महाकालीमा पानीको बहाव बढ्योः बनवासा पुलमा आवागमन प्रभावित

महेन्द्रनगर, १७ भदौ ।

महाकाली नदीमा पानीको बहाव बढेपछि बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज (बनवासा पुल) आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङले गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक पुगेको जानकारी दिए । “महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षाको कारण चारपाङग्रे सवारीसाधन आवागमन बनबासा पुलमा गर्न भारतीय पक्षले दिँदैन”, उनले भने, “पहाडी जिल्लासँगै कञ्चनपुरमा पनि बर्सात भइरहेकाले बहाव बढ्न सक्छ ।”

एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण भएकाले जोखिम हुने भन्दै बर्षातका बेला पानीको बहाव बढ्दा ठुला सवारी साधनलाई रोक लगाइने गरिन्छ । “पानीको बहावले ठूला सवारीसाधन रोकिएपछि मोटरसाइकल र पैदल यात्रामा रोकावट हँुदैन”, गुरुङले भने, “जलस्तर घटेपछि आवागमन सहज भइहाल्छ ।”

 

महाकालीमा पानीको बहाव बढ्योः बनवासा पुलमा आवागमन प्रभावित

अस्टिम्की चित्रकला लोप हुने अवस्थामा

महाकालीमा पानीको बहाव बढ्योः बनवासा पुलमा आवागमन प्रभावित

सम्पादकीय : विषादी परिक्षणको दायरा बढाऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *