बिनासकारी भोटेकोसी बाढीपछिको सिकाई सुरुङ बढ्दै गए, बनेन उद्धार संयन्त्र 

ओम शाही सुर्खेत, २४ भदौ । भोटेकोसी नदीमा १० भदौमा आएको भीषण बाढीले रसुवा र आसपासका जलविद्युत्‌‌ आयोजनालाई तहसनहस पार्‍यो । बाढीले आयोजनाका सडक, बाँध, विद्युत्‌गृह र सुरुङमा नगन्य मात्रामा क्षति पुर्‍यायो । सम्भवतः अधिकांश आयोजनाहरू पुनः बनाउन नसकिने गरी खण्डहर बनेका छन् ।  सबैभन्दा ठूलो संकट भने आयोजनामा कार्यरत सयौँ कामदार र कर्मचारी सम्पर्कविहीन […]

सम्पादकीय : सरकारलाई भाग्ने छुट छैन !

नेपालको राजनीतिक इतिहासमा एउटा पुस्ताले सडकबाट दिएको शक्तिशाली हस्तक्षेपका रूपमा जेन–जी आन्दोलनलाई सम्झिइनेछ । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध गत वर्ष २३ भदौमा सुरु भएको अभियान २७ घण्टामै देशको राजनीतिक परिस्थिति बदल्ने मियो बन्यो । आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग, हिंसा, आगजनी र तोडफोडले ठूलो जनधनको क्षति गरायो । त्यसपछि अन्तरिम सरकार गठन, […]

राष्ट्रिय कृषक समूह महासंघको १६औँ स्थापना दिवस भेरीगंगामा सम्पन्न

सुर्खेत, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ नेपालको १६औँ स्थापना दिवस सुर्खेतको बिरेन्द्रनगर नगरपालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ। बेलायत सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्यमा सञ्चालित एक्टिभ परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। राष्ट्रिय कृषक समूह महासंघ कर्णाली प्रदेशका अध्यक्ष सन्तबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भेरीगंगा नगरपालिका महासंघ, लेकबेँसी […]

घुयँत्राे:‘कारबाही आउँदैछ’ भन्दै सरकारको स्ट्याटस आयो, अपराधीचाहिँ ढुक्कले घर गयो!

रास्वपाका मन्त्री देखिकार्यकर्ता अनि माननीयदेखि प्रधानमन्त्री मात्रै हैन पाटिका सभापतिदेखि प्रबक्ता सम्म सबै, कानुन मिच्नेलाई, अपराधिलाई, भष्टाचारीलाई गुण्डागर्दिलाई , दलालिलाई,मिटरब्याजिलाई, बाढिपिडितलाई पिडितलबजाउनेलाई अनि सामाजिक सन्जालाँ तथानाम गालि गलाैज गर्ने कसैलाईनि छाेडदैनम् भन्छन तर सरकार बन्या छ मैना भै सक्याे नत भष्टाचारी नत अन्य अपराधि कसैलाई नि कार्वाही भा काे कईँ देख्न सुन्न पाईन्न त ! […]

जेनजी आन्दोलनको एक वर्षपछि पनि बाँकेका १६९ बालबन्दी र कैदी सम्पर्कविहीन

बाँके, २३ भदौ । जेनजी आन्दोलनका क्रममा बाँकेका दुई बालसुधारगृह र एउटा कारागारबाट भागेका १६९ जना बालबन्दी तथा कैदी एक वर्ष बितिसक्दा पनि सम्पर्कमा आउन सकेका छैनन्। गत वर्ष भदौ २३ गते राति र २४ गते आन्दोलनका क्रममा बाँकेका नौबस्ता बालसुधारगृह, जयन्दु बालसुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट ३४० जना बालबन्दी तथा कैदी भागेका थिए। तीमध्ये […]

स्वास्थ्य बिमाबाट भेरी अस्पतालमा उपचार लिने बिरामी ४० प्रतिशतले बढे

बाँके ,२३ भदौ। पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य बिमामार्फत उपचार सेवा लिने बिरामीको संख्या पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको छ। अस्पताल प्रशासनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ८५ हजार ६८ जनाले भेरी अस्पतालबाट उपचार सेवा लिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य बिमामार्फत उपचार सेवा लिनेको […]

जोखिमपूर्ण यात्रामा रहेका ४६४ को उद्धार

बाँके, २३ भदौ ।  जोखिमपूर्ण यात्रामा रहेका ४६४ जनालाई बाँकेको नेपालगन्जस्थित जमुनाहानाकाबाट उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपाल, नेपालगन्जले आर्थिक वर्ष २०८२/८३ मा जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेकालाई सीमानाकाबाट उद्धार गरेको हो । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार उद्धार गरिएकालाई आवश्यक परामर्शपश्चात् सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको हो । आर्थिक […]

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

सुर्खेत,२३ भदौ। यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ । स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन् । अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ । तीन दिनदेखि स्याउ […]

नमूना बस्ती पहिरोको उच्च जोखिममा

दैलेख, २३ भदौ ।  अविरल वर्षाका कारण दैलेखको नारायण नगरपालिका–१, नमूना बस्ती पहिरोको उच्च जोखिममा  छ । आइतबार परेको झरीका कारण गए राती बस्तीमा पहिरो जान थाले पछि आठ घर परिवारका ३७ जना सर्वसाधारण विस्थापित भएका छन् । पहिरोको जोखिम बढे लगत्तै जिल्ला प्रहरी कार्यालय, दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमाण्डमा खटिएको टोलीले स्थानीय […]

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत 

बाँके, २३ भदौ ।  खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर गइरहेको बाँझो जमिनलाई वडाको मुख्य आम्दानीको स्रोत बनाएकाले उदाहरणीय काम गरेको हो । बाँकेको खजुरा गाउँपालिका–२ ले दुई बिघा सार्वजनिक जग्गामा अम्बा, आँप, लिची, कटहर, सुनकागती र ज्यामिरका बिरुवा रोपेर व्यावसायिक फलफूलखेती सुरु गरेको छ । ताजा तथा अर्गानिक फल स्थानीय लाई बिक्री […]

व्यावसायिक फलफूल खेतीतर्फ किसानको आकर्षण 

बाँके, २३ भदौ ।  बाँके जिल्लाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित भएका छन् ।  बजारमा फलफूलको माग बढ्दै गएपछि जिल्लाका विभिन्न क्षेत्रमा किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् । राप्ती सोनारी गाउँपालिका–२ कचनापुर गाउँमा किसान शान्तराज गौतमले प्राकृतिक रुपमा व्यावसायीक मेवाखेती गर्दै आएका छन् । उनले आफैँ बेर्ना उमारेर प्राकृतिक रुपमा अहिले ३६० […]

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालनमा

डडेल्धुरा, २३ भदौ ।  डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि सदरमुकाम र धनगढी जानुपर्ने बाध्यता हट्दै गएको छ । उक्त अस्पतालमा हाल एक मेडिकल अधिकृत, चार स्टाफ नर्स, दुई अहेबलगायत १३ जना कर्मचारी कार्यरत हुनुहुन्छ ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप तामाङका अनुसार अस्पतालमा दुई मेडिकल अधिकृतसहित २२ जनाको […]

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाई 

म्याग्दी, २३ भदौ ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाई भएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झि को फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत्‌गृह जोड्ने छ किलोमिटर २७० मिटर लामो सुरुङ खन्ने क्रममा बिस्फोटक पदार्थको थर्कोले घर भत्किएका र […]