डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग

जुम्ला, १८ भदौ । 

रसुवा बाढी प्रभावितलाई डोल्पाका तीन स्थानीय तहले उद्धार, राहत तथा पुनःस्थापनाका लागि रुपाँच लाख ५० हजार आर्थिक सहयोग गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले रु दुई लाख, छार्का ताङसोङ गाउँपालिकाले रु दुई लाख र शे–फोक्सुण्डो गाउँपालिकाले रु एक लाख ५० हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द्र रोकायाले जानकारी दिए ।

विपद्मा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यकासाथ उक्त रकम सहयोग गरिएको छार्का ताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले जानकारी दिए । भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटलगायतका जिल्लामा जनधनको ठूलो क्षति भएको छ ।

डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग

विचार : विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र

डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग

चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत 

Leave a comment

Your email address will not be published. Required fields are marked *