जुम्लाका कैदीले गरे, बाढीपीडितलाई राहत बाढीपीडितका लागि १० हजार

गाेल्डेन बुढा

जुम्ला,२६ भदौ।

गतभदाै १० गते रसुवाको भोटेकोशी बाढीमा परेका नागरिकको पीडाले कारागारको पर्खालभित्र रहेका जुम्लाका कैदीबन्दीलाई पनि छोएको छ। आफूसँग भएको सीमित रकमबाट उनीहरूले बाढीपीडितका लागि राहत सहयोग गरेका छन्।कारागार कार्यालय जुम्लामा रहेका ७९ जना कैदीबन्दीले आफ्नो गक्षअनुसार संकलन गरेको १० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छन्। बाढीमा जुम्लाका नागरिकसमेत ठूलो संख्यामा सम्पर्कविहीन रहेका बेला कैदीबन्दीले आफ्नो क्षमताअनुसार सहयोग गरेका हुन्।कारागार कार्यालय जुम्लाका लेखा अधिकृत जीवन बुढाका अनुसार कैदीबन्दीले स्वेच्छाले रकम संकलन गरी सहयोग गरेका हुन्। कारागारमा ७३ जना पुरुष र ६ जना महिला कैदीबन्दी छन्।रसुवाको भोटेकोशी बाढीपछि जुम्लाका ६३ जना नागरिक अझै सम्पर्कविहीन रहेको बताइएको छ। आफ्ना आफन्तको अवस्था अज्ञात रहेका परिवारहरू उद्धार र खोजीको प्रतीक्षामा रहेका बेला कारागारभित्रबाट आएको यो सहयोगले विपत्तिमा मानवीय संवेदनाको फरक उदाहरण प्रस्तुत गरेको छ।

जुम्लाका कैदीले गरे, बाढीपीडितलाई राहत बाढीपीडितका लागि १० हजार

विद्यालयमै खोजिँदै जुम्लाका खेल प्रतिभा

जुम्लाका कैदीले गरे, बाढीपीडितलाई राहत बाढीपीडितका लागि १० हजार

औद्योगिक ग्रामको अनुगमनमा मन्त्री खड्का स्थानीय उत्पादन

Leave a comment

Your email address will not be published. Required fields are marked *