भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

दाङ ,२४ भदौ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कमा आउन सकेका छैनन् । आज मंगलबार सम्मको विवरणअनुसार सबैभन्दा धेरै बर्दियाका ७६ जना सम्पर्कविहीन रहेको लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयमा रहेको आपतकालिन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ ।
त्यसपछि दाङका ५४ जना, बाँकेका २३ जना, रोल्पाका २४ जना, रुपन्देहीका १९ जना, पाल्पाका ९ जना, प्युठानका ९ जना, नवलपरासी पश्चिमका ९ जना, अर्घाखाँचीका ८ जना, गुल्मीका ७ जना, कपिलवस्तुका ६ जना र रुकुम पूर्वका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

यस्तै, बाढीपछि नवलपरासी पश्चिममा १५८ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये ५२ जना महिला, ९० जना पुरुष, ६ जना बालक, ६ जना बालिका र ४ जनाको लिङ्ग पहिचान हुन सकेको छैन । यसबाहेक ६४ वटा शरीरका अंगसमेत फेला परेका छन् । शरीरका अंगसहित नवलपरासी पश्चिममा फेला परेका शव तथा अंगको कुल संख्या २२२ पुगेको छ ।
फेला परेका शवमध्ये ९ जनाको सनाखत भएको छ । सनाखत भएकामा एक महिला र आठ पुरुष रहेका छन् । बाँकी १४९ शव तथा शरीरका अंगमध्ये १४२ शव र ६४ वटा शरीरका अंग व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ । कुल २१३ शव तथा शरीरका अंग व्यवस्थापन गरिएको जनाइएको छ ।
बाढीपछि सम्पर्कविहीन भएका तथा फेला परेका शवको खोजी, पहिचान र व्यवस्थापन कार्य अझै जारी रहेको छ ।

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

नेपाल भलिबल लिगः कर्णालीको लगातार तेस्रो जित

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

शिक्षासँगै सेवामा पनि अब्बल प्याब्सन कोहलपुर, विपद्

Leave a comment

Your email address will not be published. Required fields are marked *