रसुवाको विनासकारी बाढी   माथिल्लो त्रिशूली–१ को  सुरुङबाट सहासिक उद्धार सफल

ओम शाही 

सुर्खेत, २०भदौ ।

१० भदौको बिहान रसुवास्थित भोटेकोसी नदीमा आएको महाविनाशकारी बाढीले छाडेको सन्नाटा देशको सिमाभित्र मात्र सीमित रहेन । चीनको तिब्बत हुँदै आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका भोटेकोसी तथा त्रिशूली नदी किनारका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍यायो ।  बाढीमा परी १२ सयभन्दा बढी नागरिकले ज्यान गुमाए भने चार हजारभन्दा बढीको अवस्था अझै अज्ञात छ । 

हजारौं नागरिकलाई उद्धार गरी होल्डिङ्ग सेन्टरमा राखिएको छ । बाढीबाट ज्यान जोगाएकाहरूको जीवन पनि सहज छैन । कोही आफन्तको खोजीमा छन्, कोही घरबार गुमाएर विस्थापित भएका छन् । हराइरहेका आफन्त सकुशल फर्किने आशामा परिवारहरू दिन गनिरहेका छन् । भोटेकोसीको बाढीले नदी तटीय क्षेत्रका बस्तीमा मात्र क्षति पुर्‍याएन । 

ऊर्जा उत्पादनको हब मानिने रसुवा र नुवाकोट जिल्लाका ११ नदी र एक सौर्य प्रणालीमा आधारित गरी १२ जलविद्युत् आयोजनामा पनि ठूलो क्षति पुगेको छ । बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनाका मुख्य सुरुङ, हेडवर्क्स (बाँध) र पावर हाउसमा सयौँ प्राविधिक तथा कामदार फसे । उनीहरूमध्ये धेरैको अवस्था अझै अज्ञात छ ।

तर, बाढी आएको १० औँ दिनमा शुक्रबार दुई जनाले भने नयाँ जीवन पाए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार जलविद्युत् आयोजनामा कार्यरत रहेर सम्पर्कविहीन भएका नौ सय ४५ जनामध्ये दुई जनालाई शुक्रबार सकुशल उद्धार गरिएको हो । नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा चीन र भारतका अनुभवी सुरुङ विज्ञको संयूक्त टोलीले शुक्रबार त्रिशूली–३ ‘ए’ को पावर हाउसबाट दुई जनालाई सकुशल बाहिर निकालेको हो । 

६ दिनदेखिको निरन्तर प्रयासपछि सप्तरीका ३० वर्षीय मेकानिकल फोरम्यान सञ्जय साह र बालकुमारी–३, काठमाडौंका ४५ वर्षीय मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई सुरक्षाकर्मीहरुले सहासिक उद्धारमार्फत जिवित निकाल्न सफल भएका हुन् । गृह मन्त्रालयका अनुसार सञ्जयको अवस्था सामान्य छ भने, महर्जन शिक्षण अस्पतालको आइसियुमा उपचाररत छन् । 

दुई जनालाई जीवितै उद्धार गर्न सफल भएपछि त्रिशूली–३ ‘ए’ को भूमिगत विद्युतगृहमा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ । उक्त सुरुङमा अझै ४० जना फसेको अनुमान गरिएको छ । बाढीले पुरिएको १० दिनपछि नेपालकै इतिहासमा सहासिक सुरुङ उद्धारमा सफलता मिलेको यो पहिलो पटक हो । 

भोटेकोसीमा आएको बाढीपछि सुरुङमा फसेकाको उद्धार गर्न विश्वमै कुनै पनि प्रविधि नै नरहेको प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा उद्घोष गरेका थिए । तर, त्यसको दुई दिनपछि उद्धारकर्मीले सुरुङ छिचोलेका हुन् । नेपालको इतिहासमा भोटेकोसीको जस्तो भिषण बाढीको सामना गर्नुपरेको थिएन । साथै, यस्तो जटिल प्रकृतिको सुरुङी उद्धार पनि नेपालमा भएका थिएनन् । 

त्रिशूली–३ ‘ए’ ६० मेगावाटको सञ्चालमा रहेको जलविद्युत आयोजना हो । नेपाल विद्युत्‌‌ प्राधिकरणका अनुसार यो आयोजनाको हेडवर्क्स/इन्टेक सल्लेटार रसुवामा छ । त्यहाँबाट ४ हजार ९५ मिटरको सुरुङमार्फत जमिनभित्रै ६० मेगावाट बिजुली उत्पादन गर्ने पावर हाउस छ । जुन सुरुङको ब्यास ५.४ देखि ५.९ मिटरको रहेको छ । भूमिगत पावर हाउस भने सिम्ले क्षेत्रमा पर्छ । यो नेपाल विद्युत्‌‌ प्राधिकरणको स्वामित्वको आयोजना हो । जसको संरचना निर्माण चीनको गेजुवा ग्रुपले गरेको हो ।

खोज तथा उद्धार कार्य जारी 

त्रिशूली–३ ‘ए’ को सुरुङ खोलेर दुई जनाको जिवितै उद्धार गरिएको भएपनि १० आयोजनामा खोज तथा उद्धार कार्यमा भने सफलता प्राप्त हुन सकेको छैन । बिहिबार २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङ खोलेर दुई जनाको शव निकालिएको थियो । बाढीले थुनिएका सुरुङमा फसेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, आयोजना प्रवद्र्धक कम्पनीसँगै भारत र चीनका अनुभवी सुरुङ उद्धार विज्ञको संयूक्त टोली निरन्तर खटिएको छ । 

बाढीले स्थलमार्ग पूर्णरुपमा बन्द गराएपछि कतिपय आयोजनास्थल पुग्न भइरहेको भौगोलिक कठिनाई र मौसमी प्रतिकुलताले खोज ताथ उद्धारमा समस्या भइरहेको नेपाली सेनाले जनाएको छ । रसुवा र नुवाकोटमा भोटेकोसीको बाढीले सञ्चालनमा रहेका आठ र निर्माणाधीन चार गरी १२ जलविद्युत् आयोजना रहेकोमा ११ वटामा ठूलो क्षति पुर्‍याएको छ, जसमा दुई सय ८१ मेगावाटका आयोजना सञ्चालनमा थिए भने तीन सय ८८ मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा थिए । 

रसुवा र नुवाकोटमा रहेका आयोजनाबाट उत्पादन हुने ६ सय ६९ मेगावाट बिजुली बाढीबाट प्रभावित भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले उपलब्ध गराएको तथ्यांकअनुसार क्षतिग्रस्त ११ वटा सञ्चालित र निर्माणाधीन जलविद्युत्‌गृहका टनेलमा सयौँ कामदार र प्राविधिक फसेका छन् । जलविद्युत् परियोजनामा फसेकामध्ये हालसम्म तीन सय ६१ जनाको उद्धार गरिएको छ भने नौ सय ४३ जना अझै हराइरहेका छन् । 

अँध्यारो सुरुङभित्रका ति निस्पट १० दिन

शुक्रबार बिहान उद्धार टोलीले सञ्जय साहलाई सुरुङबाट बाहिर निकाल्दा उनको अनुहारमा डर र थकान दुवै देखिन्थ्यो । तर, त्यसभन्दा ठूलो खुसी सञ्जय मृत्युको मुखबाट फर्किएर उज्यालो संसारमा आएका थियो । 

नेपाली सेनाका जवानले उनलाई पिठ्युँमा बोकेर आकस्मिक उपचारस्थलतर्फ लैजाँदै थिए । त्यसै क्रममा सञ्जयले क्यामेरातिर हेरेर हात उठाए । आफू धेरै असहज नभएको संकेत गरे । तर, त्यो हात उठाउनुअघि उनले बिताएका १० दिन सहज थिएनन् । सुरुङभित्र उनका लागि निस्पट अँध्यारो र त्रासदीपूर्ण क्षण मात्र थिए । बाहिर के भइरहेको छ भन्ने थाहा थिएन । 

उद्धार टोली कहिले आइपुग्छ भन्ने निश्चित थिएन । प्रत्येक क्षण जीवन र मृत्युबीचको संघर्षजस्तो थियो । सुरुङको एक छेउमा थकित र लखतरान भएर पल्टिनुबाहेक उनीसँग अर्को विकल्प थिएन । तर, उनले उद्धार हुने आशा भने मर्न दिएनन् । हिम्मत जुटाएर हरेक क्षण उद्धार टोलीको प्रतीक्षा गरिरहे । अन्ततः शुक्रबार त्यो बेग्र प्रतीक्षा घडी सकियो । 

उद्धार टोलीले सुरुङको माथिल्लो भाग फोडेर भित्र प्रवेश गर्‍यो । त्यसपछि अँध्यारो सुरुङभित्र उद्धार टोलीको आवाज गुञ्जियो, ‘कोही हुनुहुन्छ ? नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ ।’ ती शब्द सञ्जयका कानमा परे । उनले जवाफ दिए, ‘हुन्छ ।’ सुरुङभित्रबाट मान्छेको आवाज आएको पुष्टि भएपछि उद्धार टोली थप सक्रिय भयो । 

केही समयमै सञ्जयलाई सकुशल बाहिर निकालियो । बाहिर आएपछि नेपाली सेनाको मेडिकल टोलीले उनको स्वास्थ्य अवस्था जाँच गर्‍यो । सञ्जयले आफ्नो परिचय दिए । उनले सुरुङभित्र रहेका अन्य व्यक्तिहरू पनि सकुशल रहेको बताएका छन् । १० दिनसम्म अँध्यारो सुरुङभित्र मृत्युको डरलाई जित्दै बसेका सञ्जयका लागि शुक्रबारको दिन उद्धारको दिन मात्र थिएन । त्यो उनका लागि फेरि उज्यालो संसारमा फर्किएको दिन र परिवारमा छाएको सन्नटाको अन्त्य । 

कन्ट्रोल रुममा काम गरिरहेका इन्जिनियर सञ्जय शाहले अरुलाई बचाउने क्रममा आफू भित्रै थुनिएको प्रारम्भिक बयान दिएका छन् । कन्ट्रोल रुमको जिम्मा नै आफूसँग भएपछि पहिलो प्राथमिकता अरुलाई दिएको र भगाएको उनको भनाइ छ । अरुलाई भगाउँदाभगाउँदै आफू निस्कन नपाएको उनको भनाइ छ । 

उद्धारमा खटिएको सेनासँग कुरा गर्दै उनले  भित्र ४० देखि ५० जनासम्म रहेको बताएका छन् । कन्ट्रोल रुमको आफ्नो छेउछाउ ३/४ जनासँग सम्पर्क भएको उनको भनाइ छ । जमिनभित्रै रहेको पावर हाउस करिब तीन देखि चार तलाको छ । बाढीले धेरैको जीवन खोसेको त्यो त्रासदीबीच सञ्जय र कबिरको जीवित उद्धारले भने सुरुङमा फसेका अन्य व्यक्तिहरु पनि सकुशल हुनसक्ने आशा जगाएको छ । 

रसुवाको विनासकारी बाढी    माथिल्लो त्रिशूली–१ को   सुरुङबाट सहासिक उद्धार सफल

स्थानीय तहले प्रदेशलाई बुझाए राजश्व धेरै बुझाउनेमा

Leave a comment

Your email address will not be published. Required fields are marked *