इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट

दाङ ,१८ भदौ।

नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा नेपाल–इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सीप हस्तान्तरणका विषयमा छलफल भएको हो ।
भेटमा मुख्यमन्त्री आचार्यले नेपाल र इजरायलबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै शिक्षा र प्रविधिको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कृषि, शिक्षा र प्रविधिको क्षेत्रमा थप सहकार्य गर्न सकिने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा ठूलो सम्भावना बोकेको प्रदेश भएकाले इजरायलसँगको सहकार्यलाई थप विस्तार गर्न प्रदेश सरकार इच्छुक रहेको बताउनुभयो । विशेषगरी कृषि क्षेत्रमा इजरायलको प्रविधि, ज्ञान र सीपलाई प्रदेशका किसान तथा युवासम्म पु¥याउन सहकार्य गर्न सकिने उहाँको भनाइ थियो ।
भेटमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेशको समग्र अवस्था तथा प्राथमिकताका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले शिक्षा, कृषि र प्रविधिको क्षेत्रमा साझेदारीका लागि प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभयो ।
इजरायली राजदूत बासले कृषि क्षेत्रमा सञ्चालन हुँदै आएको ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत भइरहेको साझेदारीलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो । उहाँले युवालाई कृषि क्षेत्रमा व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने ११ महिनाको ‘लर्न एन्ड अर्न’ कार्यक्रमलाई थप विस्तार गर्न सकिने जानकारी गराउनुभयो । राजदूत बासले बाढी तथा पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको अवस्थामा मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा समेत सहयोग गर्न सकिने बताउनुभयो ।

इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट

अधुरा हुने योजनामा हात नहाल्न मुख्यमन्त्री आचार्यको

Leave a comment

Your email address will not be published. Required fields are marked *