सामन्ती संस्कार नेपालका पार्टी नेतृत्वमा कहिले अन्त्य होला ?

पृथ्वी बहादुर सिंह/लेखक बाबु खडके महतारा, आमा तुल्सादेवी महताराबाटका चार बहिनी, दुई भाई मध्ये कान्छा छोराको रुपमा पुरानो बजेडिचौर गा.वि.स ७ वडाका“डा हाल सिम्ता गा.पा. वार्ड न. ५ आली सुर्खेतमा २०३७ साल आश्विन ५ गते निम्न मध्ययमा परिवारमा जन्मेका थिए जगत महतारा । ७ वर्षको हु“दा सिम्ता ५ बजेडा आली ने.रा.प्रा.वि.आलिमा अध्ययन शुरु गरेका थिए […]

जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई  थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी

काठमाडौँ, २० भदौ ।  अतिकम विकसित मुलुक (एलडिसी) समूहले जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटसँग जुध्न विकासशील तथा जोखिममा रहेका मुलुकलाई थप वित्तीय, प्राविधिक तथा क्षमता अभिवृद्धिको सहयोग आवश्यक रहेको जनाएको छ । टिमोर–लेस्टेको राजधानी डिलीमामा सम्पन्न अतिकम विकसित मुलुक समूहका जलवायु परिवर्तनसम्बन्धी मन्त्री तथा प्रतिनिधिमण्डल प्रमुखहरूको बैठकले ‘डिली मन्त्रिस्तरीय जलवायु परिवर्तन घोषणापत्र’ जारी गर्दै जलवायु सङ्कटबाट […]

अस्मिताले पाइन् घरमै नागरिकता

बैतडी, १९ भदौ ।  बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । ‘क’ वर्गको अपाङ्गता भएकी १७ वर्षीया पन्तलाई प्रमुख जिल्ला अधिकारी मीना अर्यालले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । मानसिक अपाङ्गताका कारण अस्मिताले जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नागरिकता लिन सकेका थिए । प्रमुख जिल्ला अधिकारी […]

रेडक्रसले भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन

काठमाडौँ, २० भदौ ।  नेपाल रेडक्रस सोसाइटीको ६४ औँ स्थापना दिवस शुक्रबार ‘मानवताको लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ मनाइँदै छ । विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० साल भदौ १९ गतेका दिन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घको सदस्य र रेडक्रसको अन्तरराष्ट्रिय समितिमा आबद्ध भई नेपाल रेडक्रसको स्थापना भएको हो ।  यस सोसाइटीका […]

विपद् प्रभावितलाई बङ्गलादेशद्वारा १० लाख अमेरिकी डलर सहयोग

काठमाडौँ, २० भदौ ।  बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी राहत, पुनःस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न उक्त रकम आज सहयोग गरेको हो । बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले त्यहाँका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक […]

हुम्लामा ग्यासको अभाव

हुम्ला, २० भदौ ।  सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामसमेत सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो ।  हुम्लामा एलपी ग्यासको अभाव नयाँ समस्या भने होइन । भौगोलिक विकटता, ढुवानीको कठिनाइ र यातायातका साधनमा निर्भर आपूर्ति प्रणालीका कारण जिल्लामा दैनिक उपभोग्य […]

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला, २० भदौ ।  जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ । टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदानप्रदानमा समस्या भएको अदानचुली–५ का स्थानीय बालबहादुर मल्लले बताए ।  उनका अनुसार टावर एक सातादेखि बिग्रिएरको छ, […]

एक करोड चौविस लाखमा बन्यो कोशेली गृह

सुर्खेत, २० भदौ । कर्णाली प्रदेश सरकारको एक करोड २४ लाखको लगानीमा बनेको कोशेल गृह आजबाट सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको वडा नम्बर ६ हटियालाईनमा निर्मित उक्त गृहको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले उद्घाटन गरेकी हुन । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतका कार्यालय प्रमूख मुकुन्दनाथ योगीका अनुसार भवन निर्माण भने […]

विदेश भ्रमणको स्मृति : जन्मभूमि र जापान

पूर्ण प्रसाद गौतम/इत्राम जननि जन्म भूमिश्च स्वर्गादपि गरियसी । वसुधैव कुटुम्बकम् । सारा ८४ लाख प्राणीको, सबै वनस्पति र नदि नालाको आमा पृथ्वी हुन् । त्यसमा पनि आफू जन्मिएको स्थान ठाउँ गाउँ देश जे भएपनि अंझ प्यारो । जहाँ गएपनि जहाँ रहे पनि स्वच्छ अवस्थामा मूलत आफू जन्मिएको स्थान नै आफ्नो–आत्मा रमाइ रहेको हुन्छ । […]

स्थानीय तहले प्रदेशलाई बुझाए राजश्व धेरै बुझाउनेमा पञ्चपुरी नगरपालिका

सुर्खेत, २० भदौ । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लाका ९ वटा पालिका मध्ये भेरीगंगा नगरपालिकाले कर्णाली प्रदेश सरकारलाई बुझाउनुपर्ने राजश्व/रोयल्टी गत आिर्थक वर्ष २०८२/०८३ मा नबुझाएको पाइएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार बाँकी आठ वटा पालिकाले भने गत आर्थिक वर्षमा संविधानले तोके अनुसारको रोयल्टी प्रदेश सरकारलाई तिरेका हुन । तर, कर्णाली […]

रसुवाको विनासकारी बाढी   माथिल्लो त्रिशूली–१ को  सुरुङबाट सहासिक उद्धार सफल

ओम शाही  सुर्खेत, २०भदौ । १० भदौको बिहान रसुवास्थित भोटेकोसी नदीमा आएको महाविनाशकारी बाढीले छाडेको सन्नाटा देशको सिमाभित्र मात्र सीमित रहेन । चीनको तिब्बत हुँदै आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका भोटेकोसी तथा त्रिशूली नदी किनारका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍यायो ।  बाढीमा परी १२ सयभन्दा बढी नागरिकले ज्यान गुमाए भने चार हजारभन्दा […]

गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि सिकाइ पुनःस्थापना तथा तीव्र सिकाइ योजनाको कार्यान्वयन र प्रभावकारी संचालन सम्बन्धि  अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गेरुवा गाउँपालिका र बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा विद्यालय नेतृत्वको ज्ञान, बुझाइ तथा क्षमता अभिवृद्धि गरी सिकाइ पुनःस्थापना तथा […]

मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार ठकुरीद्वारा पदभार ग्रहण

सुर्खेत  ,१९ भदौ। मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार सह–प्रा. डा. सुदीप ठकुरीले पदभार ग्रहण गर्नुभएको छ। भदौ १८ गते विश्वविद्यालयमा आयोजित स्वागत तथा पदभार ग्रहण कार्यक्रममा उहाँलाई औपचारिक रूपमा स्वागत गरिएको हो। सोही अवसरमा निवर्तमान रजिष्ट्रार सह–प्रा. डा. अर्जुनबहादुर अयडीलाई सम्मानसहित विदाइ गरिएको छ। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति तथा कार्यक्रमका अध्यक्ष सह–प्रा. ई. डा. राजन सुवालले नवनियुक्त […]