विदेश भ्रमणको स्मृति : जन्मभूमि र जापान

पूर्ण प्रसाद गौतम/इत्राम
जननि जन्म भूमिश्च स्वर्गादपि गरियसी ।
वसुधैव कुटुम्बकम् ।
सारा ८४ लाख प्राणीको, सबै वनस्पति र नदि नालाको आमा पृथ्वी हुन् । त्यसमा पनि आफू जन्मिएको स्थान ठाउँ गाउँ देश जे भएपनि अंझ प्यारो । जहाँ गएपनि जहाँ रहे पनि स्वच्छ अवस्थामा मूलत आफू जन्मिएको स्थान नै आफ्नो–आत्मा रमाइ रहेको हुन्छ । कुनै वितेका घटना खेलेका कुरा सपनामा स्वतः जागृत हुन्छन् । त्यसैले मैले आफ्नो जन्म मिति २०१२/५/४ मा भएको मेरो जेठो बुवा हरिलाल उपाध्यायले लेख्नु भएको चिना कुण्डलिबाट प्रमाणित हुन्छ । जन्मकुण्डलिमा मेरो नाम पुण्य प्रसाद उपाध्याय लेखिएको छ । त्यसपछि ३ वर्ष छ महिनासम्म पृथ्वी र आकासको गर्भमा भुलिएछ । कर्म भूमिमा यो कस्तो भयो केहि थाहा छैन । त्यसपछि २०१६ सालको तिहारमा आमाबुवा दैलेख हालको भैरवी गाविस तोरिमूल वाट डोटि खलङ्गा शिलगढि जाने क्रममा २ वटा ठूला खसी भरिया ध्यू रोटिको परिकार सहित अछामको उकालो ओरालो, पन्चदेवल कुच्ची विनायक साँर्फे खोला तर्दा बुवाले आफ्नो गर्धन पीठमा राखी पटुकाले बाँधेर खोला तरेको । आमा विसाई मारी दूध खुवाएको याद आउँछ । डोटी शिलगढीमा मावली घरमा पिङ्ग खेलेको, लोटेको याद छ । त्यहाँवाट घर फर्केर जन्म थलो तोरिूलमा गाई, गोरु र बाख्रा चराउन जाँदा वन पाखा खोलाको सम्झना अहिले पनि ताज छ । वाल्यकालमा दिदीदाई सँग खोला तर्न र पौडि खेल्न सिकियो । प्रकृति माताले फलाएको चैत्र वैशाखको गर्मि यासमा तिजु, औसेल,ु चुत्रो, कोइरालाको फूल, काफलगिठाको स्वाद वर्षामाषमा खनिया, वेडुला, टिमिला, गुयसी, काली, औसेलु तरकारीमा निहुरो ढोडे, कालि निहुरो, वाँस–तामा, निगालाका टुसा, घरका झालापात ,हरिया मकै, काक्रा, फर्सी, चिचिन्डा, बोडी, सिमि, दही, दूध ध्यूको छेलो खेली केहिकमि थिएन ।
असोज कार्तिकमा अम्बा, केरा, नयाँ भुटमास, अत्रको स्वाद, पौष माघ फागुनमा डोकाका डोका तरुल, पिंडाल,ु आलु, उखु कोलमा पेलि रस तताई खुदो गुडको परिकार तातो गुलियो रसको कमि थिएन । खोला खेतमाः कल कलि भएका मूल पानी कति स्वस्थ हुने रमाईलो वातावरण र स्वस्थ जीवन । झोलामा एउटा वर्णमाला हातमा कालो काठको चप्टो पाटी खरी ढुङ्गा लिएर गुरु कहाँ पढ्न गएको कति तिकुरा जे सिकाए त्यही कण्ठ ।
घरमा आउँदा बुवा, दाईहरूले नाम्लो, डोरी बनाएको, आमाले बनाएको खाना, कति स्वादिलो । घरमा पीठो पिस्ने जातो, धान कुट्ने ढिकीजे अभाव छ त्यो पूरा घरैबाट हुन्थ्यो । गाईभैंसीको दूध दहीबाट सँगालेको घ्यू घरैमा संकलन गरि हिउँद पौष महिना तिर मदेस तराईमा नेपालगंज राजापुर सम्म हिडि ध्यू वजारमा विक्रि गरेर प्राप्त पैसाले वर्षभरी सबै परिवारलाई पुग्ने गरी लुगा फाटा,े नून, मसला भाडावर्तन, धरायसी उपयोग्य वस्तु फलाम सहित ल्याईन्थ्यो । वर्षमा १।१ जोर नयाँ कपडा पाउँदा कति रमाइउथ्यौ ।
गोठभरी गाईभैंसी दूध दोइन्थ्यो ठेकीमा
भातखाने धान कुटिन्थ्यो आफैढिकिमा ।
तिज आयो भाई आयो रमेर गईन्थ्यो ।
आमाले पकाएको खिर र चाम्रे खाजा कति खाईन्थ्यो ।
कसैका श्रीमान आई.ए.वि.ए. पास ।
कसैका श्रीमान दाउरा घाँस पास ॥
गाउँघरमा तिजमा कसैका पूजाआजा विवाह भजन कीर्तन गाना । गाउले जात्रामा मेलापातमा विभिन्न लोकसैलीका गीत, सोरठी नांच मारुनी,जेठा छोरा जन्मिए घमारी कति राम्रो । आमाको माईत टाढा भएर गुरुङ्ग मगरनी आमा सँग मितेरी नाता जोड्दा सामुदायिक नाता जोडिदा कति प्रिय । दलित भएपनि नाता जोडेर वोलेको समाज कति बलियो थियो । त्यो सबै अहिले तोडिएको जस्तो लाग्छ । राजनैतिक वातावरणमा त्यो मेलमिलाव भावना कमि नै छ ।
९ कक्षाको वार्षिक परीक्षाहुँदै अवस्थामा २०२७ पोषमा पिताजीको परमधाम भएकोले जाँच सकिना साथ घर पुगि काज किरिया गरेको हो ।
त्यसै क्रमले १०/१२ वर्ष गाँउमै साधारण शिक्षा प्राप्त गरि नि.मा.वि.मा.वि. मा पढ्न दैलेख सुर्खेत बजार आउन पर्ने । म पनि आफ्नो नाता गोताको सहाराले सुर्खेत आएँ । २०२४ साल माघमा त्यसवेला सुर्खेत कटुकुवा, गोठीकाँडा, गरगरेसम्म सैताम्मे हिउँ परेको । दैलेख बाट आउँदा लेख बाटोमा हिउँ परेको थियो । मैले कक्षा ४/५मा दैलेखमा वास्ठानामा चेतानन्द स्वामीबाट शिक्षा प्राप्त गरेको थिएँ ।
पब्लिक हाई स्कूल सुर्खेत वीरेन्द्रनगरमा हेडमास्टर मावलि दाई पद्य केशर खनाल र सानीआमा पस्शुए पौडेल हुनुहुन्थ्यो । मेरो औकात हेरि कक्षा ७ मा भर्ना भए । ४ वर्ष यो विद्यालयमा पढि २०२८ सालको पहिलो सालमा एस.एल.सी परीक्षा उत्तिर्ण भए ।
पिताजी नभएर अभाव अन्य व्यवहारवाट असक्त अवस्थामा आमाले दाईहरूलाई भन्नुभएछ । अब कान्छो छोराको विहे गर्नु पर्यो । मेरो कुरा चलेकोले २०३० साल जेठमा आमाको इच्छानुसार मेरो विवाह दैलेख राईलीमा चालिसे परिवारको चेली मेरो जिवन संगिनी, चन्द्रा गौतम सँग विवाह भएको हो । विवाह गरेको १ वर्षपछि २०३१ अषाढमा आमाले सबै छोरा छोरीबाट विदा लिनुभएको हो । त्यतिखेर संसार निस्ठुरी रहेछ । एक्लोपन महसुस भयो । तैपनि गर्नुपर्ने कर्म गर्दै जाँदा जागिरमा आश्रित हँुदै २०२९ साल जेठ/अषाढ असोज कार्तिक ४ महिनामा पहिलो जागिर मास्टर भए । दैलेखमा २/२ महिना पढाइयो दाजु लक्ष्मी प्रसाद गौतमको सहाराले सुर्खेत रा.वा.बैंकमा २०२९ माघ १ गते देखि सहायक ग तेस्रो तहमा जागिर पाईयो । त्यो साल राजा विरेन्द्रको देश दर्शन विकास भ्रमण क्रममा सुर्खेत सवारी भएको कारणले २०२९ साल सर्वेनापी भएकोले कर्मचारीको आवश्यकतानुसार काम गर्न मौका मिल्यो । सो प्रगतबिाट ३० वर्ष सम्म हिमाल, पहाड, तराई सबै गरेर ८/१० जिल्लामा घुमियो ४७ वर्षमा जागिर छोडेर धार्मिक संस्थामा सामाजिक घरायसी काममा भुलियो । यही अवधि भित्र जन्म थलोमा कुलदेवताको पूजा गर्ने हिसावले दाईभाई महिला परिवार सबै गयौं ।
पहिलेको जस्तो खेती उर्वरा गडा पाखा सबै खन्यान काँडाघारिमा परिणत । भएका मूलपानी सुकेका गाउँको विकास गर्ने क्रममा डोजर लगाएर नजाने पहिरो भूक्षय भएको जन्म थलो मानाको विजोग देखियो ।
भन्नाको तात्पर्य विकास गर्ने हो सुविधा जनतालाई दिने हो । व्यक्तिगत थोरै समुदायको लागि फाईदा गर्ने जयाभावि डोजर लगाउने तुरुन्तै दिगो विकासका ध्यान नदिने । १५/२० दिन बोझ वोक्ने जनतालाई निश्चित बजार तोकी पक्कि वाटो सुविधा दिँदा राम्रो हुन्थ्यो । २–३ घण्टा त हिँडेरै जाने आफ्नो उत्पादन विक्रि गराउने पर्ने । स्थानीय प्राकृतिक उत्पादनमा ह्रास आउन नदिने हो । प्राकृतिले दिएको मूलपानी जंगल वनस्पति फलफूल मासिने थिएनन् । विकासका नाममा पानी स्रोत धराउन्दा जंगल मासिएका प्राकृतिक प्रेमी जनता दुखिछौं यि त भए जन्म भूमिमा भएका मनका कुरा ।
२०७९ भाद्रमा मेरो संगिनीलाई प्रेसरबाट मष्तिक गिदिमा रगत जमेर बेहोस भईन । सुर्खेत, नेपालगंज अस्पतालबाट न्यूरो अस्पताल काठमाडौबाट होस फर्काइयो । पूर्ण अवस्थामा नभएपनि दाहिने हात अलि राम्ररी नचलेपनि सामान्य काम आफै गर्न थालेपछि जापान लैजाने निधो गरियो । अब जापान भ्रमण गर्दाको कुरा राखौं । २०८० माघ महिनाको ३ गते सुर्खेतबाट छोरा बुहारीको आग्रहमा जापान जाने निश्चय भयो । सोहि दिनमा सबै छोराछोरी कान्छा छोरा शिव र छोरी विधाको साथ सहयोगमा काठमाडौं प्रस्थानबाट उडान भयो ।
साथमा अर्धाङ्गिनी चन्द्रा गौतमसंग काठमाडौं ४ दिन बसी २०८० माघ ७ गते काठमाडौंबाट जापान नरिता एयरपोर्टमा अवरण गर्ने गरी जन्मभूमि छोड्यौँ नेपाल एयर लाइन्सको प्लेन टिकट रातको १२ बजेर ११ मिनेटमा उडान भयो । २०२४ साल २२ जनवरी सोमबार नरिता विमानस्थलमा अवतरण गरियो । १०० जनाजति नेपाली थियौ बाँकी जापानी र अन्य देशका नागरिक ।
सफा सुन्दर स्वच्छ वातावरण पानी परेर फाटेको आकास विहान ९ वजेको थियो । कोही ठूला कोही साना २ पाखे घर विभिन्न चरण पारगरी आन्तरिक टर्मिनल भवन एरियाबाट छोरा जगदिशले गाडी अड्याएर हामी आउने स्थान र ह्वील चियरमा श्रीमती डोराउने नेपाली महिलाले रोवर्ट, मेसिनले, झोलाचेक गरेको मानिसको भीडमा छोरासँग भेट गराई त यस्तो सुविधा काठमाडौंबाटै रकम बुझाईएकोले सजिलो भयो । नत्रत दूधे बालक जस्तो हुने थियौ भाषाको अज्ञानतामा ।
जापान नरिता भन्नाले ब्यस्त हवाई जहाज चल्ने स्थान साथै यात्रुहरु ओहोेर दोहोर गर्ने स्थान हो । तर सिमित टर्मिनल भवन भित्र मात्र । बाहिर देखिने गरेर छर्पस्ट मानिसहरु भीडभाउ छैन ।
घरायसी सामान खानेकुरा लुगाफाटो भाँडावर्तन अन्य जे पनि हुन्छ सो सबै सुपरमार्केटमा गाडी लग्यो बिसायो । सामान चाहिने जति किन्यो गाडीमा राख्यो, लग्यो । सडकमा छर्पस्ट सामान मानिसको भीड कतै छैन । कार गाडीहरु कम्पाउन भित्र हुन्छन् इच्छाअनुसार लिने पैसा बुझायो गाडी लिने घरैमा पुर्याउने, रेल लाईन मै जक्सन फार्मसँगै बस ट्याक्सी, कार लाईनमा छन् । आफ्नो ईच्छाले जे चढ्ने हो चढ्यो । लामो दूरीसम्म हिड्न नपर्ने । ठूला प्लेट फार्ममा मात्र तलमाथी गरेर पुनः रेल चढ्नुपर्ने रहेछ । थाह पाएसम्म सबै झोलाहरु एकत्रित गरेर गाडीमा हाली छोराले गाडी स्टार्ट गरिहाल्यो । चारैतिर माकुराले जालो बुजेझैँ, विकासका सडक मोटर रेल तलमाथी कतै अवरोध नभै कुडिरहेका छन् । सडकमा मानिस कति पनि छैनन् । गाडीहरु जनसुकै बाटोमा कुदिरहेका छन् । रेलले आफ्नो बाटो काटिरहेको हुन्छ । सारा गाडीहरु, रेलेलेबाट आवाज ध्वनी र धुवाँ फालेको थाह छैन । शान्त सफा चुपचाप नबोली मेसिनहरु ढोका बनेर खुल्छन बन्द हुन्छन् । मानिसले ठाउँठाउँमा तिर्ने चार्ज मेसिनमा राख्यो ढोका तगारा खुल्ने र तरुन्तै बन्द हुने । सडकमा पेटीमा कतै पनि सामान वाहिर छैन ।
धन्य हो सरस्वती माता कस्तो कम्प्यूटर मेसिनहरु संसार बनायौ ।
नेपालमा विकास गर्दैनन् नेताहरु भन्छन् कर्मचारीहरु व्यक्तिकै दोस्तीछन् । सरस्वती माता कहिले आउनेहुन हाम्रो देशमा । नरिता शहरको माकुरा जालोझै सडक घुमेर जापान चिवा जिल्लाको साकुरा भन्ने स्थानमा डेरामा आयौँ । डेरामा पुगेपछि १ हप्ता त शौचालयको सिस्तम तरिका, भान्साको धारा ग्याँस, भाँडा वर्तन प्रयोग गर्ने एसि, हिटर तातो गर्ने तरिका बुझ्न लाग्यो । सकेसम्म बुझियो पनि किनकि वुहारी सुत्केरी भएकाले मैले सिक्न वुझ्न पर्ने बाध्यता थियो । छोरा जगदिश गाडी चलाउने काम गर्न अस्पताल धाउन ठीकै हुने ।
भतिजले पठाएको समान १ झोला छुटेको रहेछ । मेरो पासपोट नम्बरले छोरालाई फोन आयो । फेरी लिन जाँदा पासपोर्ट नम्बरले पहिचान गरेर झोला बुझाउन एउटी महिला आईन कति ईमान्दार रहेछन जापानी जनता । छलकपट गर्ने हल्ला मच्चाउने रहिन्छन् । हराएको समान मानिस खोजि गरेर सम्वन्धित व्यक्ति वा स्थानमा पुयाउने रहेछन् । जेठो छोराको छोरी नाती जलिएको १५/२० दिन भएपछि डेराबाट अस्पतालमा गयौं धेरै जसो सुत्केरी महिलाहरु आफ्नो बच्चालाई छोडेर बाहिर आउने । डाक्टरले भने अनुसार बच्चा हेर्नजाने दूध खुवाउने । वच्चा भएको स्थानमा जे जसरी सुरक्षा हुन्छ त्यसरी नै डाक्टरको निर्देशन बमोजिम चल्न नपर्ने । आफ्नो बच्चा भेट्न ज्याँदा नुहाएर सफा लुगा लगाएर मात्र जानपाइने । अरु जो कसैलाई पनि भेट्न नदिने नियम ।
साकुराबाट रेलबाट टोकियो गईयो । रेलको दायाँ वाँया सटेर घर बनेका बस्ति । नेपालको वनवास जस्तै वाक्लो जङ्गल बाटाको दाँया बाँया वाक्लो झाडी । अग्लो नेपालको उच्च पहाडी भागमा पाइने जस्ता रुख झाडीहरु मिल्दाजुल्दा टोकियो मूल स्टेशनमा पुग्दा ४ दिसाबाट रेलहरु प्रवेश गर्ने जमिनमुनि र जमिन माथी ३/४ तला रेलवे प्लेट फार्म । आफ्नो लाईनबाट आउने बाटो आउँदा तलमाथी पर्ने । मानिसको भीडभाड आफ्नो लगेज घिसारी हिड्ने बोल्ने हल्ला गर्ने जयाभावी थुकी फोहर गर्न नपाइने एरो चिनेर हिड्न पर्ने । १/२ पटक हेरेर हिडेर केही मेसो नपाइने १/२ वर्ष लगातार आउने जाने नगरेसम्म कहाँ आइयो कहाँ जाने केही थाह नहुने । एक प्लेट फार्मबाट अर्को प्लेट फार्म जान ३/४ तला सिडी नहिडी सुख नपाइने बुढा खाडी हिड्न नसक्ने गोडाको रोगीलाई सम्भव छैन त्यही बुझेर छोराले सासु वुहारीलाई छोडेर गएको हो ।
१२/१५ रेलले जक्सन पार गरेर मध्य टोकियो शहर । चारैतिर सडक गल्ली विच विचमा भएर रेलको लाईन अलगै एउटा हेर्न लायक करिव ५०० मिटर अल्लो आर्यात ४५० मिटरसम्म मानिस ओहोर दोहोर गर्न सकिने लिफ्ट । ४५० मिटर अग्लो स्थानमा रेलवे प्लेट फार्म जस्तो मचान बनाइएको । सिसै सिसाकोबाट तल शहर गल्लीको रेल मोटर गुडिरहेको देख्न पाईने फोटो खिच्ने अग्ला अग्ला पहाड हिम शिखर पनि देखिने कस्तो मनमोहक मोबाइल स्काइव गर्ने ४/५ सय मानिसको भीड कति नफाट्ने आउने जाने क्रम मिलाइएको । १/२ घण्टा सम्म बस्न पाइने नियम । जुस स्क्वास पानी र मिठाइ चकलेट खान पाइने चोरैे तिरहेर्दा घरै घर सिसा बाहिर फलाम रिस्टल्का डण्डि चारैतिर पिंजडा जस्तो बनाइएको हो । टोकियो स्काइ ट्रि टोकियोको हरियो रुख । आकासे रुख । कस्तो कालिगढी कस्ता सरस्वतीमाताले दिएको
विद्याप्रयोग विश्वकर्मा जस्ता इन्जियर, ठेकेदार कुवेर लक्ष्मी माताको भण्डार पाएको सरकार धन्य हो । मेरो जीवनमा पहिलो पटक विकास चमत्कार देख्न पाएको श्रीमतीलाई चक्कर लाग्ने डरले माथी लिफ्ट चढ्नदिएन । पहिलो जग तल्लामै कुरायौं बेलुवा ५ वज्न लाग्यो फर्किने क्रम भयो पुनःट्रेन चढेर दाँया वायाँ दृश्य डेराबाट १५/२० कि.मि. जति जाँदा मोनो रले नेपालको ४ नाईटबस वरावर । गाडी हेर्र्ने डिव्वा झुण्ड्याएर यात्रुहरु शहर माथिबाट वडो स्पिड चलाउने कस्तो क्षमता गर्दछन । तल्लो सतहबाट पनि रेल लोकल एक्सप्रेस बस गाडीहरु तरेली छुटेरहेका छन् । गाउँ वस्ती शहर पानी मोटर बाटो रेलवेको लाईन आफ्नो आफ्नो ठाउँमा छ व्यस्त छन् चलिरहेका छन् ।
अन्तिम जक्सनमा जमिनमा मोनो रेल अडिएपछि खुला पार्क भएर समुन्द्र छेउमा गईयो समुद्रमा पनि धेरै वोटहरु चलिरहेका छन । ठूला ठूला पानी जहाज १/२ घण्टा चारैतिर हेरेर चिया खाएर पुन डेरामा एक्सप्रेस रेलमा चढि डेरामा पुग्यौँ ।
डेराबाट २०/२२ कि.मि. टाढा अलि उच्च थुम्को समथर भागबाट १/२ कि.म. उच्च सफा पिच रोड हुदै नेपालका बुद्ध मन्दिर जस्ता छत्रकार प्यागोडा शैलीका स्वयम्भूनाथ बौद्ध मन्दिर जस्ता ठूला ठूला देवदार धुपि सल्ला खर्सुका रुखले घेरिएको । सफा आगन बाटा द्वार, द्वार प्रवेश गर्ने स्थानमा हात छुने व्यवस्था । पानीमा बसेका नेपालका नारायण शालीग्राम जस्ता मूर्ति दर्शन गर्नलाई पैसा प्याक्न पर्ने ।
विच विचमा जलाशय साना साना ताल पनि भएका वुद्ध भगवानका मन्दिर जाँदा हात धुने किनकि वुद्ध भगवान अहिंसा वादीभएर होला माँस मदिरा चुरोट लिनेहात पखालेर भएपनि हात जोरेर नमन गर्ने एकीछन भएपनि ध्यान गर्ने धुपिसल्लाको धूप अग्निकुण्डमा राख्ने । दानपात्रमा पैसा राख्ने चलन जापानीहरुमा पनि रहेछ । धेरै जसो आस्तिक धर्मभावान प्रति नेपालकै वुद्ध धर्मसंग मेलखाने शान्त २/४ घण्टा ध्यान गरौ गरौ जस्तो लाग्ने वडो मनमोहक लाग्ने । आफ्नै जन्मभूमिजस्तै मन एकाग्र हुने रहेछ । अग्लो स्थानवाट शहर देख्ने प्रयास गरियो वाटो नभएर मनको इच्छा बाँकी रहयो । पुनः आएमा प्रयास गरोला भन्दै गाडी हटाउने संकेत भएकोले वजन पोखराका ढकाल बाबु भएकाले आफ्नो डेरामा लाग्यौँ ।
करिव ५ कि.मि. टाढा सुर्खेतकै काँक्रेविहार डाँडा जस्तै । अग्लो नेपाल उच्च पहाडको वनस्पतिले भरिएको जंगल धूपिसल्ला, देवदार, गोव्रेसल्ला अन्य काँडादरे साना साना बुट्यान मैदान फूलहरुले सजिएको धाममा बस्ने वेच्चहरु पनि प्रसस्त साना साना ताल भएको अग्लो टाकुरी भएपनि वाहिरको शहर हेर्न पाईएन । ठुला ठुला कम्पाउण्ड वालले छेकिएकोले खास संग्रहालय हेर्न समयाभावले पाईएन । दिनको ३ बजे भित्रै प्रवेशवाट पुग्नु पर्ने हामी पुन सोही नेसनल म्युजियम अफ जापानमा गयौं । मूल द्वारमा नै आउने जाने पर्यटकहरुको भीड । भित्र जानैलाई निश्चित स्थानमा लाईन लगाईन्यो । प्रवेश शुल्क लिएर १ देखि ६ नं वृक्ष हेर्न क्रमै संग १ नांमा गयौं । जापानीहरुका पूर्ण आदिवासीहरुको जीवनसैली घर भाँडाकुडा हातहतियार खेती खाने कुरा पाल्तुजनावरदेखि दोश्रो विश्व युद्धमा लडाई गरिएका प्रयोग भएका हातहतियार, पानी जहाँज प्रेसर बम, हतियार, सेनाहरुलाई कव्जा गर्ने लडाईदृश्य साना घर जंगली जलचरको दृश्य पढ्ने पुस्तक लामा लामा ज्योतिष चिना जस्ता पात्रा वोर्ड आदि देख्दै भेषभुषा पानीजहाजमा सेनाहरु ओसारपोसारा पहाडमा चढाई गर्ने देखिएको छ । वडा हेर्न लायक अति सफासुग्घर खाना मानिसहरु ओहेर दोहेर गर्छन् । विचमार्ग पार्क जस्तो वाहिरको दृश्य देखाएर रेष्टुरेन्ट समेत चलेको
अन्य ६ नं रुममा वार ईज वोभर हिरोसिना र नागासाकीमा २/३ लाख निदोर्ष मानिसले ज्यान गुमाएकाले होला सेनाहरु नेताहरु शान्ती प्रस्ताव गरिएको जस्तो देखियो । १ घण्टा ढिला गयौ बाहिरको घिरघिरिको दृश्य ताल, मैदनी भाग अग्ला अग्ला वृक्ष विश्रामस्थल नास्ता लिने स्थान हेर्दै औद्योगिक क्षेत्र पनि बाहिरी भाग मात्र हेर्यौ । विशाल विशाल कम्पाउण्ड भित्र, डोजर स्कोभेटर साना, ठूला मेसिन कारखाना, टिप्पर, करिको मोटरसाईकल कार, कारखाना घर निर्माणमा गर्ने झ्याल, ढोका, बाथरुम शौचालयका सामान बन्ने कारखाना । ४/५ नेपालीहरु चितवन, सुर्खेत, दैलेख पोखराका युवाहरु त्यही काम गर्ने रहेछन् ।
एक्सप्रेस रेलबाट टोकियो ओ कलास शहर ठूलो ट्रेन प्लेट फार्म पुगेर ३/४ तला तलमाथी गरी मुख्य चौकमा पुगेर ओडाने पार्क ठूलो एरिया जंगल जंगल फूलफूलको वगान ठाँउमा २०/३० लामा लामा वेन्च छाप्रो टाइप नास्ता पसल नास्ता पानी जसको गाडीहरु चोक चोकमा उम्रिएका इच्छानुसार नास्ता लिने सकिने । विचविचमा ताल पानी फोहोर ४०/५० हजार मानिस ओहेरपोहोर गर्न सक्ने घुमफिर गर्न सकिने पार्क । पिच बाटो सफा चौर घाम ताप्न मिल्ने गर्मिमा छहारी भएका वगान आफ्नो इच्छानुसार स्वामी जोडी हातेमाली गरेर हिड्ने कोही फाट्ट फुट्ट नेपाली भारतीय अन्य मुस्लीमहरु पनि देखिन्थे । त्यसपछि नजिकै अर्को लोकल बस,कार समुद्रले घेरिएको टापु एक छेउबाट समुद्रमाथि वडा पिलर गाडेर ट्रेन आतेजाते सँगै बस गुठ्ने आतेजाते मार्ग कसरी वनाए जापानीहरुको बौद्धिक क्षमता खास बुझ्ननसक्नु । शान्तिको प्रस्ताव मानिएको जस्तो ठूला नेताको वृहत सालिक वडा वडा अग्ला अग्ला घरहरु समुन्द्र वारिपारी देखिन्छन् समुन्द्र तटमा ठूला ठूला पानी जहाज आदि तैनाथ छन् । सवारी ओसार पसार गरिरहन्छन् । कहाँ कहाँ जान्छन थाह नहुने । हामीलाई पनि पानीजहाज चढौ चढौ लागथ्यो तर डेरामा सुत्केरी वुहारी र रोगी श्रीमतीलाई एक्लै भएको महसुस गरियो पुनः एक्सप्रेस ट्रेनबाट समुद्र वारिपारी गरि प्लेट फार्म वारिपारी तथा माथि गरि डेरा साकुरा जान ट्रेन ज्यठयौ र राती ९ बजे तिर डेरामा पुग्यौँ खाना खायौँ शाहरै शहरको जापान शहर घुमेर हेरी नसक्नु ।
आज सानो वच्चा हेर्न जाने दिन डाक्टरको स्वीकृतिले जापान जिल्ला चिद्धा ईलाका स्तरको सरकारी अस्पताल । सफा सुग्घर विरामी हेर्न आउनेको लागि आराम दायक तलामा तलामा सोफा वातावरणनुकुल तापक्रम फेद सम्म तातोनै हुन्छ । बच्चा हेर्न जानलाई शुरु गेटमै । आफ्नो शरिरको प्राप्त ज्वरो नाज्ने र प्रेसर नाप्न पर्ने । ठीक ठीक भएमा हात धुने र मास्क, प्रास्टिक कोट लगाएर डाक्टरको अनुमतिले भित्र जान पाईने हामी वुढा वुढी र छोरा वुहारी सम्वन्धित वार्डमा गईयो । बच्चा रोएको दूध खाएर एकिछिन शान्त भयो । १०/१५ मिनेट वच्चालाई काखमा लियौँ । जापानी भाषामा छोराले कुरा गर्यो । उसको वुझाई अनुसार अब १ पटकमा ४० मि.लि. दूधखाने भएपछि तपाईहरु लान सक्नुहुन्छ । हामी डिस्चार्ज गछौँ । पहिले बच्चालाई ठूली अस्पतालमा लान पर्ने कुरो समेत भएछ । अबत सामान्य अवस्थामा भएकोले वाहिर लान नपर्ने जस्तो बुझियो । ठीक छ न्षत या व्बउबलm बथ नयम दभिकक जष्m भन्दै हामी बाहिरीयौं डाक्टरहरु बुझेबुझेनन् / हामीले सेकेसम्म त्यही भाषामा शिर झुकाई बाहिर आयौं । सबैले पुनः आफ्नो प्रेसर नापि लियौ डेरामा आयौं । छोरा आफ्नो काममा लाग्यो हामी आफ्नो डेरामा लाग्यौ ।





