अस्मिताले पाइन् घरमै नागरिकता

बैतडी, १९ भदौ । 

बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । ‘क’ वर्गको अपाङ्गता भएकी १७ वर्षीया पन्तलाई प्रमुख जिल्ला अधिकारी मीना अर्यालले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।

मानसिक अपाङ्गताका कारण अस्मिताले जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नागरिकता लिन सकेका थिए । प्रमुख जिल्ला अधिकारी अर्यालसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीले बिहीबार घरमै पुगेर सेवा दिएको हो ।

सेवाग्राहीलाई सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले घरमै पुगेर सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । अस्मिताले नागरिकता प्राप्त गरेपछि सरकार र स्थानीय तहबाट अशक्त नागरिकले पाउने सुविधा पाउने छिन् । 

जिल्ला प्रशासन कार्यालयले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ । “दशवटै पालिकाले नागरिकता लिने उमेर पुगेका तर शारीरिक रूपमा अशक्त तथा अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न समस्या भएका व्यक्तिको विवरण सङ्कलन गरिरहेका छन्‌”, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “सोही विवरणका आधारमा आवश्यक प्रक्रिया पूरा गरी उहाँहरूको ठाउँघरमै पुगेर नागरिकता वितरण गर्दैआएका र्छौँ ।” 

अस्मिताले पाइन् घरमै नागरिकता

रेडक्रसले भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन

अस्मिताले पाइन् घरमै नागरिकता

जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई  थप वित्तीय

Leave a comment

Your email address will not be published. Required fields are marked *