चीनबाट आयो राहत सामग्रीको दोस्रो खेप 

काठमाडौँ, १८ भदौ । 

चीनबाट सहयोगस्वरुप उपलब्ध गराइएको आपत्‌कालीन राहत सामग्रीको दोस्रो खेप आइपुगेको छ । चिनियाँ जनमुक्ति सेना (पिएलए)को वायुसेनाको विमानमार्फत उक्त राहत सामग्री काठमाडौँ आइपुगेको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । चिनियाँ सहयोगी विशेषज्ञका रूपमा पाँच जना ‘डिएनए’ पहिचान विशेषज्ञ पनि सोही उडानमार्फत नेपाल आएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ राहत सामग्री हस्तान्तरण समारोहमा सहभागी भएका थिए । उनीहरूले चिनियाँ विशेषज्ञलाई स्वागत गरेका थिए । राहत सामग्रीमा तत्काल आवश्यक ‘ड्रोन’, डिएनए परीक्षणका उपकरण तथा पानी शुद्धीकरण गर्ने सामग्री र अन्य उपकरण रहेका छन् । 

चीनबाट आयो राहत सामग्रीको दोस्रो खेप 

चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत 

चीनबाट आयो राहत सामग्रीको दोस्रो खेप 

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *