घुयँत्राे:‘कारबाही आउँदैछ’ भन्दै सरकारको स्ट्याटस आयो, अपराधीचाहिँ ढुक्कले घर गयो!

रास्वपाका मन्त्री देखिकार्यकर्ता अनि माननीयदेखि प्रधानमन्त्री मात्रै हैन पाटिका सभापतिदेखि प्रबक्ता सम्म सबै, कानुन मिच्नेलाई, अपराधिलाई, भष्टाचारीलाई गुण्डागर्दिलाई , दलालिलाई,मिटरब्याजिलाई, बाढिपिडितलाई पिडितलबजाउनेलाई अनि सामाजिक सन्जालाँ तथानाम गालि गलाैज गर्ने कसैलाईनि छाेडदैनम् भन्छन तर सरकार बन्या छ मैना भै सक्याे नत भष्टाचारी नत अन्य अपराधि कसैलाई नि कार्वाही भा काे कईँ देख्न सुन्न पाईन्न त ! हैन याे कस्ताे खालकाे कार्वाहि हाे जाे कसैले देख्न र भाेग्न पा काे देखिन्न तर दिनहुँ घट्या अपराध पछि कि त सरकारका प्रधानमन्त्री कि त मन्त्री नै कार्वाहिका कुरा गरेर सामाजिक सन्जाल तता हुन्छन तर कार्वाअि कसैलाई भा हुन्न । प्रधानमन्त्री ज्यू हरेक दिन कैले सम्साँझै त कैले आधा रातमा स्ट्याटस लेख्नु हुन्छ । कैले प्रधानमन्त्रीकाे स्ट्याटस आउला र लाईक कमेन्ट गरम्ला भनेर बसेका रनस्वपाका झाेलेहरु स्ट्याटस आकाे २ मिनेटमै २ लाख कमेन्ट र २ लाख लाईक आईसक्छन तर त्येा स्ट्याटसले के भन्न खाेज्याछ ? किन लेखियाे, के गर्न खाेजियाे ,के गर्ने हाे ? कमेन्ट गर्ने हाेकि हैन ,लाईक गर्न मिल्छ कि मिल्दैन ? केई था छैन तर प्रधानमन्त्रीकाे स्ट्याटस आएछि लाई,कमेन्ट गर्नै पर्छ भनेर स्ट्याटस कुरेरै बस्ने अन्धाभक्तहरु वास्तबमा वलिका झाेलेहरु भन्दानि डेन्जर साबित हुन धेरै समय कुर्नु पर्ने छैन । देशमा भित्री एकाे महाप्रलयकाे पीडा अर्थात बाढिमा हराएका आफ्ना मान्छेकाे खाेजि र गुहार लगाएर सरकारसित चित्त दुखाईकाे गुनासाे गर्दा अनि देशमा भै रहेका अपराध,भष्टाचार,कुकृत्य र समाजलाई अशान्त बनाउने गतिविधिकाे विराेध गर्दा सरकारकाे विराेध गर्याे भनेर सामाजिक सन्जालमा तथानामका गालि गर्दा ती गालिगलाैजमा उत्रिनेहरुलाई सरकारले दिई रहेकाे छुछलाई लिएर प्रधानमन्त्रीलाई गुहार लाउँदा प्रधानमन्त्री हरेक दिन हरेक अपराध र विकृतिका हिमनयतिहरुलाई कार्वाहि गर्ने कुरा त गर्छ तर ती आफन्तलाई कैल्यै कार्बाहि गरेकाे नसुन्दा जनता पनि अब त हिजाे र आजका पाटिमा के फरक रैछ र ! हिजाे एमाले र माओवादि मिलेर गर्ने कनर्य आज रास्वपाले एक्लै गरेर देखाई दिएका छन त्यसैले जति सरकार आएनि ,जसकाे सरकार आएनि आखिर हामी जनताका लागि हैनकि उनकै कार्यकर्ताका लागि हाेईछ भन्ने महसुस सर्वसाधारणले गरि सकेका छन । देश र जनताकन लागि हुन्थ्याे भने याे सरकारले मुख्य त भष्टाचारीहरुलाई कार्वाहि र दैनिक विदेशिने युवाहरुलाई राेक्ने र आफ्नै देशमा उद्याेग धन्दा स्थापना गरि ऐलेसम्म लाखाैँ मान्छेलाई काम दिई सक्नु पर्थ्याे र विकनस निर्माणमा युवाहरु परिचालित गर्नु पर्थ्याे । तर विडम्बना भष्टाचारी छाति खाेलेर सडकमा हिँडिरहेका छन । दैनिक हजाराैँ युवा विदेशिन जहाज चढि रहेकाछन ।
राेजगारीकाे `र` सम्मकाे कतै संकेत छैन । सरकार सबै चिज गर्छु भन्छ गरेकाे केही छैन । गर्छु भनेकन र गर्नु पर्ने काम गर्न कल्ले राेकेकाे छ त्याे पनि भन्दैन, गर्छु भनेर जनतालाई आश गराउँछ तर कैल्यै गर्दैन । के अँझै पनि बालेन सरकारलाई काम गर्न ३५ बर्षे पुरानै दलले राेक्या हुन त ! सँधैभरि अर्कैलाई दाेष दिएर देश बन्ला त ? देश बनाउन त केही गर्नै पर्ने हाेला । अघिल्ले वर्ष जेनजी र याे वर्ष भाेटेकाेशी बाढिले सिध्याएकाे देश बनाउन त्यति सजिलाे छैन । यसका लागि रातदिन नभनेर खटनु पर्छ । देश बनाउन काम गर्नु पर्छ । सामाजिक सन्जालमा गालिकाे वैराे लगाएर हुँदैन । सरकार फेर्न र बनाउन सामाजिक सन्जालमा आैंला चलाएर पुग्छ तर देश बनाउन दशनङ्ग्रा ख्याउनै पर्छ पाखुरा चलाउनै पर्छ भन्ने ज्ञान रास्वपा कार्यकर्तालाई दिनै पर्नेहाेला । त्यसैले त्यस्ताे ज्ञान समयमै दिँदा राम्रो । सरकार के साँच्चिकै जनचाहना अनुसार चल्ला त ! हेरम् कैले सम्ममा आउने हाे सरकार केही गर्दैछ भनेर हाम्लेनि भन्न पाउने दिन !

घुयँत्राे:‘कारबाही आउँदैछ’ भन्दै सरकारको स्ट्याटस आयो, अपराधीचाहिँ ढुक्कले घर गयो!

जेनजी आन्दोलनको एक वर्षपछि पनि बाँकेका १६९

घुयँत्राे:‘कारबाही आउँदैछ’ भन्दै सरकारको स्ट्याटस आयो, अपराधीचाहिँ ढुक्कले घर गयो!

राष्ट्रिय कृषक समूह महासंघको १६औँ स्थापना दिवस

Leave a comment

Your email address will not be published. Required fields are marked *