कागजमा खुला दिसामुक्त ठाटीकाँध : दलित बस्तीमा छैन शौचालय

भक्तबहादुर शाही दैलेख, (ठाटीकाँध), २७ भदौं ।  ठाटीकाँध गाउँपालिका कार्यालयबाट मात्र १ सय मिटरको दूरीमा निर्माण गरिएको सार्वजनिक शौचालयमा व्यापक आर्थिक अपारदर्शिता र बजेटको चरम दुरुपयोग भएको पाइएको छ । झ्याल र पानीको समेत सुविधा नभएको  दुई कोठे पक्की शौचालय निर्माणका लागि १० लाख ४५ हजार रुपैयाँ खर्च देखाइए पनि त्यो संरचना विगत तीन वर्षदेखि […]

सहिद परिवारलाई मल्हम लगाउँदै  नेपालगन्ज उपमहानगरपालिका

बाँके, २७ भदौ ।  जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेनजी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीको एउटै टोल निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको गत वर्ष भदौ २३ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गएको थियो ।  […]

खाजा खर्च जोगाएर भोटेकोशी पीडितलाई विद्यार्थीको सहयोग

बाँके, २७ भदौ । बाँकेका विद्यालयले आफ्ना औपचारिक तथा मनोरञ्जनात्मक कार्यक्रम रद्द गरी बाढीपीडितका लागि रु.६५ लाख बराबरको सहयोग सङ्कलन गरेका छन् । निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसार साना बालबालिकादेखि माध्यमिक तहका विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय सञ्चालकसमेत स्वतःस्फूर्त रूपमा राहत अभियानमा सहभागी भएका थिए । जिल्लाका प्याब्सनमा आबद्ध ७७ […]

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण

काठमाडौँ, २७ भदौ । मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट रु. ५८ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ । आव २०८२/८३ मा विभिन्न एक हजार ११६ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधितर्फ मात्रै ७२७ […]

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी , २७ भदौ ।  जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षरोपणबापत तिरेको राजस्वका कारण डिभिजन वन कार्यालयको आम्दानी चार गुणाभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड १६ लाख ३५ हजार २८ राजस्व सङ्कलन गरेको कार्यालयले आव २०८२/८३ मा रु पाँच करोड ३६ लाख ५३ […]

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौँ, २७ भदौ ।  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा उनले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइरहेको जानकारी दिए । अर्थमन्त्रीले पहिलो प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनःस्थापनाका […]

भोटेकोशी बाढीः एक हजार ३८५ शव फेला 

काठमाडौँ, २७ भदौ ।  भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेलापरेको छ । बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुष, ३३४ महिला तथा ५०९ वटा शव आंशिक अङ्गसहितका छन् । भेटिएका शवमध्ये हालसम्म १०३ शव […]

जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा

काठमाडौँ, २७ भदौ ।  जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक नेतृत्वमा आएको परिवर्तनसँगै स्वास्थ्य क्षेत्रमा पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सुधारको अपेक्षा बढेको देखिन्छ । आन्दोलनले उठाएको सुशासन, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सेवा प्रभावकारी बनाउने मागलाई सम्बोधन गर्ने क्रममा सरकारले अस्पताल सेवा सुधारदेखि निःशुल्क उपचार र स्वास्थ्य बिमालाई डिजिटल प्रणालीमा लैजानेसम्मका प्रयास अघि बढाएको छ । […]

पाठ्यक्रम परिमार्जनः पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर, २७ भदौ ।  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई)लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव प्राप्त भएका छन् ।  पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम परिमार्जन प्रयोजनार्थ सातै प्रदेशमा आयोजना गरेको कार्यशालामा सहभागीले वर्तमान पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र स्थानीय आवश्यकता […]

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने 

काठमाडौँ, २७ भदौ ।  भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’मा तत्काल र दीर्घकालीन पुनःस्थापनाका लागि उक्त खर्च लाग्ने […]

सिधनियाघाटमा निर्माणाधीन पुलको लम्बाइ बढाउन माग

बाँके, २७ भदौ ।  “सिधनियाघाटस्थित राप्तीमा पुल निर्माण भइरहेको छ, त्यो पुलको लम्बाइ थप गरी नदीको बहाव क्षेत्रलाई समेट्नसके अझ राम्रो हुने थियो”, राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले भने । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने उक्त घाटस्थित राप्तीमा निर्माणाधीन पुलको लम्बाइ थप विस्तार गर्न स्थानीयको दबावपछि वडाध्यक्षले उक्त प्रतिक्रिया दिएका हुन । […]

औद्योगिक ग्रामको अनुगमनमा मन्त्री खड्का स्थानीय उत्पादन र रोजगारी प्रवर्द्धनमा जोड

सुर्खेत ,२६ भदौ । कर्णाली प्रदेश सरकारकी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले सुर्खेतस्थित औद्योगिक ग्रामको अनुगमन गर्दै स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्योगको बजारीकरणलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी छन्। औद्योगिक ग्रामको स्थलगत अनुगमनका क्रममा मन्त्री खड्काले सञ्चालनमा रहेका उद्योगको अवस्था, उत्पादन, बजार व्यवस्थापन, श्रमिकको अवस्था तथा उद्योगीले भोगिरहेका समस्याबारे जानकारी लिएकी थिइन्। उनले […]

जुम्लाका कैदीले गरे, बाढीपीडितलाई राहत बाढीपीडितका लागि १० हजार

गाेल्डेन बुढा जुम्ला,२६ भदौ। गतभदाै १० गते रसुवाको भोटेकोशी बाढीमा परेका नागरिकको पीडाले कारागारको पर्खालभित्र रहेका जुम्लाका कैदीबन्दीलाई पनि छोएको छ। आफूसँग भएको सीमित रकमबाट उनीहरूले बाढीपीडितका लागि राहत सहयोग गरेका छन्।कारागार कार्यालय जुम्लामा रहेका ७९ जना कैदीबन्दीले आफ्नो गक्षअनुसार संकलन गरेको १० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छन्। बाढीमा जुम्लाका […]