घुँयत्राे:आगो निभ्यो, सिंहदरबार बचेन; जेनजीको सपना कहाँ पुग्यो—प्रधानमन्त्रीको स्ट्याटसमा ?

हेर्दाहेर्दै जेनजी आन्दोलनका नाममा देश डढाएर जनतालाई आतंकित बनाएकाे आज ठिक एक बर्ष भयाे । भष्टाचारकाे अन्त्य र सामाजिक सन्जालकाे प्रतिबन्ध फुकुवाका नाममा भएकाे आन्दोलनले मन्त्रालय, न्यायपालिका र तत्कालिन अबस्थाका नेताहरुका घर तथा नेताहरुका नजिकका मान्छे भनाउँदाहरुका, पसल,ब्यवसाय ,मल, ब्यापारिक प्रतिष्ठान सुपर मार्केट जस्ता निजि सम्पतिहरुमा समेत आगाे झाेसेर पसलमा भएका सम्पूर्ण सामान उठाएर लगी ब्यापारीहरुलाई उनिहरुकाे सम्पत्तिबाट चरनाम नाङ्गो बनाएकाेदिन पनि आजै अर्थात भदाै २४ नै हाे । केन्द्रकाे सिंहदरबारदेखि गणतन्त्रले गाउँ गाउँमा बनाएका सिंहदरबार समेत जलाएर आत्म सन्तुष्ट बनेका जेनजीहरु र उनिहरुका लागि आजकाे दिन खुशी र उमंग बाेकेर आएकाे दिनकाे रुपमा हाेला । तर, जजस्का सम्पत्ति खरानी बनाईएका थिए उनिहरुका लागि भने आजकाे दिन कालाे दिन भनेर सँधैभरि स्मृतिमा रहिरहने छ र मेटाउन जति पर्यत्न गरेनि मेटिने छैन । नेताहरुप्रति द्वैष पाेख्ने निहुमा आगजनि र लुटतन्त्र चलाएर घर कम्पाउण्ड भित्र आगाे लगाउँदै गर्दा स्थिर रुपमा रहेकाे भाैतिक संरचनालाई आगाेमा डढाउँदै बाँकि घर भित्रका सबै सामान , मानम तिनिहरुकै लागि राखिएकाे हाेला भनेझैँ गरि खुरुखुरु टिप्दै हिँडदाकादृष्य अनि भात खानेथाल र गिलाँसधरि नछाेडेर निस्फिक्ररुपमा उठाएर हिँडेका जेनजीहरुका अनुहार घरधनि र पसल धनिहरुले मात्र हैन कि के भएकाे रैछ भनेर हेर्न जाने नागरिकले समेत बिर्सेका छैनन तिनिहरुका त्याे दिनका कुकृत्य । आजकाे दिन त झन झल्झलि आँखा अगाडि आईरहेकाेछ । त्यै ताेडफाेड र आगजनिले देशमा सबै कुराकाे परिवर्तन हुने भष्टाचारकाे अन्त्य हुने, शान्ति सुव्यवस्था र अमन चयन कायम हुने , देश विकासले फडकाे मार्ने सबै जनता सुखि हुने अर्थात आगाे निभ्ने बित्तिकै सबै कुराले देश र जनता भरिपूर्ण हुने भनेका जेनजीका माग ऐलेसम्म कति पूरा भए त्याेत जेनजीहरुले अनुभव गरेकै हाेलान । उनिहरुका त्यसबेलाका माग मध्ये याैटा उनिहरकै सरकार बनाउने, अर्को कार्वाहिका लागि कार्की आयाेग बनाउने र आगजनि र विध्वंस मच्याउनेलाई कार्वाहि गर्न नदिने,स्वतन्त्र पत्रकारिताकाे जरै काटेर सरकारी पत्रकार र पाटिले टिभि समाचार च्यानल चलाउने यत्ति मात्रै माग त पूरा भएका छन ऐलेसम्म । जेनजीकै चाहना अनुसारकाे दुई तिहाईकाे सरकार ऐले देशमा छ । हिजाेका पुराना दलले तहस नहस पारेकाे देश सुधार्छम् भनेर लाग्याछन । तर सरकार बनेकाे ६ मैना भै सक्याे देशकाे कुन कुनाबाट देश सुध्रिँदै आउने हाे हामी सामान्य नागरिकले था पाउन सक्या छैनम् । जनताका आबस्यक्ताका कुरा गर्ने हाे भने ब्यान बेल्का चुलाे जलाउने ग्याँस खाेज्न भैँतारिरहनु परिराछ । याे साल किसानले बिना मल धान राेपे,सरकारले किसानलाई मल नदिएर अर्काे साल देशमा अनिकालले छाेप्ने निश्चित छ । ऐलेनि १७ सयकाे चामल २७ सय भै सक्याे । ९५ काे चिनि १ सय पचास पुग्याे अब चाडबाडमा कति पुग्ने हाे । दैनिक उपभाेगका बस्तु र तरकारीकाे मूल्य बृध्दिकाे त झन कुरै नगरम् । प्रधानमन्त्रीले दिनहू स्ट्याटस त लेख्छन । तर, गाउँका सिंहदरबार कैले बन्छन । बानेश्वरकाे विसिसिआई कैले बन्छ, भष्टाचारीलाई कुनमितिबाट कार्वाहि हुन्छ ? लेख्दैनन । बजारकाे महंगी कैले घटछ,वेराेजगारले कैले राेजगारी पाउँछन् ,देशमा उद्याेगधन्दा कैले खुल्छन अनि देशमा अमन चयन कैले कायम हुन्छ र जनता दलका कार्यकर्ताबाट कैले निस्फिक्र र निडर भएर हिँडन पाउँछन् त्याे प्रधानमन्त्रीले कैल्यै लेख्दैनन् । त्यसकारणनि जनता जेनजीकाे सरकार जेनजीकै लागि हाे कि सर्वसाधारण नागरिकका लागि नि हाे भनेर खुट्याउै सकि रहेका छैनन् । याे सरकार जनताकाे लागि पनि हाे भने त भाेटमाग्ने बेला याे याे काम गर्नेछाैँ भनेर बाचा गर्या कुरा गर्न केल्ले छेक्याे त ? दुई तिहाईकाे सरकार आफ्नैछ , सल्लाहकार आफ्नैछन विपक्षि नाम मात्रकैछ । सरकारले गर्न शुरुगर्ने काममा बाधा हाल्न सक्ने हैसियत विपक्षिसित छैन । तर सरकार काम गरेर देखाउनतिर हैन कि, गर्छैाँ काे आश्वासन बाँडेर हिँडिरहेकाेछ । भदाै २३/२४ काे आन्दोलन त्यै आगजनि ताेडफाेड र विध्वंस मच्चाउनका लागि मात्रै भा काे हाे त ? यसकाे जवाफ कल्ले देला ? र कैलेसम्म देला ?

घुँयत्राे:आगो निभ्यो, सिंहदरबार बचेन; जेनजीको सपना कहाँ पुग्यो—प्रधानमन्त्रीको स्ट्याटसमा ?

शिक्षासँगै सेवामा पनि अब्बल प्याब्सन कोहलपुर, विपद्

घुँयत्राे:आगो निभ्यो, सिंहदरबार बचेन; जेनजीको सपना कहाँ पुग्यो—प्रधानमन्त्रीको स्ट्याटसमा ?

नौ वर्षमा ३४१ किलोमिटर सडक कालोपत्र, ३

Leave a comment

Your email address will not be published. Required fields are marked *