महाकालीमा पानीको बहाव बढ्योः बनवासा पुलमा आवागमन प्रभावित

महेन्द्रनगर, १७ भदौ । महाकाली नदीमा पानीको बहाव बढेपछि बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज (बनवासा पुल) आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन […]

खानेपानी संस्थान, धनगढीको बक्यौता दुुई करोड ५१ लाख

धनगढी, १७ भदौ ।  नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक बर्ष २०८२/०८३ को असार मसान्तसम्म उठाउन  बाँकी बक्यौता रु दुुई करोड ५१ लाख पुगेको छ । खानेपानी संस्थान धनगढीका प्रमुख रामचन्द्र लामिछानेले निजीबाट रु दुई करोड १६ लाख १० हजार नौ सय ४७  र सरकारीबाट रु ३५ लाख ४५ हजार नौ सय ५४ असुल गर्न […]

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग 

जुम्ला, १७ भदौ ।  भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । सङ्घका अध्यक्ष  दिलबहादुर रोकायाका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिए  ।  बाढीपहिरोबाट रसुवामा ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, घर तथा विभिन्न भौतिक […]

काठमाडौँ र हेटौँडा जाने सवारी साधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौँ, १७ भदौ ।  भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटाँैडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण गरेको छ ।  दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हँुदै काठमाडौँतर्फ जाने रुट व्यवस्थापन गरेको छ । दश चक्कासम्मका […]

पूर्वमुख्यमन्त्री शर्मा जब  रोस्टमको अघि पलेटी कसेर बसे

सुर्खेत, १७ भदौ ।  मंगलबार दिउँसो ३ तीन बजेका लागि कर्णाली प्रदेशसभा बैठक आह्वान भएको थियो । उक्त बैठकमा सभामुख नन्दा गुरुङ्गले विभिन्न विषयगत समितिमा रहेका सदस्यहरूको हेरफेर गर्न कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम १५७ बमोजिम समतिका लागि प्रस्ताव पेश गर्ने कार्यसूचि थियो । यस्तै, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दक्षिणा शाहीले कर्णाली […]

एमयूको रजिष्ट्रारमा  डाक्टर सुदीप ठकुरी नियूक्त

सुर्खेत, १७ भदौ । मध्यपश्चिम विश्वविद्यालय (एमयू) को रजिष्ट्रारमा सहप्राध्यापक डाक्टर सुदीप ठकुरी नियूक्त भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा ठकुरीलाई मंगलबार एमयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले रजिष्ट्रारमा नियूक्त गरेका हुन् । शाही त्रिभुन विश्वविद्यालयमा सहप्राध्यापकको रुपमा कार्यरत छन् । जलवायु विज्ञ ठकुरी एमयूको विज्ञान तथा प्रविधि संकायको डीन भएर काम गरिसकेका […]

मानसिक स्वास्थ्य सरकारको  प्राथमिकतामा छ : मन्त्री मल्ल

सुर्खेत, १७ भदौ ।  कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । मंगलबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको परियोजना अभिमुखिकरण तथा भावी कार्ययोजना सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री मल्लले मानसिक स्वास्थ्यको सवाललाई सामान्यरुपमा लिन नहुँने बताए ।  उनले पछिल्लो समय मानसिक समस्या बढ्दै जानु चिन्ताजनक छ । […]

भोटेकोशी बाढीपछि बर्दियाका ९० जना अझै सम्पर्कविहीन

बर्दिया, १७ भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बर्दियाको गेरुवा गाउँपालिका–२ भैरमपुरका सात जना सम्पर्कविहीन भएपछि सिंगो टोल शोक र चिन्तामा डुबेको छ । रसुवागढीस्थित भन्सार कार्यालयको भवन निर्माणका लागि गएका उनीहरू बाढी आएको सात दिन बितिसक्दा पनि परिवारको सम्पर्कमा आएका छैनन् । गेरुवा–२ का वडाध्यक्ष कृष्ण थारूका अनुसार भैरमपुरका सातै जना मङ्गलबारसम्म […]

भोटेकोशी बाढीको वितण्डा :  कर्णालीका दुई सय सत्तरीको अवस्था अज्ञात

सुर्खेत, १७ भदौ । भदौ १० गते आएको भोटेकोसीको बाढी पश्चात कर्णाली प्रदेशका दुई सय सत्तरी जना सम्पर्कविहीन भएको कर्णालीका दश जिल्लाका २२९ पुरुष, ३३ जना महिला, पाँच जना बालक र ३ जना बालिकागरि २७० जना आफन्तको सम्पर्क विहीन बनेका हुन । सुर्खेतका २० जना, दैलेखका ७ जना, जाजरकोटका ११ जना, सल्यानका ५९ जना परिवारको […]

६ वर्षपछि सञ्चालनमा आयो  विषादी द्रुत अन्वेषण प्रयोगशाला 

ओम शाही सुर्खेत, १७ भदौ ।  कर्णाली प्रदेश सरकारले ६ वर्षअघि निर्माण गरेको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा विषादी परीक्षणका लागि करोडौं रकम खर्चेर प्रयोगशालाका भवन निर्माण भएका थिए । तत्कालीन समयमा कर्णाली भित्रने दुई नाकामा तरकारी तथा फलफूलमा मिसाइने घातक विषादीको मात्रा पत्ता लागउने उद्देश्यका साथ सरकारले […]

सम्पादकीय :  सुरुङ उद्धारमा उपेक्षा किन ?

रसुवास्थित भोटेकोसी नदीमा १० भदौमा आएको विनाशकारी बाढीले जनधनसँगै जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍यायो । नदी तटीय क्षेत्रमा उद्धार र राहतका काम अघि बढिरहे पनि बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको उद्धार भने अझै प्रभावकारी बन्न सकेको छैन । बाढी आएको एक सातासम्म पनि सुरुङभित्र थुनिएकाहरूको उद्धारमा अपेक्षित प्रगति नहुनु गम्भीर चिन्ताको विषय हो । […]

घुयँत्राे:कांग्रेसको अंशबण्डा : देउबाको भाग सकियो, अब कान्छाले घर सम्हाल्ने कि छुट्टै घर बनाउने ?

काँग्रेस भित्रकाे लडाइँ कसरी सकियला ऐले सबैमा यै काैतुहलता छ । देउबा जे सम्झेर नेपाल आएका थिए अदालतले त्यसकाे ठिक उल्टाे गर्दिएछि देउबाकाे आशमा बसेका नेताहरुकाे सपनामानि पानी फेरिएकाेछ । देउबा आउनु अघिनै गगनले छुट्टिएर बितडिएका नेताहरुलाई निसर्त पाटिमा आउन गरेकाे अनुराेध ठुकुराएछि अब गगन फेरि पनि पाटिमा ल्याउनु पर्छ भन्ने पक्षमा छैनन । याे […]

इनिशा मृत्यु प्रकरणमा जोडिएका तीन बालकलाई परिवारको जिम्मा लगाउन सर्वाेच्चकाे आदेश

सुर्खेत, १६ भदाै । सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विककाे मृत्यु प्रकरणमा जोडिएका तीन जना बालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । जबर्जस्ती करणी गरी ज्यान मारेको अभियोग लागेका तीन जना नाबालकलाई बालसुधार गृह पठाउने सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतको आदेश बदर गर्दै सर्वोच्चले उनीहरूलाई अभिभावकको जिम्मा लगाउन भनेको हो […]