स्थानीय तहले प्रदेशलाई बुझाए राजश्व धेरै बुझाउनेमा पञ्चपुरी नगरपालिका

सुर्खेत, २० भदौ ।

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लाका ९ वटा पालिका मध्ये भेरीगंगा नगरपालिकाले कर्णाली प्रदेश सरकारलाई बुझाउनुपर्ने राजश्व/रोयल्टी गत आिर्थक वर्ष २०८२/०८३ मा नबुझाएको पाइएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार बाँकी आठ वटा पालिकाले भने गत आर्थिक वर्षमा संविधानले तोके अनुसारको रोयल्टी प्रदेश सरकारलाई तिरेका हुन । तर, कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरपालिकाले विज्ञापन कर, मनोरञ्जन कर र दहत्तर बहत्तर कर तिरेको भएपनि  पञ्चपुरी नगरपालिकाले सबैभन्दा बढी रोयल्टी तिरेको हो ।

विगतमा प्रदेश सरकारको आन्तरिक आय कम भएको, पालिकाले प्रदेश सरकारलाई कर नतिरेर नटेर्ने गरेको आरोप लागिरहेको बेला गत आर्थिक वर्षमा भने सो नतिजामा केहि हदसम्म फेरबदल भएको हो । यद्यपी कर्णालीका अधिकांश पालिकाले अझैपनि प्रदेश सरकारलाई राजश्व/रोयल्टी तिर्ने गरेका छैनन् ।

वीरेन्द्रनगरपालिकाले प्रदेश सरकारलाई मनोरञ्जन कर वापत पाँच लाख छत्तीस हजार तीन सय त्रिपन्न रुपैंया अन्ठाउन्न पैसा तिर्दा विज्ञापन कर वापत आठ लाख ३६ हजार ६३७ रुपैंया १७ पैसा तिरेको छ । दहत्तर बहत्तर शूल्क शीर्षकमा ५३ लाख १४ हजार २९५ रुपैंया ५७ पैसा गरी कूल ६६ लाख ८७ हजार २८६ रुपैंया ७२पैसा प्रदेश सरकारले प्राप्त गरेको हो ।

अन्य पालिकाले भने दहत्तर बहत्तर शूल्क मात्र बुझाएका छन् । अन्य पालिकामा वीरेन्द्रनगरका जस्तो फिल्म हल, अन्य पार्कहरु नभएका कारण उनिहरुले एउटै शूल्क तिरेका हुन । चौकुने गाउँपालिकाले ४७ लाख ९४ हजार ८६२ रुपैंया प्रदेश सरकारलाई बुझाउँदा पन्चपुरी नगरपालिकाले सबैभन्दा बढी ७० लाख १६ हजार २९८ रुपैंया शूल्क बुझाएको छ ।

त्यस्तै, बराहताल गाउँपालिकाले १४ लाख ५० हजार ६३६ रुपैंया शूल्क प्रदेश सरकारलाई बुझाउँदा लेकबेशी नगरपालिकाले भने २२ लाख २८ हजार ९६१ रुपैंया बुझाएको छ । त्यस्तै, गुर्भाकोट नगरपालिकाले सोही शीर्षकमा २२ लाख २८ हजार ९६१ रुपैंया शूल्क बुझाउँदा सिम्ता गाउँपालिकाले २२ लाख ४४ हजार ११४ र चिङ्गाड गाउँपालिकाले २ लाख ६२ हजार ७२० रुपैंया गरी सुर्खेत जील्लाबाट कूल दुई करोड ८० लाख ६९ हजार दश रुपैंया प्रदेश सरकारले प्राप्त गरेको हो ।

 

स्थानीय तहले प्रदेशलाई बुझाए राजश्व  धेरै बुझाउनेमा पञ्चपुरी नगरपालिका

रसुवाको विनासकारी बाढी   माथिल्लो त्रिशूली–१ को  सुरुङबाट

स्थानीय तहले प्रदेशलाई बुझाए राजश्व  धेरै बुझाउनेमा पञ्चपुरी नगरपालिका

विदेश भ्रमणको स्मृति : जन्मभूमि र जापान

Leave a comment

Your email address will not be published. Required fields are marked *