवाको हाँकुबेँसीबाट बेपत्ता […]

दुई महिनामा दुई खर्ब हाराहारी बजेट खर्च सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौँ, २ असोज ।  चालु आर्थिक वर्ष २०८३/८४ को शुरुवाती दुई महिनामा सरकारले करिब रु दुई खर्ब बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च रु एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख बराबर छ । जुन वार्षिक लक्ष्यको नौ दशमलव ४१ प्रतिशत हुन आउँछ । कार्यालयका अनुसार […]

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन

हुम्ला, २ असोज ।  चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी सङ्कलन हुने गरेको छ । “स्थानीयलाई गैरकानुनी रुपमा जडीबुटी सङ्कलन गर्नेको पहिचान छ, यद्यपि सुरक्षाका कारणले उनीहरु नाम बताउन चाहदैनन् ।” बागेढुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रङ्गबहादुर शाहीले भने ।  अध्यक्ष  शाहीले जीवन सुरक्षाका त्रासले उपभोक्ता समितिका सदस्यहरु चोरी गर्नेको नाम […]

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी  

बाजुरा, २ असोज ।  जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी भएका छन् । जटिल प्रसूति अवस्था, आपतकालीन एपेन्डिक्स, रिभर्स सुरल आर्टरी फ्ल्यापलगायत जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुन थालेका कारण जिल्लावासी खुसी भएका हुन् ।   आधारभूत १५ शय्याका जिल्ला अस्पतालले दैनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवासँगै सुलभदरमा भरपर्दो सेवा दिन थालेका कारण […]

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान 

कैलाली, २ असोज ।  कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान विहिबारदेखि सुरु भएको छ ।  जिल्लामा जापानिज इन्सेफलाइटिसका बिरामी फेला परेपछि घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकामा असोज ८ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ […]

खाद्य तथा उपभोक्ता अधिकार संरक्षणमा सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड

कैलाली, २ असोज । नेपालको संविधानले प्रत्याभूत गरेको खाद्य तथा उपभोक्ता अधिकार सुनिश्चित गर्न जिम्मेवार निकाय र आमउपभोक्ता सचेत तथा जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले आज धनगढीमा आयोजना गरेको समन्वय बैठकमा खाद्य तथा उपभोक्ता अधिकार संरक्षणका लागि सरोकार भएका सबै निकायले आपसी समन्वय र सहकार्यका साथ जिम्मेवारी […]

आलेखः फेरिँदै व्यावसायिक रणनीति, बदलिँदै विश्व रिसव गौतम

काठमाडौँ, २ असोज । व्यवसाय सानो होस् वा राष्ट्रिय सीमाभन्दा बाहिर फैलिएको बहुराष्ट्रिय कम्पनी होस् आजको विश्वमा सफल हुन केबल राम्रो वस्तु उत्पादन गरेर वा सेवा उपलब्ध गराएर मात्र पुग्दैन । बजार कुन दिशातर्फ गइरहेको छ ? उपभोक्ताको रुचि कसरी बदलिँदैछ ? प्रतिस्पर्धाले कस्तो अवस्था सिर्जना गर्दैछ ? प्रविधिले व्यवसायको स्वरूपलाई कसरी परिवर्तन गरिरहेको छ […]

जाजरकोटमा सडक र पुलका  ठेक्का जताततै अलपत्र 

कुलेन्द्र शाही सुर्खेत, २ असोज । सरकार र निर्माण व्यवसायीबीच रणनैतिक महत्वका सडक र पुलमा ठेक्का सम्झौता हुन्छ । करोडौँ रुपैयाँका आयोजना अघि पनि बढ्छ । निर्माण सम्पन्न गर्ने म्याद तोकिन्छ । तर, म्याद सकिन्छ, वर्षौं बित्छ र आयोजना भने अधुरै रहन्छन् । त्यसको प्रत्यक्ष भार अन्ततः नागरिकले बोक्नुपर्छ ।  जाजरकोटमा सडक र पुल निर्माणका […]