घुयँत्राे:कांग्रेसको अंशबण्डा : देउबाको भाग सकियो, अब कान्छाले घर सम्हाल्ने कि छुट्टै घर बनाउने ?

काँग्रेस भित्रकाे लडाइँ कसरी सकियला ऐले सबैमा यै काैतुहलता छ । देउबा जे सम्झेर नेपाल आएका थिए अदालतले त्यसकाे ठिक उल्टाे गर्दिएछि देउबाकाे आशमा बसेका नेताहरुकाे सपनामानि पानी फेरिएकाेछ । देउबा आउनु अघिनै गगनले छुट्टिएर बितडिएका नेताहरुलाई निसर्त पाटिमा आउन गरेकाे अनुराेध ठुकुराएछि अब गगन फेरि पनि पाटिमा ल्याउनु पर्छ भन्ने पक्षमा छैनन । याे समय भनेकाे जेनजीकाे हाे । गगननि एक किसिमका जेनजिनै हुन छुट्टिएर गएकाे बुढाे टिमलाई पाटिमा ल्याएर फेरि पनि पाटि बिराेधिलाई पुरानै र भष्टाचारीकाे संज्ञा पाटिलाई दिलाउन गगन तयार छैनन । त्यसैले विशेष अधिवेशन पछिनै पाटिबाट अलग भएर बसेकाहरुलाई गगनले ठाम् नदिने भएछि उनिहरुनि अब कि राजनीति छाेडेर बस्नु पर्ने वा अर्काे पाटि खाेलेर बस्नु पर्ने प्रष्ट देखिँदैछ । तर पनि अर्को पाटि खाेलेर तत्काल एकदुई सिट आउने सम्मनि सम्भाबना छैन । त्यत्ति हाे गगनकाे पाटिका उमेदवारलाई चाई हराउन सकिन्छ । काँग्रेस छाेडेर जाने केही नेताहरुकाे मानसिकता काँग्रेसकै छेउछाउकाे र विपिकाे नाम बेच्ने खालकाेपाटि दर्ता गरेर जाने देखिन्छ । वास्तवमा जनता काँग्रेस वीपि र गिर्जाकाे नामबाट अघाई सकेकाछन । किनभने काँग्रेस नजिककाे भन्ने बित्तिकै तिनै भष्टाचारी नेताहरुकाे अनुहार जनताले झल्झलि देख्न सक्छन । उनै गच्छदार,बालकृष्ण ,माेहन बस्नेत अनि उनै लेखक, उनै जाेशि,अनि उनै वाग्लेकाे अनुहार नयाँदलमा देखेछि नयाँ दल दर्ता गरेर नि काम छैन । त्यसैले दल दर्ता गर्दानै बिचार पुर्याउनु पर्ने देखिन्छ । दल दर्ता गर्दा नै प्रजातान्त्र र काेईराला परिवारकाे कुनै सन्धगन्ध आएन भने मात्रै याे पाटिकाे विपक्षमा जनआवाज उठने छैन । अन्यथा याे भष्टाचारीकाे पाटि भनेर फेरि बदनाममात्रै हुनेछ र ” चाेक्टा खान गएकि बूढि झाेलमा डुबेर मरी ” भन्ने नेपाली उखानकाे ताल हुनेछ । त्यसैले ऐले जति पनि काँग्रेसकाे विशेष अधिवेसनाट उछिट्टेर बाहिर जानुभाका नेताहरु विशेष अधिबेसनलाई बाउले अंशबण्डा गर्दिन बनाकाे याैटा भेला सम्झिनाेस र त्याे भेलाँ बाउले “कान्छाे छाेराेलाई मात्रै अंश दिन्छु तिमरु अरु कुनै भाईले नि अंश पाउन्नाै अब अरु भाईहरुसित मेराे कान्छाे छाेराे छुटि भिन्न भएर बस्छ ” भनेर बाउले अंश लगाईद्या जस्तै हाे । आँफुले कमा सम्पति बाउले अरुलाई दिन्न भनेनि पाइन्छ क्यारे । त्यै भएर अदालतले नि बाउले कान्छाे छाेरालाई सम्पति दे सक्कियाे यसाँ अब अरुले राेईकराई गरेर मिल्दैन । आँफै कमाउ आँफै खाउ भनेर सर्वोच्च अदालतले नै भन्देछि कसैकाे केई उपाए लाग्दैन हजुर त्यसैले सक्नु हुन्छ पाटि दर्ता गर्नु बढिमा १० मैना पछि त फेरि चुनाब आईहाल्छ । मुखैमा चुनाब आ हुनाले नेताहरु धेरैबेर बेराेजगारनि बस्नु पर्दैन । मान्छे चुनाबका लागि ५ बर्ष अघि देखित पाटि दर्ता गरेर बस्या हुन्छन भने याे पटक त पूरा १ बर्षनि पर्खिन पर्दैन । पाटि दर्ता गरेर प्रचार प्रसाराँ गाउँतिर हिँडदै गरेनि हुन्छ । तपाईंहरलाई त झन सुनाैलाे अबसरछ । कि कसाे ! मेराे कुरा कस्ताे लायाे नेताजीहरु ! मेरा कुरा ठिक लाए मेराे सुझाब पालना र लागू गर्नु हाेला नलाए जे स्वाद लाग्छ त्यै गर्नु हाेला हुन्न ?




