बाढी र पहिरोको चपेटामा भूकम्प पीडितका अस्थायी टहरा
ओम शाही सुर्खेत, ३० भदौ । १७ कार्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले घर ढालेपछि पुनर्निमाणको पर्खाइमा रहेका नागरिकहरुका अस्थायी टहरा बाढी र पहिरको चपेटामा पर्न थालेका छन् । एक सय ५४ जनाको ज्यान लिनेगरी गएको विनासकारी भूकम्पबाट जाजरकोटका भेरी र नलगाड नगरपालिले ठुलो क्षति ब्यहोरेका थिए । […]



